“यो कार्यपत्र राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक अध्यक्ष एम.एस. थापाद्धारा २०५० साल फाल्गुण १७ गते प्रस्तुत गरेका हुन् । प्रस्तुत लेख अहिले पनि उत्तिकै सान्दर्भिक देखिएकोले राज्यसत्ताले प्रकाशन गरिएको हो । यो कार्यपत्रले पाठकहरुलाई छुवाछुतको श्रोत के हो भन्ने कुराको जानकारी दिनेछ भन्ने विश्वास लिएका छौं ।” –पूर्ण बहादुर राना
भारतीय उपमहाद्धीपमा एउटा विशाल जनसंख्याका मानिसहरुले सामाजिक रुपमा जति पतनशिल र अपमानित जीवन बाँचेका छन् त्यस्तो संसारको अन्यत्र ठाउँमा पाइँदैन । अझै भन्ने हो भने यसको कलंक जति नेपाल र भारतमा व्याप्त छ त्यतिको यसै महाद्धीपको अन्य देशहरुमा संख्यात्मकरुपमा कम छन् । ढुङ्गे जंगली युग पार गरेर मानिसहरु कृषि पेशामा लागे देखि संसारको हरेक ठाउँमा काम विभाजन भएको निर्विवाद छ । यो आवश्यकता थियो र छ पनि । भारतीय महाद्धीपको गरम जलवायुमा घर बाहिर काम गर्ने श्रमिकहरुको रंग गर्मीले गर्दा कालो हुनु स्वाभाविक हो र यसलाई आधार मानि अर्काको श्रममा बाँच्न पल्केका परजीवि धार्मिक एवं राजनीतिक सत्ताधारीहरुले श्रमजिवीहरुलाई उपेक्षा गरि वर्ण(रंग) को आधारमा शुरुमा सानो ठूलो को भेदभावबाट प्रारम्भ भएको परिपाटीलाई कालान्तरमा धार्मिक पहिरन ओढाइ छुत अछुतमा परिणत भएको इतिहासले देखाएको छ ।
आर्य ब्राह्मणहरुको हिन्दु धर्ममा बाहेक संसारको कुनै पनि प्राचिन धर्ममा मानिस मानिसमा छुत अछुत जस्ता अमानविय भेदभाव गरेको पाईदैन त्यसैले भारतर नेपालमा छुट अछुटको इतिहास हिन्दुवादको क्रमिक विकास र यसको आडमा रजाई गर्ने सत्ताधारीहरुको इतिहासबाट हेरिनु पर्दछ । वास्तवमा विद्यमान छुत अछुत जस्ता अमानविय कलंक हिन्दुवाद र त्यसको संरक्षक ब्राह्मणहरुको नै देन हो ।
भारतीय महाद्धीपमा मानव विकासको क्रमलाई केलाउंदा हालको भारतको उत्तर प्रदेश र विहारमा आर्य ब्राह्मणहरुले सातौं सताब्दीमा आर्य ब्राह्मणहरुले यस क्षेत्रमा प्रवेश गरेका थिए । इसा पूर्व सातौं सताब्दीमा आर्य ब्राह्मणहरुले यस क्षेत्रमा प्रवेश गर्दा यस क्षेत्रमा पूर्व बौद्धकालिन चिन्तन प्रारम्भमै एउटा सुव्यवस्थित समाजको विकास र संरचना भैसकेको थियो । यहाँका मूल वासिन्दाहरु भन्दा नयाँ बसाँइ सरेको आर्य ब्राह्मणहरुले समाजमा आफ्नो अधिपत्य कायम गर्न स्वयंलाई सर्वश्रेष्ठ घोषित गरे । यो मानविय स्वभाव अन्यत्रको इतिहासमा पनि पाइन्छ । कोलम्बसले अमेरिका पुगेपछि अमेरिकाका मूल बासिन्दाहरु रेड इन्डियनहरु भन्दा आफु र गोराहरुलाई सर्वश्रेष्ठ घोषित गरे भने गोराहरुले अफ्रिाकाका मूल बासिन्दाहरु भन्दा स्वयं गोराहरुलाई सर्वश्रेष्ठ मात्र हैन शासक पनि घोषित गरेको इतिहास जिउँदै छ । नेपालमा पनि हाल तराईका मूल बासिन्दा थारु, धिमाल, मुसहर आदि भन्दा पछि तराई सरेका पहाडियाहरुले आफुलाई श्रेष्ठ र शासक ठान्दछन् । यसरी नयाँ बसाई सराई गरेका जातिहरु मूल बासिन्दाहरु भन्दा चलाख र टाठाबाठा भएको इतिहास हामी पाउँछौ । अहिलेको युगमा पनि अफ्रिकाका काला भन्दा गोरा श्रेष्ठ हुन्छन् । कालाहरुको संरक्षक गोराहरुनै हुन सक्दछन् भनि अङ्ग्रेजहरुले फेन्टम्९एज्ब्ल्त्इः० जस्ता चित्र, कथा प्रकाशित गरे र हामी सबैले अभिरुचीका साथ पढ्दैछौं र आफ्ना नानीहरुलाई पनि पढाउन अभिरुची लिदैछौं भने प्राचीन समयमा बसाइं सरी आएका आर्य ब्राह्मणहरुले पनि आफुलाई यहाँका मूल बासिन्दाहरुको तुलनामा सर्वश्रेष्ठ ठानी मनुस्मृति लेखेकोमा कुनै आश्चार्य मान्नु पर्दैन । ईसापूर्व सातौं शताब्दीमा आर्य ब्राह्मणहरु वर्तमान उत्तरी भारतमा प्रवेश गर्दा हाल हामीले जान्दै बुभ्दै आएका दलितहरुलाई मात्र शुद्र नमानी यहाँका मूल बासिन्दाहरुलाई नै शुद्र मानेका छन् । ः
पौण्डकाश्चौडद्रविडा ः काम्बोजा यवना ः शका ः ।
पारदापहवाश्चीना ः किराता दरदा ः खशा ।।
मनु १०.४४
अर्थात पौड्क, ओड, द्रविण, काम्बोज, यवन, शक, पारव, पल्हव, चिनियां, किरांत, दरद र खस कर्मले शुद्र भयो ।
यही उल्लेखित यवन भनेको यूनानी मुसलमानहरु हुन्, “शक” भनेका हालको शाक्य(नेवार), किरांत भनेको मंगोलवंशी हालको नेपालको राई, लिम्बु, सुनुवार, गुरुङ, मगर तामाङग, थकाली आदि हुन् र खस भनेको हालको पश्चिम नेपालका दाहिने हातमा तागा बाध्ने खस जाती हुन् । छोटकरीमा भन्ने हो भने ब्राह्मणहरुले आफुलाई बाहेक यस क्षेत्रका सम्पूर्ण मूल बासिन्दाहरुलाई शुद बनाएका छन् र यी शुद्रहरुको सामाजिक स्थिती यसरी बांधी दिएका छन् ।
चण्डालखपचानो तु बहिग्रीत्प्रतिस्य ।
अपपात्रश्य कर्तव्य धनमेणं स्वर्गदभम ।।
वासांसि मृत चेलानी भिन्नभाण्डेषु भोजनम ।
काष्णयिसमलंकारः परिव्रज्या च नित्यश ।।
मनु १०.५१,५२
अर्थात चाण्डल र स्यपचहरु (अछुतहरु) को बसोबास गाउँ बाहिर हुनु पर्छ ।
यिनीसँग पात्र (भांडा कुा आदि) हुनु हुँदैन एवं कुकुर र गधा यिनीहरुको सम्पत्ति हो । यिनीहरुले लाशलाई ढाकेको कात्रो ओड्नु पर्छ । फुटेको माटाको भांडामा भात खानु पछृ, फलामको गहना गलाउनु पर्छ ।
यसरी यस क्षेत्रका मूल बासिन्दाहरुको सामाजिक थिति बांधे पछि सम्पूर्ण धनसम्पति पनि ब्राह्मणहरुकै भनी घोषित गरे (मनु १–१००) र ब्राह्मण बाहेक अन्य जातिहरु आर्य ब्राह्मणहरुकै कृयामा बांच्ने थिति पनि बसाले । ः
स्वमेव ब्राह्मणो भुडले एव बस्त्रे एवं ददाति च ।
आनृशंस्याब्राह्मणस्य युज्जते होतरे जना ।।
मनु १–१००
अर्थात ब्राह्मणले जे खान्छ, लगाउँछ र दिन्छ त्यो सबै उसैको हो अरु मानिसहरु ब्राह्मणको कृपाले नै भात खान्छन् ।
यसरी बसाई सरेका ब्राह्मणहरुको सामाजिक जातिवादी कानून नै “मनुस्मृति” थियो ।
वास्तवमा जातिय रुपमा पतन गराउनमा शुरुमा धार्मिक कारण भन्दा राजनैतिक कारण नै यसको महत्वपूर्ण कारक रुपमा देखिन्छ । राजनैतिकरुपमा पराजित जातीहरुलाईनै विजेताले विजितलाई तिरस्कृत गर्र्न सामाजिकरुपमा पतन गराउनको लागि यो एउटा मनोवैज्ञानिक हतियारको रुपमा प्रयोग गरेको प्रष्ट देखिन्छ । प्राचीन समयमा मानिसको जनसंख्याको अभावमा यसरी पराजीत जातिहरुलाई मार्नुको सट्टा अपमानित रुपमा जाति पतन गराई अछुत बनाई काममा कजाई राखेमा एकातिर आफ्नो शत्रु साध्न पनि हुने र अर्कोतिर सित्तैमा काममा कजाई आर्थिक उपार्जन पनि गर्न सकिने भएकोले विजेताले विजीतलार्य यसरी तिरस्कृत एवं अपमानित जीवन बांच्न बाध्य तुल्याएको देखिन्छ । कालान्तरमा विजेताले धर्मको खोज ओढाई यसलाई लाला मोहर लगाएको प्रष्ट देखिन्छ र नेपालकै इतिहास हेर्ने हो भने पनि लिच्छवी मगर राजाहरु हारे पछि उनीहरुलाई च्यामे र पोडे जातमा परिणत गरेको इतिहास पाइन्छ । आज काठमाडौंका लाक्षी र कुलांक्षी टोलका पोडें र च्यामेहरु प्राचीन शासक लिच्छवी मगरहरुकै सन्तान हुन भनि इतिहासकारहरु भन्दछन् ९प्भ्क्ज्ब्च् द्यम्च्। प्ज्ब्त्च्थ्(व्ग्म्क्ष्ऋक्ष्ब्ी ऋग्क्त्इः इँ ल्भ्एब्ी ए।द्ध० । त्यस्तै पृथी नारायण शाहले नेपाल विजय पछि सन् १७६१ मा आफ्ना जेठान मकवानपुरका मगर राजा दिग्बर्धन सेनलाई छाला काढी मारी फाली उनका सन्तानहरुलाई “सार्की” जातमा परिणत गरेका थिए । ९ज्ब्ःक्ष्ीत्इल् ब्ऋऋइग्ल्त् इँ त्ज्भ् प्क्ष्ल्न्म्इः इँ ल्भ्एब्ी ए।ज्ञद्धछ० हाल पनि झापा जिल्लाको लखनपुर गा. वि. स. मा मगरांती सार्कीहरु जिउंदैछन् । सायद यी मगराती सार्कीहरुका पुर्खा अवश्यनै मगरहरु नै थिए होला र विजित भए पछि वा राज्यद्धारा दण्डस्वरुप जात पतित गराई आज मगराती सार्कीको रुपमा देखा परेको हुनु पर्छ । नेपालका विभिन्न क्षेत्रमा अहिले पनि पौडेल, रिमाल, रिसाल, लामीछाने आदि आदि थरका दलितहरु पाइन्छन् । यी थरहरु मगर र बाहुन संग दुरुस्त मिल्दछन् । वास्तवमा दलितहरुको थर गोत्रबाट पनि यिनीहरु कुनै बेला विजित भएर वा राज्यबाट दण्डस्वरुप जात पतित गराइएको हुनु पर्छ । यस्ता घटना नेपालमा शाहकालमा भएको लाला मोहर पनि अहिले सम्म प्राप्त छ ।
“साल ९१ को जेष्ठ महिनामा उपाध्यानी विधवा सावित्रा बाहुनी विराउ गन्र्या रिसिंबस्नया लालवण मगर मरेछ …… जातक जन्माई मान्र्या विधवा बाहुनीलाई मुखमा कालो घसी पलंगामा घुमाई पतित गरि पानी बाहेक गरि देश निकाला गरि दिनु…..९१ सालमा झटक्याली पवित्रा मगर्नीसित कर्णी गरि गर्भ रह्याको जातक वोपती षुवाई जातक मान्यी ……. पवित्र मगर्नीलाई नाक काटी पानी बाहेक गरि दिनु…(सम्बत १८९४ सालको राजेन्द्र शाहको लाल मोहर, पुरातत्व पत्र संग्रह, दोश्रो भाग ०१८ साल)” यसरी राज्यद्धारा दण्डस्वरुप पानी छटक गरी जात पतित गरेको अनेकौं लाल मोहर अहिले पनि नेपालमा सुरक्षित छन् । नेपालमा सत्ताधारी शासकहरुले जात खसाल्ने मात्र हैन जात उकास्ने काम पनि गर्थे जात भातमा आधारित हिन्दुवादी सत्ताधारीहरु ऋाफु अल्प संख्यामा भएकोले आफ्नो संख्या वृद्धिको लागि वि. सं. १९१० को मुलुकी ऐनमा “जनै दिन्याको महल” मा यसरी प्रष्ट व्याख्या गरिएको छ ।
“जनै नपाउन्या वा अघि पितापुर्खा देखि जनै नलियाका जातले सर्कारको हुकं बाहेक जनै लिन दिलाउन हुँदैन …..” यसमा सरकारको हुकुम बाहेक भन्ने शब्दले सरकारले चाहेमा जो सुकैलाई पनि जनै दिइ क्षत्री बनाउन सक्ने र नचाहेमा जनै झिक्न सक्ने व्यवस्थालाई प्रष्ट पारेको छ । यस प्रकारको कानूनी गीत २०२० साल भदौ १ गते सम्म मुलुकी ऐनमा रहेकै थियो । नेपालका हाल देखा परेका थापा, क्षेत्रि, बुढाथोकी क्षेत्री आदिका पुर्खा मगरनै हुन् भन्ने इतिहास साक्षी छ । कालान्तरमा सत्ताधारीको चकरीमा क्षेत्री बनी थापा र बुढाथोकी मगरहरु क्षेत्री भएका हुन् । अहिले पनि एक भाइ “राना”(मगर) र अर्को भाई राणा (क्षेत्री) भै बसेकाहरु कठमाण्डौंमा छन् । नयां बानेश्वरका “बस्नेत” क्षेत्रीहरु पहिलेका तामांग हुन भन्ने मानिसहरु अहिले पनि जीवितै छन् । पृथ्वी नारायण शाहले पूर्व नेपाल विजय गरे पछि दुई डोको जनै लिम्बुहरुलाई पठाई क्षेत्री बनाउन खोज्दा लिम्बुहरुले स्वीकार नगरेको तथ्य अहिले पनि लिम्बु कानमा पाईन्छन् । पृथ्वी नारायण शाहको विजय भन्दा अगाडी लिम्बुहरुमा श्रम विभाजन थियो । लिम्बुहरु (१) फेनसडढ्ग–भांडा कमाउने (२) नैकेदव–लुगा सिउने (३) सुवाका(सु.वा.)– जुत्ता सिलाउने र (४) फेन्दवा– हातहतियार बनाउने गरि ४ थरीका श्रम विभाजन थियो तर यिनीहरुमा कसैलाई तल माथिको, सानो ठूलो वा छुवाछुत आदि पक्षपात नभै सबै समान थिए । तर पृथ्वी नारायणको विजय पछि यो काम पानी नचल्ने जातले गर्ने भएकोले कि त पानी नचल्ने जातमा बस कि त छोड भनेकाले लिम्बुहरुले यो काम छोडेका हुन् । पंचायतकालिन मन्त्री श्री विष्णुमादेन ज्यू फेन्दवा थरका हुन् । मगरहरुमा पनि “आग्री” थरका मगरहरुले तांवा निकाल्ने मात्र हैन तामाका भांडा पनि बनाउँथे तर पछि लिम्बुहरुले जस्तै छोडेका हुन् । यस प्रकार आज देखा परेको छुवाछुतलाई प्रारम्भमा राज्य सत्ताधार श्रृजना गरीयो भने कालान्तरमा यसैलाई परम्परागत धर्ममा परिणत गरी अनेकौं झुठ मुठका कथा कहानी रचियो । वास्तवमा कुनै जाती हुनको लागि त्यस जातीको जातीय पहिचानको रुपमा उसको एउटा धर्म, एउटा भाषा र एउटा संस्कृति र परंपरा भएको हुनु पर्छ । आज दलित र अछुत कहलाईएकाहरुमा यी पहिचानको अभाव भएकोले दलितहरु एउटा जाती नभै समुदाय हो जसलाई सत्तापक्षले हराई तिरस्कृत र अपमानित जीवन बाच्न बाध्य तुल्याएको छ । आजका लाखौं दलित अछुतहरुमा बाहुन, मगर, राई, नामाङ्ग, लिम्बु अनेकौं जातिका मानिसहरु छन जुन राज्यको दण्डस्वरुप पराजीत भै यो अवस्थामा बांचेका छन् ।
दलितहरुले आफ्नो मुक्तिको लागि अनेकौं पटक धार्मिक र सामाजिक संघर्ष पनि गरे र गर्दैछन् । आज पनि दलित समस्यालाई सामाजिक समस्याको रुपमा प्रचार गरिंदैछ । वास्तवमा यो गलत धारणा हो । धार्मिक दमनको बिरोध धार्मिक आन्दोलनबाट गर्नु पर्छ भने राज्य सत्ताबाट दमन गरी दलित बनाइएकोलाई मुक्तिको लागि सामाजिक आन्दोलन गरेर दलितहरुलाई ईश्वरको सन्तान हरिजन भनी नामांकरण मुक्ति गरे तापनि भारतमा दलितहरुले मुत्ति पाउन सकेनन् । डा. अम्बेडकरले दलित मुत्तिको लागि संघर्ष गरे तर असफल भए र अन्तमा हरेस खाएर हिन्दु धर्म त्यागी लाखौं दलित सहित भिक्षु बने तर पनि डा. अम्बेडकर सहित भिक्षु बनेका लाखौं बौद्धहरुलाई आर्य ब्राह्मणहरुले नव बौद्ध (नयाँ भिक्षु) भनि अपमानित गर्न पछि परेनन् । नेपालमा पनि दलितहरुले मुत्तिको नाउँमा जनै लगाए, रिमाल, पाण्डे आदि थर गोत्र लेखाए र हिन्दु धर्म त्यागी अन्य धर्म ग्रहण गरे तर वास्तवमा कसैले मुक्ति पासउन सकेनन् किनकी मुक्तिको संघर्ष गलत थियो । भारतमा शासन गर्ने अंग्रेजहरुलाई ब्राह्मणहरुले “म्लेच्छ” र “अक्षुत” भनि घृणा गरे, प्रचार गरे तर ब्राह्मण मानसिकता स्वतः परास्त भएको छ, नेपालमा ब्राह्मणहरुले पनि यहांका गुरुङ्ग, मगर, राई, लिम्बु आदिलाई शुद्रकै रुपमा लिएको छ । त्रिभुवनको राज्याभिषेखमा कास्कीका मिनबहादुर गुरुङ्, महेन्द्रको राज्याभिषेखमा जनरल दिलमान सिंह थापा मगर र राजा वीरेन्द्रको राज्याभिषेखमा पद्म सुन्दर लावती लिम्बु शुद्रको रुपमा उभिएका थिए । तर यी जातीहरुले आफुलाई कहिल्यै शुद्र नसम्झेकोले आज यी जनजातीहरुलाई ब्राह्मणहरुले “पानी चल्ने शुद्र” भन्दछन् । यसरी शुद्र बनाउने कामलाई घुमाई फिराई राज्य सत्ताबाट नै गरिंदै आएको छ र यो राजनैतिक दमनको विरोध राजनैतिक संघर्षबाट नै गरिनु पर्दछ ।
आज प्रजातन्त्र आयो भनि हल्ला गर्दैछन् तर वास्तवमा भन्ने हो भने ब्राह्मणहरु बाहेक अन्यलाई वास्तविक प्रजातन्त्र आएको छैन । संविधानमा कानुन र राज्यको दृष्टिमा सबै नागरिक समान भनिएको छ तर मुलुकी ऐन १. नं. मा गैर हिन्दुले धर्म परिवर्तन गरेमा ६ वर्ष कैद र ३ हजार रुपैया जरिवाना र हिन्दुले धर्म परिवर्तन गरेमा १ वर्ष कैद र १०० रुपैंया जरिवानाको व्यवस्था कायम छ । एउटै अपराधको लागि एउटै कुनै नेपालीलाई एउटै सजाय र कुनै नेपालीलाई अर्कै सजायको व्यवस्थाले पनि नेपालमा जातीय भेदभाव यथावत कायम राखिएको छ । हिन्दु भन्नाले “जनै लगाउने” लाई नै मानिन्छ भन्नेमा दुईमत छैन । त्यस्तै अदालतको १६ नं. मा परम्परादेखि मान्दै आएको(धर्म) रिति स्थिती यथावत राख्ने व्यवस्था गरेबाट “यथावत” रहने भएपछि दलितहरुले कानूनी रुपमा पनि मुक्ति पाउने प्रश्न आउँदैन । आज सम्म नेपालमा जुनसुकै शासन व्यवस्था आएपनि जनै लगाउनेहरु नै शासनमा भएकोले दलितहरुको मर्का यी शासक जातीहरुले महशुस गर्न सम्भव छैन । गएको साल नवलपरासीमा मन्दि पस्दा उसलाई कुटपिट मात्र हैन रु १५०० दण्ड गरियो । दलित पसेकोले अपवित्र भयो भनि मन्दिरको छाना फाली अर्को छाना राखियो तर जात भात धर्म नमान्ने भनि दावी गर्ने पार्टीले समेत चुइकक बोलेन । हालसालै स्याङ्जामा दलतहरुको दुध विक्रि गर्न नदिई फालियो तर जातभात नमानी सबैलाई समान मान्ने र प्रजातन्त्रका ठेकेदार भन्नेहरुले समेत एक शब्द बोलेनन् । किन त? किनकि शक्शिाली पार्टीमा यीनै जनैधारीहरु छन् र यिनले दलित हुनुको मर्म आफू शासक भएकोले महशुस गर्न नसकेको हुन् । वास्तवमा दलितहरुको समस्या सामाजिक मात्र नभै मुख्यतः राजनैतिक नै हो । कानूनले समान भनेर कोही पनि समान हुन सक्तैन । यस्को लागि व्यवहारतः राज्यको महत्वपूर्ण नीति निर्माण गर्ने ठाउँमा दलितहरुलाई स्थान दिइनु पर्छ । राज्यबाट उच्चतह सम्म निःशुल्क शिक्षा र नोकरी र व्यवसायको ग्यारेण्टी दिइनु पर्छ र ब्राह्मणवादी मानसिकता बोकेकाहरु सत्ताबाट हट्नु पर्छ र अन्तमा राज्य सत्ताको लागि दलितहरुले राजनैतिक संघर्ष नै गर्नु पर्छ ।
कार्यपत्र प्रस्तुतकर्ताः
अधिवक्ताः एम. एस. थापा मगर
ललितपुर
मितिः २०५०।११।१७
समाप्त