प्रदेश दुईमा जनमुक्तिको जन्म दिवश सम्पन्न !

Read Time:1 Minute, 54 Second

राज्यसत्ता ,

महोत्तरी, माघ ७ ।राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश २ (मिथिला -भोजपूरा)ले पार्टीको ३० औ स्थापना दिवश मनाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीले प्रदेश २ (मिथिला-भोजपुरा) स्तरमा पहिलो पटक पार्टी स्थापना दिवस मनाएको हो । पार्टी केन्द्रीय सचिवालयको संयोजन र प्रदेश २ को आयोजनमा पार्टीको तिसौ स्थापना दिवस बर्दिवास (महोतरी)मा माघ ६ गते सम्पन्न गरिएको “पहिलो प्रहार”ले जनाएको छ ।
पार्टी महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्य , केन्द्रीय सचिव तथा प्रदेश २ इंचार्ज शर्मिला महराको अध्यक्षतामा तथा वैकल्पिक संघीय परिषद सदस्य गणेश आलेको संचालन प्रदेश अध्यक्ष भुवन आलेको स्वागतमा सम्पन्न भएको थियो ।सो अवसरमा, केन्द्रीय सचिव तथा संगठन बिभाग उपप्रमुख केबी पुन ,युवा नेता बिजय कुमार शाह,धनुषा अध्यक्ष कविराज श्रेस्ठ ,महोत्तरी अध्यक्ष राजकुमार मोक्तान,महिला नेत्री निलम पोखरेल, संघीय परिषद सदस्य गीता सारू,वैकल्पिक संघीय परिषद सदस्य संजय मण्डलले पार्टीको तीस वर्षको यात्रा बारे आआफ़ना धारणा राख़्नु भएको थियो।
सो अवसरमा पार्टीलाई योगदान पुर्याउनू भएका व्यक्तित्वहरूलाई महासचिवले खादा ओढ़ाई सम्मान गर्नुभएको थियो।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %