अमेरिकी उपराष्ट्रपति पेन्सद्धारा हिंसाको कडा निन्दा !

Read Time:1 Minute, 34 Second

राज्यसत्ता

काठमाण्डौ,पुष २३ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको प्रदर्शनको कडा निन्दा गरेका छन् । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हिंसा भड्काएकाले अमेरिककाको राजधानी वासिङ्टन डी.सीमा कफ्र्यु लगाइएको हो । ‘आज जसले क्यापिटलमा हिंसा मच्चाएका छन्, तिमीहरुले जितेका छैनौ । हिंसाको कहिल्यै जित हुँदैन,’ राष्ट्रपति डोनाल्ड ट्रम्पका सेकेण्ड म्यान पेन्सले भने । उनको बुधबारको दिनलाई अमेरिकी इतिहासको कालो दिन भएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै ट्रम्पले नै हिंसा भड्काउन सघाएको भन्दै रिपब्लिकन सांसदका साथै पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टनलगायतले पनि कडा आलोचना गरेका छन् । ट्रम्पका रिपब्लिकन पार्टीका पूर्बराष्ट्रपति जर्ज डब्ल्यू बुसले त एक वक्तव्य जारी गर्दै यस प्रकारको ‘राजद्रोह’ पागलपन भएको प्रतिक्रिया दिएका छन् । उनले यस प्रकारको विवाद अमेरिकामा नभएर बनाना रिपब्लिक(असफल गणतान्त्रिक मुलुक)मा मात्र देखिने बताएका छन् ।

1 0
Happy
Happy
0 %
Sad
Sad
50 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %