हङ्गकङ्गमा औधी चिसोले नौजनाको मृत्यु !

Read Time:3 Minute, 57 Second


राज्यसत्ता ,

हङ्गकङ्ग पुष २७ ।

हङ्गकङ्गमा चिसो मौसमका कारणले कठांिग्रएर नौजनाको मृत्यु भएको छ ।
हालको चिसो मौसमका कारण थप चार व्यक्तिको मृत्यु भएको छ । र हंगकंगले यस हप्ता लामो तापमान तापक्रममा निरन्तरता दिइरहेको कारणले नौ जनाको ज्यान गएको हो ।

यो हप्ताको अन्तमा मौसम औधी चिसो रह्यो, स्वास्थ्य सुरक्षा केन्द्रले चेतावनी दिदै कम तापमानले ट्रिगर वा रोग बिगार्न सक्छ । उनीहरूले वृद्धहरू र मुटु र श्वासप्रश्वाससम्बन्धी रोग भएकालाई सचेतर सतर्क रहन आग्रह गरे । किनकि शनिबार घरमै बेहोस भएपछि कम्तिमा पांचजना बुढा मान्छे मरे ।

वरिष्ठ नागरिक गृह सुरक्षा संस्थाले भन्यो कि हिजो १२ बजेदेखि बेलुका ४.३० बजेको बीचमा, यसको व्यक्तिगत आपतकालीन लिंक सेवा १,०१० मा फोन गरे र घरमा बोलाएका थिए । जसमध्ये ४६ जनालाई अस्पताल पठाइएको थियो ।
अस्पताल प्राधिकरणले दुर्घटना र आपतकालीन विभागहरूमा गएर ४८५ जना बिरामीलाई भेटेको थियो । पर्यबेक्षकका अनुसार चिसोर सुख्खा मौशम आगामी केहि दिन सम्म हंगकंगको तटमा रहने अपेक्षा गरिएको छ ।

आजको तापक्रम १० देखि १२ डिग्री सेल्सियस रहने छ र ४० देखि ६० प्रतिशत बीचको आद्र्रता रहनेछ । भोलिको लागि पूर्वानुमान गरेअनुसार नौ र १६ डिग्री सेल्सियस बीच हुनेछ र बिहान र रातिको मौसम चिसो हुनेछ । आउदो सोमबार मौसम १२ डिग्रीमा झर्नेे अनुमान गरिएको छ र यो सबैभन्दा कम तापक्रम हुने छ ।

हिजो बिहानको तापक्रम १० डिग्रीमा झर्दा, साउ केई वान केयर होमकी ९६बर्षे महिला र क्वारी बे र मेई फू का दुई पुरुष सहित तीन बुढाबुढि बेहोस पछि मृत भएका थिए । अर्को ३२ वर्षीया महिला दीर्घकालीन बिरामी थिए र किंग मिंग एस्टेट, चुनका क्वान ओ स्थित उनको घरमा बेहोस भए र अन्ततः उनको पनि मृत्यु भयको थियो ।

(सी.एच.पी) स्वास्थ्य सुरक्षा केन्द्रले जनताहरुलाई पर्याप्त कपडा लगाएर न्यानो बस्न , तातो क्यालोरी सेवन गर्न , रक्तसंचारको लागी नियमित ब्यायामगर्न भनेको छ ।

स्वास्थ्य सुरक्षा प्रबक्ताले भनेका छन केही जेष्ठ नागरिकहरुको गतिशीलता घट्दै जानेहुंदा जसको शरीरको तातो उत्पादन र संरक्षण गर्ने क्षमतालाई ढिला बनाउँछ । यो विशेष गरी उच्चरक्तचाप, मधुमेह र अन्तःस्रावी विकार जस्ता दीर्घकालीन बिरामीहरूसँग कम हो जसले उनीहरूको मेटाबोलिक दरहरू कम गर्दछ ।

हङ्गकङ्ग कार्डियोलोजी कलेजका अध्यक्ष चान एनगाइ-यिनले रक्त नलिमा सांघुरिदा हृदयघात र स्ट्रोकको खतरा बढाउने बताउनुभयो ।’बुढापाका नागरिकहरूले धेरै लामो समयसम्म बाहिर जानु वा बस्नु हुँदैन । घर भित्र रहँदा पनि उनीहरूले घरमा हल्का व्यायाम गर्नुपर्दछ’ उनले भने ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %