यु केको जनगणनामा सबै नेपालीलाई हिन्दू धर्म लेख्नन आव्हाँन !

Read Time:4 Minute, 34 Second

बेलायतमा बसोबास गर्ने आदिवासी समुदायको रहेन समर्थन ।चेतावनी सहितको प्रेस बिज्ञप्ती जारी !

राज्यसत्ता –
बेलायतमा आगामी मार्च २१ मा हुन गइरहेको आम जनगणना एक अनलाइन पत्रीकामा प्रकाशित “बेलायतको जनगणनामा सबै नेपालीले ‘हिन्दू’ धर्म लेखौं ” शीर्षकको समाचारप्रति बेलायतका नेपाली आदिवासी जनजातिहरुले आपत्ति जनाएका छन् ।

उक्त आव्हान प्रती रुस्ट हुँदै यस्तो नकरात्मक ,भ्रामक समाचार समप्रेषन गरी सर्बसाधारण जनमानसमा भ्रम फैलाउनेहरु प्रती बिभिन्न जातिय संघ संस्था सहित आदिवासी जनजाती महासंघ, बेलायतले कडा आपत्ति जनाएको छ ।

नेफिन यूकेका अध्यक्ष जंग सुनुवार र महासचिव खुशी लिम्बुद्धारा हस्ताक्षरित प्रेश विज्ञप्ति जारी गरि बिरोध जनाएका छन ।
उक्त बिज्ञप्तिमा भनिएको छ “मातृभूमि नेपाल र कर्मभूमि बेलायत दुवै धर्म निरपेक्ष मुलुकहरु हुन । प्रजातन्त्रको जननी र मानव अधिकारको प्रणेता बेलायत जस्तो मुलुकमा आएर सबैलाई आ-आफ्नो आस्थाको आधारमा जनगणनामा आ – आफ्नो धर्म लेखाउन प्रेरित गर्न पर्नेमा उल्टै समाजमा केही सुझबुझ भएका भनिएका व्यक्तिहरु नै सबै नेपालीहरुलाई आगामी जनगणनामा सबैले धर्मको महलमा हिन्दू लेखौं भन्दै नैतिक–मनोवैज्ञानिक दवाब दिनु भनेको व्यक्तिक आस्था र स्वोतन्त्रतामाथी ठाडो धावा हो भन्ने हाम्रो ठम्याई छ “।

“हामी नेपालीहरु लामो समयदेखि एक–अर्काको धर्म र आस्थामाथि सम्मान गर्दै आएका छौं, धार्मिक सहिष्णुता हाम्रो जीवन पद्दति हो, अनेक जाति, धर्म र आस्थाका हामी नेपालीहरुले हाम्रो यो गौरव, विशेषता र पहिचानलाई व्यक्तिगत, संस्थागत, सामुहिक र राज्यस्तरबाटै अझ सुदृढ र प्रगाढ बनाउँदै लैजानु पर्ने हो तर उल्टै एक प्लमस्टेड हिन्दू मन्दिर नामक संस्था र तिनका सदस्यहरुले सार्वजनिक सञ्चारका माध्यमहरु दुरुपयोग गर्दै उक्त समाचार र त्यसको बिषय वस्तुलाई उग्र रुपमा जसरी शेयर गरिरहेको छ, त्यसप्रति नेपाल आदिवासी जनजाति महासंघ बेलायत घोर आपत्ति प्रकट गर्दछ”, – विज्ञप्तिमा भनिएको छ ।

सबै आस्था र धर्मावलम्वीहरुको सहयोगमा निर्मित प्लम्स्टिड हिन्दू मन्दिरमार्फत बेलायतमा रहेका सबै नेपालीहरुलाई आगामी जनगणनामा धर्मको महलमा हिन्दू जनाउन नैतिक दवाव दिएपछि अन्य धर्मावलम्वीहरुले आफ्नो साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूके मार्फत बिरोध जनाएको नेफिन यु के ले जनाएको छ ।

उनीहरुको भनाईमा बेलायतमा बसोबास गर्ने लगभग ८० प्रतिशत नेपालीहरु अादिवासी जनजाति मुलका छन जो हिन्दू मात्रै छैनन् कोही बुद्धिस्ट,कोही किरात धर्मालम्वी छन भने कोही क्रिस्तियन वा अन्य नकी सकी सबै हिन्दू । त्यसकारण यस्ता कार्यको घोर भर्त्सना गर्दै उक्त कार्य तुरुन्त रोक्न आवहाँन गरेका छन भने यदि यस कार्य तुरुन्त नरोकिएमा यसले बेलायतको नेपाली समाजमा ल्याउने अविस्वास, घृणा र द्धेषको अवस्थाका लागि माथि उल्लिखित सम्बन्धित संस्था र तिनका व्यक्तिहरुले सम्पूर्ण रुपले जिम्मेवारी लिनु पर्ने भन्दै नेफिन यु केले चेतावनी दिएको छ ।

1 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
67 %
Surprise
Surprise
0 %