अब सोध्नु पर्ने बेला भयो !

Read Time:5 Minute, 10 Second

योगेश्वर रोमखामी मगर

दक्षिण एसियामै सबै भन्दा महंगो दालभात तरकारी, सबै भन्दा महंगो कपडाको दाम, घर बनाउन र जग्गा किन्न पनि सबै भन्दा महंगो र अति कठिन, घर भाडा, टेक्सी भाडा, औषधि–उपचार सबै भन्दा महंगो I कर्मचारीको तलबभत्ता चै सबै भन्दा न्यून I बिगत तीन दशकदेखि एकलौटी चलाउन पाउदा पनि के राहत दिन सक्यौ नेपाली जनतालाई ?
सोध्नु पर्ने बेला भयो कि भएन ?तीन दशक अघि नेपाल ७०% आत्म निर्भर र ३०% परनिर्भर थियो I आज ठीक उल्टो I कता पुराईयो नेपाल लाई ? सोध्नु पर्ने बेला भयो कि भएन ? चली रहेको बासबारी जुत्ता कारखाना, भृकुटी कागज कारखाना, ट्रली बस, लगायत अन्य सयौ कारखाना, औधोगिक केन्द्रहरु कता पुग्यो ? सोध्नु पर्ने बेला भयो कि भएन ?
तीन दशक अघि सम्मको सोझा र सहनशील आम नेपालीहरुको अधिकांश घरमा नेता र फटाहा उत्पादन गर्न सक्यौ, तर चाहिने कल कारखाना, औधोगिक प्रतिष्ठानहरुको निर्माण गर्न सकेनौ I युवाहरुको पलायन रोक्न सकेनौ I विकासको नाम मा भद्रगोल विकास र नदी नाला, पानीको मूल चै सुखाउन सक्यौ I यस बीच पटक पटक नेपाल बन्द, दश वर्षे युद्ध, मधेश आन्दोलन लगायत अनेकौं कष्ट दिन चाही सक्यौं, यस्तो ध्वंसात्मक आईडिया कसले दियो ?
अस्सी लाख नेपाली देश बाहिर छ I खाडी र अन्य एशियाई मुलुकहरुमा, अधिकांश निम्न स्तरको Dirty र Dangerous पेशा गर्ने I विदेशीहरुको नजरमा नेपालीहरु निम्न स्तरको कार्य मात्र गर्न सक्छन भन्ने परेको छ I कसैले यदी ठुलो काम गरेको छ र प्रतिष्ठा कमाएको छ भने उसको आफ्नो परिश्रम र पारिवारिक योगदानले गर्दा I तिमीहरुले त पहुँच वाला बाहेक अरुको सपना देखने अधिकार पनि खोस्न भ्याई सक्यौं I यस्तो गर्न हुन्न भन्ने नैतिक शास्त्र पढ्ने फुर्सद भएन ?
सोध्नु पर्ने बेला भयो I भारतका मन्त्रीहरु आफ्नो देशमा बनेको गाडीमा चढछन I तिमीहरुचै जापान, यूरोपबाट आयातीत गाडीमा I आम नेपालीहरु चै भारतमा तीन चार लाख पर्ने गाडी यहाँ बीस बीस लाख तिरेर, टाऊको भरी लोन बोकेर, मनमा पिडा र ओठमा देखावटी मुस्कान लिएर हिडछन I सानो व्यवसायीहरुको गुनासो छ गरी खानपनि न पाईने भयो, कसले बनाई दिने हो वातावरण ?कुनै राहत छैन, उज्यालो भविष्यको सपना त् छाडौ, आफ्ना ज्यान आफै वचाओं भन्ने सबैले बुझी सक्यो I हिज नेपालका सपुत कुलमान घिसिंगले आफ्नो चिरपरिचितको लागी रातभरी अनेकौ ठाउँमा प्रयास गर्दापनि आई.सी.यू. कक्ष भेट्न सकेन, उहाँको त् यो हाल छ भने आम जनताको के होला I प्राईभेट अस्पतालहरुले लुटतन्त्र मचाएको छ, कुनै कारवाही भयो ? सोध्नु पर्ने भयो कि भएन I खै पर्याप्त अक्सीजन सिलिण्डर ? खै उपचारको ग्यारेन्टी ? खै भ्याक्सीन ? खै? खै? खै?
प्रत्येक कुरा वारे सोध्न थालियो भने एउटा ग्रन्थ बन्न सक्छ I तीन दशक अघि सबै ठिक थियो भनेको चै होईन ? त्यति बेला पनि बहादुर र कान्छा हरु थिए, भारतको गल्ली, शहर र आलीशान हवेली – घरहरुमा I तर तिमीहरु त् आम जनताको बीच बाट आएका थियौं I तिमीहरुमा आम जनताले आफ्नो प्रतिबिम्ब देखने गर्दथ्यो I यति चाडै बिर्सी बक्सियो ? लकडाउनको बेलामा आफु र आफ्नो परिवारले खोपीमा ज्युनार गरी बक्सिदा आम नेपाली मजदूर हरुले के खाई रहेको होला भन्ने विचार आउछ कि आउदैन प्रभु ? भोट माग्न सवारी हुदा अलि राम्रो खाले बडी-प्रोटेक्टर र बलियो हेल्मेट लगाएर गाउँ–घरदैलोमा सवारी भईसेला I आम जन अतिसाधारणहरु अब तीन दशक अघिका जस्ता छैनन् है I चेतना भया I यसपाली चै खुब सोध्न सक्छन है I

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %