ठिमुरेको बुद्ध विहार दर्ता

Read Time:4 Minute, 51 Second

राज्यसत्ता, पाल्पा, मंसिर ५ – रिब्दीकोट गाउ पालिका वडा नं. ६ स्थित साबिकको ठिमुरे गा.बि.स २ घोर्लीखरकमा निर्मित रिब्डीकोट बुद्ध विहार दर्ता भएको छ ।


नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्त्रगत बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समिति श्रीमहल , पुलचोक, ललितपुरमा मिति २०७७ साल कार्तीक २० गतेका दिन विहार दर्ता भएको हो । विहार प्रमुखमा भिक्षु मेधंकर स्थबिर (नारायण बहादुर आले मगर) रहनु भएको छ भने बिहार निमार्ण संयोजकमा हुम बहादुर थापा मगर र अध्यक्षमा गिर बहादुर पचभैया मगर रहेका छन । विहारलाई २६६० नं. को दर्ता प्रमाण पत्र प्राप्त भएको छ ।
विहारको उद्देश्य ः
क. बौद्ध धर्म,परम्परा र संस्कृतिको संरक्षण , प्रवद्र्धन , बुद्धका उपदेश ,दर्शन , कला , साहित्य र परम्परालाई प्रचार पसार गर्न गोष्ठी , सम्मेलन , प्रवचन लगायत अन्य धार्मिक कार्यक्रमहरु संचालन गर्ने गराउने , ख. विहारसंग सरोकारित स्थानीय बासिन्दाहरुको जीवनस्तर अभिबद्धिका लागी सिपमूलक विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गर्ने र बिहारहरुलाई स्वालम्बी बनाउन सघाउ पुर्याउने, ग. आधारभूत तह भन्दा माथिको गुम्बा÷बिहार शिक्षा संचालन गरेका गुम्बा÷विहारहरुले नेपाल सरकारले शैक्षिक संस्थाहरुको लागि तोकेको जग्गा जमिन खरिद गरि वा लिजमा लिई तोकेको पूर्वाधार र सुबिधाहरु मपदण्ड बमोजिम तयार गरि बिद्यालय संचालन गर्ने । घ. विहारलाई धार्मिक महत्व दर्शाई पर्यटकीय स्थलको रुपमा विकाश गर्न विभिन्न प्रर्वद्धनात्कम कार्यहरु गर्ने । ङ. विहारहरुमा पठन पाठन र पूजापाठको लागि उपयोगी पाठ्यपुस्तकहरुको प्रकाशन गर्ने । विभिन्न बौद्ध ग्रन्थ , शिलालेख र ताम्रापत्रहरु आबश्यकता अनुसार विभिन्न भाषामा लेखि अनुबाद गरि प्रचार प्रसार गर्ने ।
च. भगवान बुद्धसंग सम्बन्धित बुद्ध जयन्ती लगायत आ–आफ्नो परम्पराको गुरुहरुको सम्झनामा विभिन्न प्रकारका धार्मिक कार्यक्रमहरु ऋायोजना गर्ने । छ. शान्तिका महानायक भगवान गौतम बुद्धबाट प्रतिपादित सिद्धान्त र ज्ञानहरु फैलाई विश्वमा शान्ति स्थापनाका लागी भूमिका निर्वाह गर्ने । ज. बौद्ध परम्परा अनुसारको ध्यान र आध्यामिक अभ्यास केन्द्र स्थापना गरी संचालन गर्ने । बौद्ध धर्मको विकाशकोलागि विभिन्न राष्ट्रिय विहार र संघ संस्थाहरुसंग सम्बन्ध स्थापना गरि सहकार्य गर्ने । झ. बौद्ध तीर्थस्थल , गुम्बा/विहारका बारेमा जानकारी मुलक सामाग्री तयार गरि प्रचार प्रसार गर्ने रहेका छन ।
विहार दर्ता गर्दाको कार्य समितिहरुको नामावली ः
विहार प्रमुखमा भिक्षु मेध“कर स्थबिर (नारायण बहादुर आले मगर)
अध्यक्ष ः हुम बहादुर थापा मगर

उपाध्यक्ष ःझपेन्द्र थापा पचभैया मगर

सचिव ः जुद्ध बहादुर पचभैया मगर

कोषाध्यक्ष ः मिना राना मगर रहेका छन । र सदस्यहरुमा तेज बहादुर गाहा मगर , सन्त बहादुर नेपाली र रबिन बहादुर थापा मगर रहेका छन । साथै, सल्हाकारमा ः हुम बहादुर गाहा मगर , गिर बहादुर पचभैया मगर , नल बहादुर गाहा मगर , भुवन सिंह गाहा मगर , पुर्ण सिंह राना मगर र गोबिन्द बहादुर पचभैया मगर र ताम बहादुर छहरी मगर रहेका छन ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %