जीबी फाउण्डेशनका संरक्षक नेम काउन्सिलरमा निर्वाचित !

Read Time:4 Minute, 5 Second

हुमबहादुर थापामगर

काठमाडौँ, वैशाख २९ । गोरेबहादुर खपाङ्गी फाउण्डेशनका संरक्षक एवम् मगर संघ युकेका निवर्तमान अध्यक्ष नेम थापामगर काउन्सिलरमा निर्वाचित हुनुभएको छ ।

हालै भएको बेलायतको स्थानीय निर्वाचनमा फ्रान्बोरो, चेरिउड क्षेत्रबाट लेबर पार्टीका उमेदवार क्लाइब ग्रेटरलाई ८०६ मतका विरुद्ध ८९२ मत प्राप्त गरी नेम थापामगरले जित हात पार्नुभएको हो । जितसँगै थापामगर चेरिउड वडाको पहिलो नेपाली काउन्लिर बन्न सफल हुनुभएको छ । उहाँले कन्जरभेटिभ पार्टीबाट उमेदवारी दिनुभएको थियो । चेरिउड वडामा करिब २७०० मतदाता रहेकामा १७१७ मत खसेको थियो र १९ मत बदर भएको थियो ।

थापामगर सन् १९८३ मा ब्रिटिश आर्मीमा भर्ती भएर लामो समय आर्मीको अनुभव बटुली आर्मीबाट अवकाशपश्चात् जागिरको शिलशिलामा बहराइनको एक प्रतिष्ठित डीएचएल कम्पनीमा म्यानेजरको रूपमा कार्यरत हुनुहुन्थ्यो । बहराइनमा रहँदा नेपाली समाज बहराइनको अध्यक्ष पदमा आसिन थापामगर त्यहाँको राम्रो जागिर छाडेर सन् २००६ मा बेलायत जानुभएको थियो ।

मगर संघ युकेको सचिव, उपाध्यक्ष पदबाट संघलाई कुशल नेतृत्व दिँदै थापामगरले अध्यक्षको सफल जिम्मेवारी बहन गर्न पुग्नुभएको थियो । थापा हाल ग्रेटर रस्मुर नेपाली कम्युनिटीको उपाध्यक्ष पदमा समेत आसिन हुनुहुन्छ ।

नेपाली राजनीति र जनजातिका शिखर व्यक्तित्व गोरेबहादुर खपाङ्गीमगर मोटरसाइकल दुर्घटनामा परी उहाँलाई उपचारार्थ सिंगापुरको प्रतिष्ठित एलिजावेथ माउण्ट नोभेना हस्पिटलमा भर्ना गर्दा मगर संघ युकेका तर्फबाट उपचार खर्च १० हजार पौण्ड जुटाउन महत्वपूर्ण भूमिका निभाउनुभएका थापामगर संघका तत्कालीन उपाध्यक्ष हुनुहुन्थ्यो । फाउण्डेशनलाई हरेक समय सहयोग गर्दै आउनुभएका थापामगर फाउण्डेशनको संरक्षक हुनुहुन्छ ।

नेम थापामगरले अनगिन्ति संघसंस्था र व्यवसायसँग आबद्ध भएर जस्तोसुकै कठिन परिस्थितिसँग पनि सरल र सहज तरिकाले जुध्न र सामना गर्नसक्ने क्षमता राख्नुहुन्छ । निर्माणाधीन काठमाडाँै भ्युटावरमा नेम नभइदिएको भए टावरले अहिलेको यो आकार लिने थिएन । भ्युटावर निर्माण सुरु गर्नुअघि अध्यक्षको अनुमतिले सहुलियत ब्याजमा ऋणस्वरूप संघको ५० लाख रकम प्राप्त भई निर्माणको कार्य सुरु गर्न ठूलो योगदान भएको वास्तविकतालाई धेरैले भुल्नुभएजस्तो लाग्छ । सो ऋणका बारेमा केही पत्रकारलगायत आम मगरको आरोप भने नेम थापामगर र यो ज्यानले भारी पुग्ने गरी खाएको घटना यो मनासपटलमा अझै ताजा नैै छ ।

नेम थापा काउन्सिलरमा निर्वाचित हुनुभएकामा उहाँको पूर्ण सफल कार्यकालका लागि म मेरो व्यक्तिगत र गोरेबहादुर खपाङ्गी फाउण्डेशका तर्फबाट पनि हार्दिक बधाईका साथ न्यानो शुभकामना व्यक्त गर्दछु ।

1 0
Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %