देशभर चिसो बढ्दै, न्यूनतम तापक्रम अझै घट्ने

Read Time:2 Minute, 55 Second

काठमाण्डौ, कात्तिक २४

केही दिनयता काठमाण्डौउपत्यका लगायत देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ । आज बिहान पनि काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो । केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो । यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुङ्गाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो । जाडो सयममा न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भएको मौसमविद् विभूति पोख्रेलको भनाइ छ । उहाँका अनुसार तापक्रम अझै घट्दै जानेछ । न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि काठमाण्डौमा भने २/३ वर्षको तुलनामा यो वर्ष छिट्टै जाडो महशुस भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष आजको दिन काठमाण्डौको  न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । २/३ वर्षयतालाई हेर्ने हो भने यो वर्ष अलि छिट्टै जाडो बढेको उहाँ बताउनुहुन्छ । मौसम सफा भएकाले न्यूनतम तापक्रम घटेको र अरु कुनै कारण नभएको मौसमविद् पोख्रेलको भनाइ छ । मौसम सफा हुँदा जमिनको तापक्रम घट्ने हुन्छ त्यसैले गर्दा बढी जाडो महशुस हुन्छ । राति आकाश खुला हुँदा जमिन चिसिँदै जाने र जाडो बढ्ने मौसमविद् पोख्रेल बताउनुहुन्छ ।  यसैबीच अहिले काठमाण्डौसहित देशका पहाडी भेगमा हल्का कुहिरो लागेको छ । दिउँसो कुहिरो बिस्तारै हटेर घाम लाग्ने छ । देशका अरु ठाउँको मौसम भने दिनभर सामान्यतया सफा नै रहन्छ । बेलुकातिर फेरि देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
100 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %