नेपालको बाहुन समाजमा खस-क्षेत्रीनीको त यो हालत छ,मतवाल्नी र दलितको के हालत होला ?

Read Time:2 Minute, 8 Second

सन्तानले न बाबुको थर पाउने न आमाको! मतवाली र कामी दमैले त के फूर्ति लगाउने र ! उपभोग मात्र !

खसहरु ब्राह्मणका लागि अछुत नै हुन । नपत्याए मनन गर्नुहोस:

(१).बाहुनलाई खसको हातको दाल भात चल्दैन ।
(२). खससंग बिहेबारी चल्दैन ।
(३). कुनै ब्राह्मणले खसकी छोरीलाई श्रीमती बनाउँछ तर आफ्नै श्रीमती र छोराछोरीको हातको खाना खाँदैन ।
(४). खसकी छोरी श्रीमती मरेपछी किरिया गर्दैन ।
(५). छोराछोरीलाई आफ्नो थर दिंदैन । खससेनीबाट जन्मे खत्री र ठकुरानीबाट जन्मे हमाल थर भिराइन्छ ।
(६). खसेनीतिरका छोराछोरीको विवाह बाहुनसंग गरिदैन ।
(७). बाहुन र खस बिचको रक्त मिश्रण सदियौदेखी वर्जित गर्दै आइएको छ ।
(८). खसले पूजाआजामा ब्राह्मणका लागि बाहुन भान्सेको प्रबन्ध गर्नुपर्छ ।
(९). श्राद्धमा अनिवार्यरुपमा ब्राहमण भोजन गराउनुपर्ने नियम छ तर खसले बनाएको भोजन भने चल्दैन ।
(१०). खसेनी पुत्रहरुलाई थर, जात र जातिबाटै हटक गरिन्छ । बाबुको किरिया गर्छु भन्न पाउँदैन । बाहुनको किरिया बाहुनै खोजेर गराउनुपर्छ । खत्री छोराले गरेकोलाई मानिदैन ।
(११). ब्राहमणको मरेको प्रेतले समेत खस ठकुरीका छोरीतिरबाट जन्मेका छोराछोरीको हातबाट खिरको पिण्ड पनि खाँदैन । जौंको सातुको पिण्ड घिउमा मुछेर बनाउनुपर्छ ।
अर्थात आफूलाई आर्यका सन्तान मान्ने ब्राह्मणका दृष्टिमा खसहरु अछुत नै मानिन्छन।

-चन्द्रप्रकाश बानिया

2 0
Happy
Happy
0 %
Sad
Sad
33 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
33 %
Surprise
Surprise
33 %