सरकार र विप्लव समूहको पहिलो बैठक सकियो वार्ता सकारात्मक

Read Time:1 Minute, 25 Second

काठमाण्डौं, फागनु १९
सरकार र नेत्र विक्रम चन्द “विप्लव” समूहबीच बिहिबार बिहान भएको पहिलो चरणको औपचारिक वार्ता सराकात्मक रुपमा सम्पन्न भएको छ । वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूह वार्तामा थियो । दुवै समूहले वार्ता समिति नै गठन गरेर औपचारिक रुपमा वार्ता गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा उच्च सुरक्षा सतर्कता सहित वार्ता भएको हो । वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको छ भने पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ । विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %