मित्रसेनको सालिक अनावरण ।

Read Time:6 Minute, 8 Second

मास्टर मित्रसेन थापा मगरको पूर्णकदको सालिक अनावरणमा मेरो सहभागिता
गायत्री राना मगर
काठमाण्डौ , पुष २४ ।

बहुप्रतिभाका धनी मास्टर मित्रसेन थापा मगरको पूर्णकदको सालीक अनावरण वहाँकै जन्म जयन्तिको दिन २९ डिसेम्बर २०२० मालरोड दारजिलीङ्ग प्रमुख अतिथी मित्रसेन संगित सभा भाग्सुका अध्यक्ष साधना नेपाली र साहित्यकार कृष्णसिंह मोक्तानज्युद्वारा अनावरण गर्नु भयो । कार्यक्रम भव्यताकासाथ सम्पन्न भयो । पण्डित र मगर पुजारीबाट पुजा अर्चना गरि कार्यक्रम सुरु भएको थियो । पहिलो चरणको कार्यक्रममा साधना नेपालीज्युले आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । यो कार्यक्रम मालरोड दार्जीलिङमा सम्पन्न भएको थियो । चौरास्ताबाट लाहुरेको रेलिमाई फेसनै राम्रो गीत बजाउदै सालीक स्थलसम्म पैदल यात्रा गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रम दारजिलीङ्ग गोर्खा रङ्गमञ्च भबनमा साहित्यकार हरेन आले मगरको अध्यक्षतामा, प्रमुख आतिथी साहित्यकार कृष्णसिङ मोक्तान विशिष्ट अतिथीहरु नर बाहादुर दाहाल, मित्रसेन संगीत सभा भाक्सुबाट साधना नेपाली, राजेन्द्र राना मगर, नेपालबाट गौ बहादुर आले मगर, मित्र राना मगर, गायत्री राना मगर, हिरु सरा राना मगर, कालीङपोङबाट, नविन थापा मगर, दिवस थापा मगर, सिक्किम्बाट विष्णु राना मगर, आसमबाट भरत पुलामी, भाक्सु, खर्साङ्, डुबर्स्, हिमान्चल प्रदेश र दार्जीलिङ आदी स्थानबाट दार्जीलिङमा उल्लेखनिय सहभागिता थियो वक्ताहरु साधना नेपाली, कृष्णसिङ्ग तामाङ, नर बहादुर दाहाल आदिले मास्टर मित्रसेनको जिवनी माथि प्रकाश पार्दै आफ्नो धारणा राख्दै गोर्खा जातीको गौरब हो भन्नु भयो ।

मास्टर मित्रसेन थापा मगरद्वारा लिखित गीत संगीतबद्ध सिडी लोकार्पण गरिएको थियो । साथै कलाकारहरु मनिस राना, राजेन आले, लगन थापा, प्रबल थापा, शृजना आले, रोमा थापाबाट गीत संगीत प्रस्तुत गरिएको थियो । जिटिए र मगर सङ्ग भारतका कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य सबिता थापाले गर्नु भयो । कार्यक्रम बारे जानकारी सचिव अमित थापाले दिनु भएको थियो भने संघका उपाध्यक्ष अजय थापाले सञ्चालन गर्नु भयो । सहभागी पाहुनालाई मायाको चिनो प्रदान गरियो । आजय थापाको संयोजकमा मास्टर मित्रसेन साहित्य गुठी स्थापना हुने र यसले आउने बर्ष २०२१ मा यसै समितिले कार्यक्रम सम्पन्न गर्नेछ भन्ने जानकारी सचिव अमित थापाज्युले दिनु भयो । अन्तमा अध्यक्ष हरेन आलेज्युले धन्यवाद ज्ञापन गर्दै समारोह सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभयो ।

मलाई यस कार्यक्रममा सहभागी हुने मौका दिनु हुने मगर संघ भारतका उपाध्यक्ष अजय थापा मगर दाजु, सचिव अमित थापाज्यु र मनिश रानाज्युलाई हृदय देखी धन्यवाद दिन चाहन्छु । उहाँहरुले मेरो ५ बर्ष देखीको इच्छा पुरा गरी दिनु भएको छ । मास्टर मित्रसेन थापा मगरले भाषा, साहित्य, लोक संगीत नाट्य, लोक संस्कृतिको उत्थानमा उल्लेखनिय योगदान पु¥याएकाछन । उहाँ सामाजिक अभियन्ता पनि हुन हुन्थ्यो । त्यसैले मास्टर मित्रसेन साहित्यकार्, कलाकारहरुको सम्पती हुन । साहित्य समाजले संरक्षण र प्रबन्ध गर्नुपर्छ । मगरहरु एक अंशियार मात्र हुन ।

सम्भवतः माष्टर मित्रसेन थापा मगर नै त्यस्तो पहिलो व्यक्ति हुन, जसको सम्मानमा नेपाल र भारत दुई देशले हुलाक टिकट प्रकाशन गरेको छ ।
वहाँको चर्चित गीतहरु :
मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनिले
धानको बाला झुल्यो हजुर देशै रमाइलो
लाहुरेको रेलिमाई फेसनै राम्रो
अब त जाउ कान्छी घर, बाटो छ उकाली ओराली
चुइ चुइ चुइकिने जुत्ता आदी छन ।
लोकनाचमा स्थानीय भेषभूषा र परिवेश झल्काएर लोक संगीतका प्रचारप्रसारक मास्टर मित्रसेन थापा सिन्जाली मगरको सालिक अनावरण एक ऐतिहासिक कार्य भएकोछ । यो इतिहास जबसम्म चन्द्र सुर्य पृथ्वी रहन्छ तबसम्म रहन्छ यो इतिहास मगर सङ्ग भारत दार्जीलिङले रचेकोछ , सम्पूर्ण आयोजक टिमलाई बधाई तथा शुभकामना ।

गायत्री राना मगर
कोषध्यक्ष
मास्टर मित्रसेन स्मृति प्रतिष्ठान
काठमाडौं , नेपाल ।

1 0
Happy
Happy
33 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
33 %