हङ्गकङ्ग कोरोनाको रोकथाममा उच्च सत्रक्ता !

Read Time:5 Minute, 8 Second

राज्यसत्ता ,

हङ्गकङ्ग , पुष २६ ।

हङ्गकङ्गमा कोभिड १९-कोरोनालाई रोकथाम गर्न सरकारले उच्च सत्रक्ता अपनाएको छ ।
हङ्गकङ्गमा हाल सम्म ९,२४३ जना सङ्क्रमित भएका छन । सङ्क्रमित बाट ८,४२३ जना निको भईसकेका छन । साथै ६०१ जना हस्पिटलमा र ३९ जना भेन्टिलेटरमा उपचारर्थ छन भने १५८ जनाको मृत्यु भईसकेको छ । हङ्गकङ्ग अरु देशको तुलनाम कोरोना संग लड्न धेरैसक्षम देखिन्छ ।

हङ्गकङ्गले कोबिड-१९ रोकथामकोलागी के के नियम अपनाउदो रहेछ ? हेरौ , देख्दा सामान्य जस्तो तर,पालना गर्न कठिन छन नियमहरु । म आफैले पालना गरेको नियमहरु :
प्रवासबाट अर्थात बिशेष नेपालबाट भित्रिनेलाई हङ्गकङ्गले कोरोनाकोलागी कडाई गरेको छ ।
हालैका दिनमा नेपालमा कोबिड १९-उच्चदर बृद्धिभैरहेकोले हङ्गकङ्ग अध्यागमनले नेपाल बायुसेनाको उडानबाट आउँनेलाई अरु देशबाट आउँनेलाई भन्दा अलिक कडाई गरेको देखिन्छ ।

नेपाली उडानले हङ्गकङ्ग अवतरण गर्दा साथमा अनिबार्य रुपमा पि.सि.आर.रिर्पोटर डाक्टरले दिएको रिर्पोट अनिवार्य साथमा ल्याउँनु पर्दछ वा हङ्गकङ्गमा देखाउनु पर्दछ । उडानबाट ओर्ले पछि हङ्गकङ्गको लागी पि.सि.आर.टेष्ट गर्नेठाउँ सम्म पुग्नको लागी कम्तिमा दशवटा चेकपोष्ट काट्नु पर्दछ ।पि.सि.आर.परिक्षण गराईसकेपछि पि.सि.आर.रिर्पोट नआउन्जेल सम्मका लागी उनिहरुले ब्यवस्था गरेको हलमा प्रत्येकलाई एक टेबल र एक कुर्ची र पिउँने पानी, स्यान्डउईच र बिस्कुटले पर्खिरहेको हुन्छ । गएर खाने,पिउँने र कम्तिमा सोह्घण्टा बस्नु पर्ने हुन्छ । लगभग १६ घण्टाको पर्खाईपछि राम्रो रिर्पोट आएमा आर्कोलाईन लाग्नु पर्दछ ।
आ-आफ्नो पालोमा करिब २ घण्टाको पर्खाईपछि अन्तिम काउन्टरमा पुगिन्छ । सो काउन्टरमा हङ्गकङ्गको नागरित्ता , पि.सि.आर.रिर्पोट, होटेल बुकिङ्क गरेको कागज पेश गर्नु पर्दछ । जुनकाउन्टरले यात्रुहरुको गन्तब्य तिर जाने बस र बसकर्मचारीको ब्यबस्था गरेको हुन्छ ।यहाँपनि लामै पखाईपछि आ-आफनो पालोमा यात्रुहरुलाई पर्खेर बसेको बसमा चँढेर आ(आफ्नो गन्तब्य (होटेल) तिर लागीन्छ । बसले कुन होटेलमा कतिजना जानेहो ? त्यतिनै यात्रुलिएर (हाम्रो सवालमा तिन जना यात्रुलाई ५२ सिटे लकजरी Coach मा) एयरपोर्ट अथिरिटीले ब्यबस्था गरेको एकजना कर्मचारी र बसचालक सहित आफुले नेपालबाटै बुक गरेको होटलतिर जानु पर्दछ ।
होटल क्वारिनटाईनमा बसेको ११औ दिनमा अनिवार्यरुपमा बसेको ठाउँमै पि.सि.आर गर्न हस्पिटलका कर्मचारी आउने ब्यवस्था सरकारले गरेको हुन्छ ।
हङ्गकङ्ग प्रबेश गरेको २०औ दिनमा अन्तिम पटक सरकारले ब्यवस्था गरेको स्वास्थ्यसेवामा गएर निशुल्क पि.सि.आर.परिक्षण गरेको २३औ दिनपछि सार्बजानिक स्थल तिर घुमफिर गर्न बल्ल योग्य भईन्छ ।
तर, २२ डिसेम्बर २०२० देखि पछि प्रबेश गरेका यत्रुहरुलाई भने होटल क्वारिनटाईनमा २१ दिन र सातदिन होम आईसोलेसनमा अनिबार्य बस्नेनियम लागुगरेको छ । हङ्गकङ्ग छोड्नुपरेमा २५० हङ्गकङ्ग डलर तिरेर पि.सि.आर परक्षिण गरि रिर्पोट साथमा लिएर बाहिर जानुपर्ने हुन्छ । यो उच्च सत्रक्ता र सबै मिलेर महामारीका बिरुद्धमा लड्दा हङ्गकङ्ग अरुदेशभन्दा शुरक्षित रहेको देखिन्छ ।
आज सम्म विश्वको सङ्क्रमित सङ्ख्या ८९,७११,३४१ लाख छन । निको भएको मानीसहरुको सङ्ख्या ४९,८०७,००८ लाख र मृर्तकहरुको सङ्ख्या १,९२८,०२३ लाख रहेको ओल्डोमिटरले जनाएकोछ ।
नेपालमा सङ्क्रमित सङ्ख्या : २,६४,७८० लाख , निको भइसकेका मानीसहरुको सङ्ख्या : २,५८,४४१ लख र मृत्यु हुनेको सङ्ख्या : १,९१७ रहेको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %