जनमुक्ति पार्टीको बिचार प्रचारात्मक चरण पूरा गरि संस्थागत मार्गमा !

Read Time:3 Minute, 21 Second

पूर्ण बहादुर राना

पाेखरा, माघ ७ – कास्की राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं पार्टी स्थापना दिवस तमुवान-मगरात (गण्डकी) प्रदेश समितिकाे आयोजना र जिल्ला समिति कास्कीको व्यवस्थापनमा प्रदेश अध्यक्ष मन्धरि आलेको सभाध्यक्षता र संघीय महासभा सदस्य एवं पिएचडि शाेधार्थि टिबि पुनकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ ।

प्रमुख अतिथि पुनले सबै जाति, भाषा, धर्म र सँस्कारकाे समान विकासकाे लागि जनमुक्ति पार्टीको win-win system र Live and let live सिद्धान्त देशकाे लागि अपरिहार्य सिद्धान्त भएकाे बताए ।
सभाध्यक्ष मन्धरि आलेले ३०औं पार्टी स्थापना दिवसले पार्टीका सबै नयाँ पुराना नेता कार्यकर्तालाई एक ढिक्का बनाई पार्टीलाई राज्यसत्तामा उपस्थित गराउन उर्जा प्रदान गरेकाे बताए । विशिष्ट अतिथि नेपाल विद्यार्थी माेर्चा केन्द्रीय अध्यक्ष पूर्ण बहादुर रानाले संस्थापक अध्यक्ष एम. एस. थापा, महासचिव गाेरे बहादुर खपाङ्गि र सदस्य राम बहादुर तुम्बाहाम्फे लगाएत अन्य संस्थापक सदस्यहरूकाे बाैद्धिक तागत र भुपुहरूकाे आर्थिक उर्जाले पार्टीकाे ३०औं वर्षगाँठ सम्पन्न गर्ने सुनाैलाे अवसर मिलेकाे बताए । अर्काे प्रसङगमा रानाले जनमुक्ति पार्टीमा धेरै नेता, कार्यकर्ता र भाेटरकाे समय, आर्थिक, रगत पसिना लगानी भईसकेकाेले अब राज्यसत्ताको फल पाउने दिशामा पार्टी अघि बढेकाे बताए ।

पार्टीको तिन दशक निति, सिद्धान्त, बिचार र दर्शन नेपालकाे सबै जातीय समुदायमा प्रचरात्मक चेतनाकाे प्रवाहा गर्ने चरण पूरा भएकाे र अबकाे दशक पार्टीको निति, सिद्धान्त, बिचार र दर्शनले राष्ट्रिय स्तरमा संस्थागतरूप ग्रहण गर्ने दिशामा दृढसाथ अघि बढ्न नेता, कार्यकर्तालाई तागत प्रेरणा र शक्ति मिलेकाे बताए ।
कास्की जिल्ला अध्यक्ष लाेक बहादुर थापाकाे स्वागत मन्तव्य र प्रदेश उपसचिव इश्वर रानाकाे संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समिति कास्कीका सदस्य टेक गुरूङ, सल्लाहकार सदस्य खुम बहादुर थापा, पुर्व सैनिक केन्द्रीय सदस्य हरिराम राना र राष्ट्रिय पुर्व सैनिक तमगप्रसका सचिव ढक बहादुर मसराङ्गिले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

138Prem Tamang, Tila Ram Ale and 136 others23 Comments3 SharesLikeCommentShare

Comments

View 2 more comments

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %