प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

Read Time:1 Minute, 9 Second


काठमाण्डौं, कात्तिक
नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो । अब हितेन्द्रदेव शाक्यलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजनाअनुसार निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
100 %