चार महिनामा चीनबाट सबैभन्दा बढी वैदेशिक लगानीको बाचा

Read Time:1 Minute, 21 Second

राज्य सत्ता डट.कम
काठमाण्डौ, कार्तिक २४

चालु आर्थिक वर्षको चार महिनामा चीन नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी को प्रतिवद्धता जानाउने मुलुक बनेको छ । यस अवधिमा चीनले नेपालमा १३२ अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र एकदमै प्रभावित भए पनि यस अवधिमा सबैभन्दा बढी एफडीआई प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ ।

केही वर्षयता निरन्तररुपमा चीन नेपालमा प्रत्यक्ष लगानी गर्ने पहिलो मुलुक बन्दै आएको छ । सरकारी अधिकारीहरुलाई उद्धत गदै सरकारी सञ्चार माध्यम सिन्हाले जनाएअनुसार पर्यटन क्षेत्रमा चीनले ८९ मिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ, जुन चीनले नेपालमा प्रतिवद्धता गरेको एफडीआइएको ६६ प्रतिशत हुन आउँछ । यस अवधिमा ब्रिटिश भर्जिन आइल्याण्ड, भारत, ब्रिटेन र मेक्सीकोले पनि लगानीको प्रतिवद्धता गरेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %