सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, नेता कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई

Read Time:2 Minute, 34 Second

सरकारको आदेश
काठमाण्डौं, फागुन २०
सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ । आज बालुवाटारमा भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको हो । सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने भएको छ । यस्तै, सरकारकातर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी गर्ने सहमति भएको छ । सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने भएको छ । भोलिको सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री के.पि शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले संबोधन गर्ने जनाइएको छ ।

सहमति भएसंगै सरकारले विप्वबका कुनै पनि नेता कार्यकर्तालाई पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिएको छ । आज संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो । विज्ञप्तिमा सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गर्नु भएको छ ।
सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच हिजो पहिलो चरणको औपचारिक वार्ता भएको थियो । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता टोली गठन भएको थियो ।

विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %