नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिको बिज्ञप्ति

Read Time:4 Minute, 27 Second

राज्यसत्ता ,
काठमाण्डौ , भदौ १४
नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ, केन्द्रिय समितिको २०७८ भदौ २ गते बसेको बैठकले गरेका समसामयिक निर्णहरुमार्फत नेपाल सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन साथै सार्बजनिक जानकारीका लागी यो बिज्ञप्ति जारी गरिएको छ ।
निर्णयहरु;
१० सयौ बर्ष देखि उत्पीडनमा परेका जाति र समुदायहरुका लागी सकारी सेवामा संविधानत ः सुनिश्चित गरिएको आरक्षर्णको सुविधालाई सर्बोच्च्ले कटौति गर्ने फैसला प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाज विकासको धरातलीए यर्थाथलाई आत्मसाथ गरि संविधानत व्यबस्था गरिएको आरक्षणको सुविधालाई व्यवस्थित गर्ने तर्फ ध्यान जानु पर्नेमा खारेजीको फैसला सर्वोच्चको बदनियत हो । यसमा अवलिम्ब पुर्र्निवचार गरियोस ।
२० हालै सार्क राष्ट्र अफगानिस्तानमा भएको सत्ता परिवर्तका कारण बढ्दो असुरक्षाको स्थितिलाई विशेष ध्यान दिईयोस । अफगानिस्तानमा रहेका सबै नेपालीहरुलाई सकुशल स्वदेश फर्कन पाउने व्यवस्थाका लागि कडाईका साथ कदम चालियोस ।
३० त्रिपक्षीय सन्धी मार्फत बेलायती सेनामा सेवा प्रदान गरि निवृत्तिभरण ९पेन्सन० प्राप्त र सेवारत गोरखा सैनिकहरुले बेलायती सैनिक सरहको सुविधा सुविधा प्राप्तिका लागि गरेको न्यायपूर्ण आन्दोलन प्रति हाम्रो ऐक्यबद्धता छ । पूर्ब र्गोखा सैनिकहरुले केहिहप्ता अगाडि गरेको शान्तिपूर्ण आन्दोलन –अनसन० सामान्य आश्वासनमा विस्वास गरी टुङ्गिए पनि नेपाल सरकारले सम्बन्धित पक्षलाई अविलम्ब ध्यानाकर्षण गराउन र गोर्खा सनैकिहरुको जायज मागपुरा गर्न गम्भीर ध्यान पुर्याईयोस ।
४० जनजीवनलाई प्रत्येक्ष असर गर्ने महङ्गी तुरुन्त नियन्त्रण गरियोस । देशकै ईज्तमा प्रहार गर्ने भष्टाचार अन्त्यका लागी कडा कानुनको व्यव्स्था र भष्टाचारीलाई न्यूनतम जन्मकैद र भष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने कानूननिमार्ण गरियोस ।
राष्ट्रघाती एम।सी।सी प्रोजेक्ट तुरुन्त खारेज गरियोस । एम।सी।सीको नाममा राष्ट्रिय ढुकुटी रित्याउने काम अविलम्ब बन्द गरियोस ।
६० कोरोना कहर सामना गर्ने निहुँमा स्वास्थ्य सामाग्री खरीद प्रकरणमा भईरहेका भष्टाचारबारे सरकारको अविलम्ब ध्यान जाओस । जनस्वस्थ्य सम्बन्धमा उचित नीति र कार्यक्रमको तुरुन्तै धोषणा गरियोस ।
७० प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षति सम्वन्धमा पूर्ब तयारी गर्न परिपाटी बसालियोस । पक्षिल्लो पटक परेको अविरल बर्षाले गरेको जनधनको क्षतिको क्ष्तिपूर्तिमा पीडितलाई आवश्यक राहत प्रदान गर्ने साथै घाईतेहरुको उचित उपचारमा कुनै कमी नआओस ।
८० प्राकृतिक विपत्तिमा परि दिवंगत हुनु भएका प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहांहरुको परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछौ र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ ।
मिति : २०७८ भदौ १३ गते
हुमबहादुर थापा मगर
अध्यक्ष

क्या.भिमबहादुर राना मगर
महासचिव

1 0
Happy
Happy
80 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %