जनमुक्तिको विरोध यसकारण गर्नै पर्दछ ! किन कि ……..

Read Time:3 Minute, 32 Second

जनमुक्तिको विरोध गर्नै पर्छ
–––––––
गर्नै पर्छ जनमुक्तिको विरोध
किनकि यो पार्टीले
हुँदै न प्रधानमन्त्री बन्नुपर्छ भ गरिबल राजदुत बन्नुपर्छ भन्छ
आदिवासिलाई काङ्ग्रेसको सभापति र कम्युनिष्टको अध्यक्ष बन्नु पर

यसले मधेसी, महिला, दलित , आदिवासी ,गरिव निमुखालाई दासता बाट मुक्ती दिने बाटो देखाउछ ,दास होईन,मालिक बन्न उत्प्रेरणा दिन्छ ।
माग्ने ठाउँमा होईन दिने ठाउँमा जान सिकाउछ ।

जनमुक्तिको विरोध गर्नै पर्दछ !
–––––––
गर्नै पर्छ जनमुक्तिको विरोध
किनकि यो पार्टीले
अहिले सम्म हुँदै नभएको तर हुनुपर्ने
कुरा गर्छ ।
मुस्लिम प्रधानमन्त्री बन्नुपर्छ
दलित राष्ट्रपति, महिला मुख्य सचिव
मधेसी र पिछडिएका गरिबलाई राजदुत बन्नुपर्छ
आदिवासिलाई काङ्ग्रेसको सभापति र कम्युनिष्टको अध्यक्ष बन्नु पर्छ भन्छ ।।

धत ! यस्तो कुरा पनि गर्ने होत !
राजनीतिक पार्टी भएर
सामान्य भोटर , घाँसदाउरा गरिरहेका
आदिवासि, महिला ,दलित मुस्लिम मधेसीलाई
राष्ट्रपति प्रधानमन्त्री बन्न पठाउने?
पार्टी अध्यक्ष र सभापति बनि
पार्टी हाक्न पठाउने?
घर चलाईरहेकालाई देश चलाउ भन्ने ?
शासित होईन शासक बन भन्ने?
यिनिहरूलाई भारि बोक्न छोडि
सिडिओ जिएम राजदुत बन्न र हुन पठाउने ?


खस आर्यलाई समानुपातिक प्रतनिधित्व लागू गरि
विभेद रहित समाजका लागि
सबैको मातृ भाषामा पढ्न पढाउन पठाउने
सबैखाले विभेद अन्त्य गर भन्ने ?
बैमानि होईन ईमानदार र सदाचार बन भन्ने,
यस्तो बकमफुस्से अर्थहिन कुरा गर्ने पार्टी जनमुक्ति
यसरी मधेसी, महिला, दलित र आदिवासिलाई भड्काउने
दास होईन मालिक बन्ने सपना देखाउने?
माग्ने ठाउँमा होईन दिने ठाउँमा जान पठाउने?


कस्तो अपराधी पार्टी रहेछ जनमुक्ति
खुरुखुरु भोट हाल्ने र ज्यानफाल्न तयार हुने कार्यकर्तालाई
नेता बन्न पठाउने !
भद्रगोल देशलाई
विधि र सिस्टममा चलाउन पठाउने
भ्रष्टाचार, बिचौलिया रोक्न पठाउने
महङ्गि नियन्त्रण गर भन्ने
बलात्कारीलाई फाँसी दे भन्ने !!

बेरोजगार अन्त्यको लागि
प्राविधिक, उत्पादनमूलक शिक्षा
म्यान्युफ्याक्चरिङ र आधुनिक व्यवहारिक कृषि शिक्षा
आविष्कार र खोजमुलक शिक्षा
लागू गर भन्ने !
विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने
सक्षम म्यानपावर उत्पादन गर्न पठाउने
पापी जनमुक्ति, अपराधी जनमुक्ति खराब जनमुक्ति !!

-पूर्ण बहादुर राना

5 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %