सुन्ने हो त बहु राष्ट्रिय राज्यको कहानी ?

Read Time:4 Minute, 38 Second

लौ सुन म भन्छु
बहु राष्ट्रिय राज्यको कहानी
…….

-आङ्काजी शेर्पा

Angkaji Sherpa

(१) राष्ट्र/जाती (Nation) भनेको के हो
आफ्नै ऐतिहासिक पुर्ख्यौली भुमी थातथलो,भाषा, इतिहास, संस्कृति, जीवन दर्शन भएका समुदाय एउटा राष्ट्र हो, एउटा जाती हो ।अंग्रेजीमा यस्लाई Nation भनिन्छ ! Nation is a large group of people with common ancestry.

(2) राज्य ( state) भनेको के हो ?

राज्य अथवा देश भनेको एउटा निश्चित भौगोलिक सिमा भित्र प्रशासनिक, आर्थिक, सैनिक र नागरिक संन्चालन गर्ने राजनैतिक संयन्त्र /संगठन हो ।

(३) ‘बहु राष्ट्रिय राज्य’ केलाई भनिन्छ ?
एउटा राज्य/देश भित्र आफ्नै पुर्ख्यौली भुमी थातथलो, भाषा, इतिहास, संस्कृति, जीवन दर्शन भएका राष्ट्र/जाती/Nation एक भन्दा बढी (बहु) छन् भने त्यो बहु राष्ट्रिय राज्य हो ।

(४) राज्य र राष्ट्रको के सम्बन्ध छ ?
राज्य भनेको राष्ट्र होइन । राष्ट्र मात्र पनि राज्य हुन सक्दैन । राज्य र राष्ट्र एक अर्काका परिपूरक हुन् । राष्ट्रलाई आधार मानेर विश्वमा धेरै राज्यको स्थापना भएकोछ । यस्ता राज्यलाई राष्ट्रवादमा आधारित राज्य nation state भनिन्छ ।

(५) नेपालमा ‘बहु राष्ट्रिय राज्य’ को माग किन उठयो ?
(५-क) नेपालका शासक पृथ्वी नारायण शाह, र महेन्द्रले बहुजाती, बहुभाषी, बहुधर्म र बहुसंस्कृत राज्य नेपाललाई अघोषित रूपमा खसभाषी हिन्दु धार्मिक एकल राष्ट्रवादी राज्य बनाए ।


(५-ख) वर्तमान सविधानले पनि नेपाललाई बहु राष्ट्रिय राज्य भनेर स्विकारेन । बहु राष्ट्र नेपाललाई समष्टिमा एउटा राष्ट्र हो भनेर परिभाषित गरे ।

(५-ग) १० बर्षे जनयुद्ध, जनआन्दोलन, मधेस र आदिवासी आन्दोलनले संविधानमा लेखिएको ‘एकल राष्ट्रिय राज्य’ को सट्टामा सबै राष्ट्रियतालाई समेटेर ‘बहु राष्ट्रिय राज्य’ स्थापनाको माग उठेको हो ।


(५-घ) बहुराष्ट्रिय राज्यमा केन्द्र (सङ्घीय) सरकार सबै राष्ट्रियताको समान प्रतिनिधित्व र साझेदारीमा सन्चालन हुने । राष्ट्रिय पहिचानमा आधरित प्रदेश सरकार स्वशासनको आधरमा सन्चालन हुने । अल्पसंख्यक सिमान्तकृत स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र सहितका स्थानीय सरकार पनि स्वयत्तताको आधारम सन्चालन हुने भएकाले ४०० बर्ष शासित भएर बसेका, राज्यसत्तामा प्रतिनिधित्व प्रभुत्व विहिन र एकल नश्लवादी राज्य सत्ताबाट उत्पीडित नेपालका सबै राष्ट्रियताले मुक्तिका लागि ‘ बहु राष्ट्रिय राज्यको माग उठाएको हो !

(६) खसभाषी हिन्दु धार्मिक एकल राष्ट्रवादी राज्यलाई मान्दा के हुन्छ ?


(६-क) खस भाषा बोले राष्ट्रवादी होईन्छ !
तर लिम्बु, किरात, शेर्पा, तामाङ, नेवा, मगर, तमु, थारू, मैथली, भोजपुरी बोले राष्ट्रघाती भनिन्छ !
(६-ख) दशै तिहार तीज मनाए राष्ट्रवादी भनिन्छ !
तर बुद्ध जयन्ती . लोसार, सकेला, उधौली, उभौली, मह पूजा, माघे सकराटी, भूम्यां पूजा, छठ, जितिय, ईद, ख्रिष्टमस मनाए राष्ट्रघाती भनिदिन्छ !
(६-ग) दौरा सुरूवल टोपी लगाए राष्ट्रिय पोशाक हुन्छ !
तर बक्खु, धोती,गम्छा लगाए राष्ट्रघाती पोशाक भनि दिन्छ !

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %