
पछिल्लो पटक अफगानिस्तानमा विकसित घटनालाई मध्यनजर गर्दै रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्कालका उद्धार गर्न राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल सरकारसँग माग गरेको छ । अफगानिस्तानमा हालसम्म १५ सय नेपाली रहेको सरकारी अधिकारीकाे दावी छ । यति न्यून संख्यामा रहेका नेपालीलाई नेपाल सरकारले अविलम्ब राज्यका आवश्यक सबै शक्ति संचालन गरी उद्धार गरिनु पर्ने पार्टीको ठहर गरेको छ ।
