गोर्खालीको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार भएपछि तोडियो अनसन

Read Time:1 Minute, 57 Second


काठमाण्डौ, भाद्र ४

भूतपूर्व गोर्खा सैनिकहरुको मागका वारेमा समाधान गर्न समिति बनाएर बेलायत सरकार अघि बढ्न तयार भएको छ । यस संगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण अनसन तोडिएको छ । समान अधिकारको माग गर्दै ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ ७ अगष्टदेखि अनसनमा बस्नु भएको थियो । बिहीबार बेलायती रक्षामन्त्री लियो डोचर्डी आफैं अनसन स्थलमा पुगेर समस्या समाधानका लागी द्वीपक्षीय समिति बनाउन तयार रहेको प्रतिवद्धता जनाउनु भयो । लिखित पत्रमा उहाले भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्विपक्षीय कमिटी बनाउने र भूपू गोर्खाहरुका पनि प्रतिनिधि रहने उल्लेख गर्नुभएको छ ।

वार्ता समितिले टेक्निकल कमिटीको रिपोर्टलाई प्रारम्भीक आधार मानेर डिसेम्बरबाट औपचारिक काम थाल्ने सहमति भएको छ । त्यसअघि ८ सेप्टेम्बर २०२१ मा रक्षामन्त्री, नेपाली राजदूत र भूपू गोर्खाका प्रतिनिधिहरुबीच छलफल गर्ने सहमति भएको गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक कृष्णबहादुर राईले जानकारी दिनुभयो । आफूहरुले जस्तो पिडा आफ्ना सन्तानले भोग्नु नपरोस भन्दै भूपू गोर्खाहरुले समस्या समाधानका लागी आफूहरु अझै विश्वस्त नरहेको जनाएका छन् ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %