गोर्खाले उठाएका माग जायज छन्, बेलायतमा बस्ने नेपालीलाई नागरिकता दिनै पर्छ ः नेताहरु

Read Time:3 Minute, 23 Second

video हेर्न तलको लिङ्गक थिच्नुहोस:
https://fb.watch/2loXdW2Y8T/


काठमाण्डौं, मंशिर २८

नेपाली राजनैतिक दलका उच्च नेताहरुले गोर्खाहरुले उठाएका माग जायज रहेको भन्दै बेलायतमा बस्ने नेपालीलाई नेपाली नागरिकता दिनुपर्नेमा जोड दिएका छन् । बृटिस गोर्खा नागरिकता निरन्त्रता यू.के समितिले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै पूर्व उपप्रधान मन्त्री एबं जनता समाज बादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बेलायतमा रहेका नेपालीलाई नागरिकता दिनुपर्छ भनेर आफुहरु सडक र सदन बाट आन्दोलन गरिरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष यादवले बेलायतमा रहेका भूपु र तिनका सन्तानहरुले नागरिकता प्राप्त नगर्दा सम्म आफुहरुको आन्दोलन निरन्तर रहीरने समेत बताउनुभयो ।
नेपाली कांग्रेसले पनि बेलायतमा रहेका नेपालीलाई नेपाली नागरिकता दिनुपर्छ भन्दै शुरु देखि नै वकालत गरेको भन्दै नेपाली काग्रेसका सहमहामन्त्री प्रकास शरण महतले बेलायतमा रहेका भूपूहरुलाई एक भएर अझै आफ्ना मागहरुलाई बुलन्द पार्न आग्रह गर्नु भयो ।

कार्यक्रममा बोल्दै पूर्ब कानुनमन्त्री एबम् नेकपा का नेता शेर बहादुर तामाङले पनि भूपूहरुको माग प्रति आफूहरु सकारात्मक रहेको र पार्टी र सरकारमा त्यस बारेमा गंभिर छलफल गर्ने बताउनु भयो । बाध्यता र नेपाल सरकारकै अनुमतिमा नेपालीहरु बेलायतमा जागिर गर्न बाध्य भएकाले उनीहरुको बाध्यतालाई बुझेर सरकारले उनीहरुको माग पुरा गर्नुपर्नेमा नेपाल मगर संघका पूर्ब अध्यक्ष यम बहादुर बुढाथोकीले जोड दिनुभयो । कार्यक्रममै बोल्दै बरिष्ठ कानुनबिद डाक्टर चन्द्रकान्त ज्ञवालीले बेलायती गोर्खाहरुको माग पुरा गरे सरकार र नेपाली जनतालाई नै फाईदा पुग्ने बताउनुभयो । बाध्यताले परदेशी भएको तर आफ्नौ चाहाना र योजना अनुसार नेपाल फर्किएर देशमै केही गर्छु भन्ने हरुका लागी पनि भूपुहरुको माग पुरा हुनुपर्नेमा बतmाहरुले जोड दिएका थिए । समितिका अध्यक्ष थर्क राना मगरको अध्यक्षता र होम किरातीको संचालनमा भएको कार्यक्रममा २ सय बढीको सहभागीता रहेको थियो । बृटिस गोरखा नागरिक्ता निरन्त्रता यू.के समितिले आयोजना गरेको कार्यक्रमका सभापति समितिका अध्यक्ष थर्क राना मगरले र सन्चालन होम किरातीले गर्नु भएको थियो ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %