तनहुँका सि.डि.यो.लाई स्वागत

Read Time:1 Minute, 50 Second

पूर्ण बहादुर राना मगर

तनहुँ, असौज ४ – राष्ट्रिय जनमुक्ति पार्टी तनहुँ जिल्ला समितिले तनहुँ जिल्लाका नयाँ प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई जनमुक्ति पार्टी केन्द्रीय समितिका उपाध्यक्ष एवं तमुवान(मगरात)(गण्डकी) प्रदेश समितिका अध्यक्ष मन्धरि आलेको नेतृत्वमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अधिकारी अर्यालले सबै राजनीतिक दलबाट झैं राष्ट्रिय जनमुक्ति पार्टीबाट सहयोग र समझदारीको अपेक्षा गरेको बताए । सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मन्धरि आलेले बृहत्तर तनहुँ जिल्लाको विकास र जनताको हितको लागि चालिएको सकरात्मक कार्यको लागि राष्ट्रिय जनमुक्ति पार्टीको पूर्ण समर्थन रहने हुँदा प्रमुख जिल्ला अधिकारीलाई ढुक्क भएर अघि बढ्न पठाए ।

सिडिओ सँगको भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर राना, मोर्चाका उपाध्यक्ष श्री बहादुर थापा, तमुवान(मगरात९गण्डकी० प्रदेश समितिका उपाध्यक्ष मिना थापा, व्यास नगर अध्यक्ष तिलाराम आले उपस्थित थिए । स्वागत तथा भेटघाट कार्यक्रम जिल्ला सचिव सिजन थापाले समन्वय गरेका गिए ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
50 %