भानु तिम्रा रम्घा गाम !

Read Time:2 Minute, 50 Second

रम्घा गाउँमा घॅासीले भानुलाइ पु:न कसरि सम्झाए ?

-विजय हितान 
सावन ३ , काठमाण्डौ ।

१.भानु तिम्रा रम्घा गाम, शहर बजार बसि सक्या
पक्की बाटो ल्याउनलाई, पाखा पखेरा खनि सक्या
सुन्दर पहाडको छाती चिरी, मोटर गाडी गूड्न थाल्या
बुँकी पैयुँ फुल्ने भेकमा, धुवाँ धुलो उड्न थाल्या ।

२.भानु तिम्रा रम्घा गाम, झलल्ल बिजुली आइ दिया
बिकासले ल्याउँछ बिकृति, डर मलाई लाइ सक्या
टेलिभिजन इन्टर नेट सबै, गॉऊले ले पाई सक्या
कैलै नसडने फोहरका राशले, घर आगनाँ छाइ सक्या ।

३.भानु तिम्रा रम्घा गाम, घरघर पानीका नाला आया
मौसम परिवर्तन असर अब, कहिल्लै नफर्कना भया
मुसल धारे पानी पर्ने, कैले खडेरिले सुक्खा हुने
सहनै नसक्नु गर्मी हुने, कैले जाडोले मुटु कमाऊने ।

४.भानु तिम्रा रम्घा गाम, दोकान पसल खुलि सक्या
जन्तु जनावर मारेपछी, पाप लाग्ला भनि भुलि सक्या
रासायनिक मलको चलनले, जैबिक मल छर्न छाड्या
बारीका किरा फट्याङ्रा, र खेतका गड्यौंला मर्न थाल्या ।

५.भानु तिम्रा रम्घा गाम, पुतली मौरि उडी सक्या
यार्सा गुम्बा जडिबुटी, चोरि सिकारीले गोडि सक्या
पानी भर्ने पँधेरी अनि, घाँसिको कुवा सुकि सक्या
बास स्थानको बिनासले, बाघ भालु लुकी सक्या ।

६.भानु तिम्रा रम्घा गाम, पाटाका डल्ला फोडि सक्या
कुहु कुहु कोइलि गित, म त सुन्न छोडि सक्या
हिम सिखरका हिउँ पनि, कती छिटो पग्लि सक्या
डाफें मुनाल नाच्दै गर्‍या, देख्न हाम्ले छोडि सक्या ।

७.भानु तिम्रा रम्घा गाम, जनसङ्ख्या बाक्लो बसी सक्या
मानिसको अति-क्रमणले, गुनकेशरी मासी सक्या
दुई सताब्दी युग बित्या, भानु त्याँहा जन्मेपछी
जलबायु परिवर्तन भया, तिम्ले रम्घा छोडेपछी।

८.पर्यावरण मास्ने काम, भाछन त्यॉ कस्तो कस्तो
मानव हामी बुद्दिमानी भईकन, आज किन यस्तो ?
जैबिक बिबिधता सप्पै मासेर, मान्छे बाँच्ने कसरी ?
धिक्कार हो हामी कन बस्नु, धरतीको लागि क्यै नगरि।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %