घाँसी जयन्तीमा कविता प्रतियोगिता हुँदै।

Read Time:2 Minute, 24 Second

स्रष्टाहरूलाई आ-आफ्नो रचना पठाउन आवहाँन।

आदिवासी साहित्यकर्मीहरूले यहीँ असार २९ गते प्रथम आदिवासी घाँसी जयन्ती मनाउने निर्णय गरेका छन। घाँसीको स्मरणमा खुल्ला कविता प्रतियोगिता समेत आयोजना हुने कुरा सिलाउटी टाइम्स अनलाइनले जनाएको छ ।

घाँसीको प्रसङ्ग आदिकवि भनिएका भानुभक्त आचार्यको जीवनीमा बारम्बार आउने गर्दछ । आदिवासी जनजाति साहित्यकार र लेखक महासङ्घ यूकेको संयोजनमा हुन लागिरहेको प्रतियोगिताका लागि २०० शब्द सीमाभित्र रहेर आफ्नो सिर्जना पठाउन आयोजक समूहले आग्रह गरेको छ। कविता असार २७ गतेभित्र सर्जकहरूले पठाइसक्नुपर्ने छ ।

जयन्तीका परिकल्पनाकार एवम् आदिवासी अधिकारकर्मी आङकाजी शेर्पाका अनुसार घाँसी भनिएका व्यक्ति मगरात क्षेत्रमा पर्ने तनहुँका खड्ग ठाडा मगर भएको दाबी गरे । शेर्पाले खस साहित्य र भाषाका आदिकवि भानुभक्तको मात्रै चर्चा हुँदा आदिवासी समुदायका घाँसी ओझेलमा परेको गुनासो गरे ।

घाँसीको शालिक तनहुँको चुँदी रम्घामा भानुभक्तसँगै निर्माण भएको छ । उनीबारे केही वृत्तचित्र पनि निर्माण भएको छ । घाँसीको व्यक्तित्वलाई थप उजागर गर्न प्रतियोगिता लाभदायक हुने गीतकार एवम् प्रतियोगिताका सल्लाहकार भगवान चामलिङले बताए ।

२९ गते नेपालको समयअनुसार बेलुकी ५ बजे जुममार्फत वाचन कार्यक्रम हुने संयोजक अमित थेवेले जनाए । उनले स्रष्टाहरूले आफ्नो रचना amityakthumba@gmail.com मा पठाउन सकिने समेत बताए ।

प्राप्त सिर्जनाहरूमध्ये पहिलो, दोस्रो र तेस्रो सर्जकहरूलाई क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

source: Silauti Times.

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %