अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदयबिहारको साधारणसभा सम्पन्न ,अध्यक्षमा ‘भिक्षु आनन्द’ । (फोटो फिचर सहित) !

Read Time:5 Minute, 6 Second

“नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धस्स”

याम थापा मगर र धनिराम राना मगर

रुपन्देही , पुष २६ ।

अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय बिहार तलोत्तमा ४ डिङ्गर कुवा रुपन्देही को १७ औ बार्सिक साधारण सभा तथा चौथो अधिबेसन सम्पन्न भएको छ । अधिवेशनले नयां नेतृत्वमा भिक्षु आनन्द भिक्षु आनन्द “सासनधज धम्मचरिय”लाई आर्को कार्यकाल सम्मकोलागी अध्यक्षमा चयन गरेको छ ।

२०७७ साल पौष २५ गते शनिबारको दिन अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय बिहार श्रिदेय भिक्षु ज्ञानेन्द्र सद्धम्म कोबिद स्थबिर ज्युको अध्यक्षतामा र प्रमुख अतिथी अखिल नेपाल भिक्षु महासंघ केन्द्रिय अध्यक्ष श्रदेय भिक्षु मैत्री महास्थबिर ज्युको आथित्यमा र बिशिस्ट अतिथी ज्यूहरुमा लुम्बिनि बिश्व बिधालयका प्रधाअध्यापक भिक्षु संकिच्च महास्थविर , अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहार प्रमुख जटिल , लुम्बिनी विश्व विद्यालयका प्रोफेसर भिक्षु वजीर भन्ते हजुर लगायत अन्य विशेष अतिथीहरुमा भिक्षु तिलोक भन्ते , विमल बहादुर शाक्य , सुर्जेलाल गुरूङ्ग र शंकर गाहा मगर लगायतका अतिथिहरूको उपस्थित रहेको थियो ।

साथै , यस कार्यक्रममा पाल्पा , कपिलबस्तु ,नवलपुर , नवलपरासी र रुपन्देहीका गुम्बा तथा बिहारका अध्यक्ष तथा प्रतीनिधि ज्युहरु , मगर बुद्ध सेवा समाज केन्द्र , प्रदेश र जिल्ला ,नगरका अध्यक्ष तथा प्रतीनिधि , विभिन्न संघ संस्थाहरुको उपस्थितिरहेको थियो ।

उक्त उदघाटन सत्रमा पारमी भाग २ किताब प्रमुख अथितीबाट बिमोचन समेत गरिएको थियो । विहारलाई सहयोग गर्ने दाताहरुलाई प्रमुख अतिथि र बिशेष अतिथि ज्यू बाट प्रर्माण पत्र र कदरपत्र समेत प्रदान गरिएको थियो ।

साथै , चौथो अधिवेशनका प्रमुख निर्वाचन आयुक्त श्रद्धेय विमल बहादुर शाक्य ज्यूको अध्यक्षतामा सदस्यहरुमा श्रद्धेय खिमलाल पुरी,श्रद्धेय ईन्दु थापा मगर,अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारका आजिवन सदस्य तथा साधारण सदस्यको उपस्थितिमा कार्य समितिको प्रत्यक्ष निर्वाचनमा पदाधिकारी तथा सदस्यहरू बाट सर्वसम्मत निर्वाचित हुनुभयो ।

१) अध्यक्ष भिक्षु आनन्द “सासनधज धम्मचरिय”
२) बरिष्ट उपाध्यक्ष हरीओम वि.क.
३) उपाध्यक्ष तुलसी थापा मगर
४) महासचिव यम बहादुर थापा
५) सचिव धनिराम राना मगर
६) कोषाध्यक्ष जय सारू मगर
७) सहकोषाध्यक्ष शिरू बुढाथोकी
८) सदस्य सरोजलाल शाक्य
९) सदस्य कृष्णा काउचा
१०) सदस्य छन्नुराम चौधरी
११) सदस्य खड्ग बहादुर घर्ती मगर
१२) सदस्य देव बहादुर गाहा मगर
१३) सदस्य गंगा पुन मगर
१४) सदस्य कुमारी गुरूङ्ग
१५) सदस्य नारायण राना मगर
१६) सदस्य भुना राना मगर र
१७) सदस्य धर्म कुमारी पल्ली मगर हुनुहुन्छ ।

आज गरेको सम्पूर्ण कुशल पुण्यको प्रभावले हामी सम्पूर्ण जगतको घरपरिवारको पितृहरूको सुगति निर्वाणको हेतु बनेर जाओस् , साथै हामी लगायत सम्पूर्ण जगतका प्राणिहरूमा सदा सर्वदा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, दिर्घायु तथा निरोगिताहोस् , तथा त्रिरत्न बुद्ध, धर्म र संघको आनुभावले सम्पूर्ण जगतको प्राणिहरूको कोरोना रोग व्याधि, भय अन्तराय सम्पूर्ण विलय भएर जाओस् । छिटो भन्दा छिटो सारा विश्वमा शान्ति फैलिएर जाओस् ।
भवतु सब्ब मंगलं

लेखकद्धय :अन्तर्राष्ट्रिय बुद्ध परियत्ती उदय बिहारको नवनिर्वाति महासचिव र सचिव हुनुहुन्छ ।

(फोटो : याम बहादुर थापा मगर)

4 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %