राष्ट्रि जनमुक्ति पार्टीको बिधान गोष्ठी सम्पन्न !

Read Time:4 Minute, 5 Second


राज्यसत्ता ,

बुटवल , चैत्र २९ – राष्ट्रि जनमुक्ति पार्टीले बागमति प्रदेश चितवन जिल्ला नारायणगढको पार्टी कार्यलयमा चैत्र २७ गतेकादिन केन्द्रियतहका नेताहरुका विच बिधान गोष्ठी सम्पन्न गरेको छ । पार्टीले २०७८ साल जेष्ठ ५-७ गते एक नं. प्रदेश सुनसरी जिल्लाको धरानमा छैठौ महाधिवेशन सम्पन्न गर्न गइरहेको छ । पार्टीले महाधिवेशनमा जान अगावई सबै सातै प्रदेश , जिल्ला र स्थानिय तहसम्म बिधान गोष्ठी गर्ने भएको छ ।

राष्ट्रि जनमुक्ति पार्टीले महिलाहरुलाई पार्टीमा बडिभन्दाबडि प्रतिनिधित्व गराउँने गरि सिट सुनिश्चित गर्ने भएको छ । पार्टीले राज्य संरचनामा राष्ट्रपतिलाई अध्यक्षिय मण्डलको ओकालत गर्दै आईरहेकोले राष्ट्रि जनमुक्ति पार्टीको धाराणा संबिधानमा संसोधन भएमा महिला,आदिबासीजनजाति , दलित, मधेशी ,मुस्लीम,खस आर्य,सिमान्तकृत समुदाय देशको सेरेमोनियल चक्रप्रणलीय राष्ट्रपति बन्न पाउँने छन । पार्टीको केन्द्रिय संरचनामा पनि सेरेमोनियल चक्रप्रणलीय अध्यक्ष मण्डलको धाराणा अधिसारेकोले छैठौ महाधिवेशनमा पास भएमा पार्टीको कार्यकारी अधिकार महासचिब सहित सचिवालयमा रहने छ । तर, यो छैठौ महाधिवेशनमा सजिलै पासहुने संभावना देखिदैन ।

त्यस्तै पार्टीले सहयोगी संगठनको बारेमा पार्टी संग बैचारिक निकटता राख्ने सहयोगी संगठनको विकाश र विस्तारका लागी “गोरे बहादुर खपाङ्गी फाउण्डेसन , “जित बहादुर सिङ्जाली प्रतिष्ठान,”सुबेदार डम्बर तमु स्मृति अध्यन केन्द्र” लगायतका प्रतिष्ठानहरु संग पनि सहकार्य गर्ने छ ।
पार्टीको संचालन पद्धति कार्यर्तामा आधारित (Cadre based) रहने छ । पार्टीको भातृ संगठनहरुको स्वरुपमा सबै जनसंगठनको नाम एकरुपता हुने गरि निमार्ण गर्ने रहेको छ । पूर्ण कालिन पार्टी नेता ,कार्यकर्ताहरुलाई न्यूनतम तलब भत्ताको ब्यवस्था गरिने छ । पार्टी केन्द्रिय तहका पदाधिकारी तथा सदस्यहरु ,विभागीय प्रमुखहरु,प्रदेस तहका पदाधिकारीहरु ,जनसंगठनका केन्दिय कार्यकारी नेतृत्व ९अध्यक्ष,महासचिव० पहिलो चरणमा अनिवार्यरुपमा पूर्णकालिन हुनुपर्ने छ ।
जनमुक्ति मंचलाई प्रवासमा विस्तार र मंचमा कार्यरत नेता कार्यकर्ता र सदस्यहरुको मूल्याङ्कनका लागी छुटै कार्ययोजना बनाई लागुगरिने छ । भने , पार्टीको सांगठनिक बनोट पिरामिड शैलिमा विकास गर्ने रहेको छ । पार्टीको मूल लक्ष्य भने बहुजातिय लोकतान्त्रिक समाजबाद नै हुने छ ।
पार्टीले बैशाख ६ गते बुटल,१३ गते कैलाली र बैशाख १५ गते सुर्खेतमा जिल्ला स्तरिय भेला गर्दै छ भने बैशाख ८ गते पोखरा , ११ गते काठमाण्डौ, १९ गते महोत्तरी र बैशाख २३ गते दमकमा विधान गोष्ठी सन्चालन गर्ने पार्टी महासचिबले जानकारी दिनु भयो ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %