बर्तमान सन्दर्भमा हाम्रो बुझाई के हुने?

Read Time:3 Minute, 57 Second

केशव सूर्यवंशी
काठमाण्डौ , पुष ९ – प्रधानमन्त्री के.पी.शर्मा ओलीले २०७७ साल पुस ५ गते संसद विघटनको शिफारिस गरेको क्षणभरमै राष्ट्रपति बिध्यदेबी भण्डारीले संसद भंग गरेको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीको प्रेश बिज्ञप्ति सहित धारणा यस प्रकार रहेको छ ।

१) प्रधानमन्त्री खड्गप्रसाद ओलीले हठात् पूस ५ गते संसद विघटनको सिफ़ारिस गर्नु र तत्काल राष्ट्रपति भण्डारीले त्यसलाई सदर गर्नुले संसद विघटन प्रकरण आबेगात्मक भंदा पनि नियोजित घटनाक्रम हो भन्ने संकेत गर्दछ।यसले देशको राजनीतिक कमांड अरु कसैको नियंत्रणमा रहेको समेत संकेत गरेको छ।यस्को भंडाफोर गर्नु आवस्यक छ।
२)संसद विघटनको कदम संवैधानिक कि असंवैधानिक भन्ने बहस उठेको छ। सर्वोच्च सम्म पनि पुगेको छ। तर हाम्रो बहस त्यस तर्फ केन्द्रित हुनु जरुरी छैन। हाम्रो बहस भनेको, प्रत्यक्षत:प्रधानमन्त्री र राष्ट्रपतिको मिलीभगतमा घटाईएको घटना-संसद विघटन र मध्यावधि घोषणा ठीक हो कि हैन र यसले देशलाई फ़ाईदा कि घाटा भन्ने तर्फ केन्द्रित हुनुपर्छ। निश्चयपनि, यो कदम पूर्णतः बेठीक हो र देशमा राजनीतिक अस्थिरता ल्याउने उद्देश्य बाट प्रेरित घटनाक्रम भएको हुदाँ यसले देशलाई घाटानै पूर्याऊनेछ।अहिलेको घटनाक्रमलाई संबैधानिक कोणबाट हैन,राजनीतिक कोणबाट हेर्ने र त्यसको व्याख्या-विश्लेषण गर्ने तर्फ हाम्रो ध्यान केन्द्रित हुनु ज़रूरी छ।
३) यदि सर्वोच्चले राष्ट्रपतिको कदम संबैधानिक भएको ठहर गरेछ भने चाहि के होला त? के घोषित समय( आगामी बैशाख १७/२७)मा चुनाव होला त? निश्चयपनि यथास्थितिमा त्यो संभव हुने छैन। यदि बलपूर्वक त्यसलाई सम्भव बनाउन खोजियो भने,त्यसले मूलूकमा ठुलो राजनीतिक भिड़न्त निमत्याउनेछ।
अत: हाम्रो प्रस्ट दृष्टिकोण- यदि सर्वोच्चले राष्ट्रपतिको कदमलाई सही ठहर गरेछ भनेपनि, मध्यावधिको निर्वाचन मिति राष्ट्रिय सहमतिको आधारमा तय हुनुपर्छ र हालको ओली सरकार विस्थापित गरि सर्वदलीय चुनावी सरकार गठन गरिनुपर्छ भन्ने राजनीतिक प्रस्तावलाई अगाड़ी बढ़ाउनु उचित हुनेछ।
४) अहिलेको परिस्थितिमा हामीले पार्टी संगठनलाई द्रुतगतिमा ‘प्रचारमुखी कम-परिणाममुखी बढ़ी’को शैलीमा स्थानीय तहसम्म नै पूर्याउने गरि कार्यनीति लागू गर्ने र संग संगै हामीले प्रस्ताव गरेको ३९ बूँदे(ज्ञापनपत्र)को सेरोफेरो रही सहकार्य गर्ने गरि, राष्ट्रिय मोर्चा/गठबन्धन को कार्यनीतिलाई लाई सफल पार्ने तर्फ पनि ध्यान केन्द्रित गर्नु उचित हुनेछ।

केशव सूर्यवंशी राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब हुनुहुन्छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %