मगर संस्कार,संस्कॢति र धर्म !

Read Time:19 Minute, 49 Second

त्रिलोक सिंह थापा मगर

प्रारंभ:

प्राकृतिक धर्म र दर्शन

नेपाल मगरसंघ केन्द्रीय समितिबाट वि.स. २०२० कार्तिक महीनमा मगर समुदायको धर्म सम्बन्धित विज्ञप्ति जारी गरिएको छ ।
आदिवासी ,मूलवासी ,मगर जनजातिको संस्थागत धर्म ;”बौद्ध धर्म दर्शन “तथा “प्राकृतिक धर्म दर्शन “हुनेछ भनेर सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तर, नेपाल मगर संघको आधिकारिक धर्म बौद्धनै हो भनेर बि.स.२०५५ सालमा झापाको अन्तर्राष्ट्रिय मगर सम्मेलनले पारित गरिसकेको छ । र २०५ ७ सालमा नेपाल मगर संघको सातौ राष्ट्रीय महाधिवेशनले मगरहरुको संस्थातमक धर्म बौद्ध दर्शन र बौद्ध धर्म हो भनेर निर्यण गरेको छ ।
वि.स. २०५३,सालमा मगर समुदायमा बौद्ध दर्शन र धर्मको प्रचार प्रसार र विस्तार गर्न गराउन बुटवल रूपन्देहीमा नेपाल मगर बौद्ध समाजको तदर्थ समिति स्थापना भयको हो भने २०५५ साल पछि केन्द्रीय समिति नै खडा गरि देशै भरि हाल सम्म ६६ जिल्लामा जिल्ला समितिको अगुवाईमा मगरहरु बौद्ध धर्म प्रचारमा सक्रिय रहेका छन् ।
सो संस्थाको विभिन्न ज़िला हरूमा शाखा ,थेरवादका विहार र बौद्ध गुम्बाहरू स्थापित छन । यस्तै ७ जना मगरहरुले बौद्ध धर्ममा विद्यावारिधि गरदै छन । कतिपय मगर विद्वानहरू बौद्ध दर्शनमा विद्वावारधी उपाधि प्राप्त गरेर प्रज्ञाज्ञिक र धार्मिक क्षेत्रमा सक्रिय रहेका छन ।
नेपाल मगरसंघको उक्त विज्ञप्तिले मगर समुदायको धार्मिक पहिचानको विषयमा नेपाल मगर संघको संक्रियता तुलनात्मक रूपमा केही कम रहने संकेत गरेको देखिनछ । र मगर समुदायमा बौद्ध दर्शन र धर्मको प्रचार प्रसार र संयोजनामा “नेपाल मगर बौद्ध समाज “को भुमिका अझ बढ़ी हुनेछ भने बुझिन्छ । तर , हालका नेतृत्वले बुझेर हो वा नबुझेर , वा बिचारको आधारमा मगरसमुदायको धार्मिक पहिचानमा उक्त विज्ञप्ति अनुसार “प्राकृतिक धर्म “थपेको छ । प्राकृतिक धर्म वा दर्शन वास्तवमा के हो ?

आदिवासी र आदिम समाजको प्राकृतिक धर्म ,सिद्धांत अवधारणा तथा दर्शनको लिखीत विधीविधान र दस्तावेजहरू उपलब्ध छैन । विश्वका अन्य मलुकहरूमा पनि आादिम संस्कृतिको धार्मिक दर्शन सिद्धांत र विधिविधानहरू लिखीत र लिपि बद्ध पाइदैन । कुनै आधिकारिक ग्रन्थ र पुस्तकहरू पनि प्रायः उपलब्ध छैन । अत: आदिवासी समाजको “प्रकृतिक धर्म “लाई धैरै विद्वानहरूले मान्यता दिदैन । प्राकृतिक धर्म लाई सामान्यतः अन्धविश्वास हो भनेर भनदछन । यो केवल आधरहीन संस्कारहरू मात्र हुन । धर्म र दर्शनको रूपमा प्राकृतिक धर्म लाई स्वीकार नगरने धैरै विद्वान् हरू पनि छन ।प्राकृतिक धर्म अशिक्षित समुदायको उपज हो भनेर तर्क पनि गरिन्छ ।

अलिखित दर्शन

लाखौ वर्ष पहिले प्रकाशनको विकास भएको थिएन । प्राकृतिक धर्म र दर्शन एक पुस्ता देखी आर्को पुस्ता सम्म मौखिक हस्तांतरण हुदै आएको छ । आदिम समय देखी आज सम्म विश्वका विभिन्न मुलुकका आदिवासी समाजमा प्राकृतिक धर्म जस्ताको तस्तै हस्तांतरण हुने चलन छ । प्राकृतिक धर्म लाई लोक धर्म ,र जनजीवन वा लोकजीवनको धर्म दर्शनको रूपमा पनि परिभाषित गरेको पाइनछ ।

विकास वादी सिद्धांत :

मानव जातिको विकास विभिन्न चरणमा हुदै आएको हो भनेर विकासवादी सिद्धांतकारहरूले तर्क गर्दछन ।
जस्तो : (१) ढुगे युग (२) फलाम युग (३) शिकारी युग (४) कृषि युग आदि । मानवले ढुगे युग देखी कृषि युग सम्म प्राकृतिक धर्मको विकास र पालन गर्दै आएको थियो । आजपनि आदिवासी जनजातिमा आदिम संस्कृति र प्राकृतिक धर्मको अभ्यास यथावत प्रचलनमा छ । आ-आफनो स्थानीय वातावरण अनुसार आदिवासीहरूले प्राकृतिक धर्म विकसीत गरेकाछन ।

आदिम संस्कृति :

आदिम धर्म (Primitve Religon)आत्मवाद र जीववादको सिद्धांतमा विकसित भएको छ । आत्मा र अदृश्य शक्ति लाई आदिम समाजले मान्यता दिएको छ । कुनै शक्ति छ जो मानिस,जीवजंतु, बनजगंल, माटो पानी, आगो, घाम , ढुगा पहाड मा विद्यमान छ । जस्तो लाजवंती फुल वा लता ।
जार्ज अरनष्ट जर्मन वैज्ञानिकले सन १७०८ मा आदिम समाजको “प्रकृति धर्म दर्शन ” लाई एनिमीजमको नाम दिएका थिए ।
जस्तो: (१) अदृश्य शक्ति को पुजा (२) आत्मा (spirit)को पुजा (३)प्राकृतिक संरचना को पुजालाई सैनिजम वा बोन धर्म भन्न सकिन्छ ।

वर्तमान धर्मका आधार हरू :

वर्तमान विकसित धर्महरूमा कतै न कतै आदिम समाजको प्राकृतिक धर्मका केही तत्व र आधारहरू पनि देख्न सकिनछ ।उदाहरणका लागी आजपनि हिन्दू धर्मवालबीहरूले गंगानदी लाई “गंगामाता “मानेर आरती गर्दछन । बौद्ध धर्मावलंबी हरूले “पीपलको पात र रूखलाई “अति पवित्र मानेर आदर र सम्मान गर्दछन । मुस्लिम धर्मावलंबीहरूले दरगाहमा चादर ओढाउछन भने क्रिश्चियन धर्मावलंबीहरूले क़ब्रिस्तानमा मृतकको आत्माको शांति र समंझनाका लागी मैनबति बाल्ने गर्दछन । अत: प्राकृतिक र आदिम धर्मको आधारमा नै वर्तमान विकसित “धर्म दर्शन ,अवधारणा र सिद्धांत “हरूको उदभव , विकास र प्रसार भयोकोहो भनेर भन सकिन्छ ।

मगराती वा मगरात धर्म :

“आदिम मगर ” समाजले ढुगे युग देखी कृषि युगको अन्तिम समय सम्म आफ्नै स्थानीय वातावरण अनुसारको प्राकृतिक धर्मको उदभव र विकास गरि सकेका थिए । सो अनुसार धार्मिक अभ्यासहरू पनि विकसित गरेका थिए ।

मगराती धर्म दर्शन :

आदिम समयमा मगरहरूले आफुले मानि आएका “प्राकृतिक धर्म दर्शन “लाई यसरी व्याख्या गरेका थिए ।
ससारमा “आत्मा ” “अदृश्य शक्ति”,तथा “अलौकिक जीव “विद्यमान छन वा छ । ( super natural power को उपस्थित स्वीकार गर्दछन) । तर , शरीर नश्वर छ ,शरीर नष्ट हुनछ, तर , ती शक्तिहरू अमर र अजर छन । कहिले पनि मेटिदैन नष्ट हुदैन भने मान्यता आदिम मगरहरुको थियो । “गीताले “पनि त्यही कुरा महाभारत कालमा गरयो ।
मगरहरूले मगराती धर्म दर्शनमा चार तत्व(छार,डी,नम्सु र नमखान)लाईआधार मानेको छन । यिनै भौतिक तत्वहरू बाट संसार निर्माण भएको हो भन्दछन । यी चारै तत्वहरूमा आत्माको अस्तित्व हुन्छ । हिन्दू धर्ममा पाँच तत्वहरूलाई प्राथमिकता दिइएको छ ।आत्मालाई छुटै तत्व मान्द छन ।भगवान कृष्ण र भगवान बुद्धको उपदेश प्रारंभमा मौखिक नै थियो । पछि गएर लिपिबद्ध भयको हो । तर , मगराती धर्म दर्शन आजपनि अलिखित नै छ ,लिपिबद्ध हुन सकेको छैन । कारण मगर खोजकर्ता र बुद्धिजिवीहरूबाट उक्त दर्शनलाई लिपि बद्ध गर्ने प्रयास हाल सम्म गर्न सकिएको छैन ।

भावी खोज :

भविष्यमा कुनै न कुनै मगर विद्वानहरू बाट ती धर्म र दर्शनको खोज ,अनुसंधान हुने नै छ । दर्शनको ब्याख्या , विकास र विस्तार गरिने प्रयास हुने छ । दर्शन र अवधारणा लिपि बद्ध पनि हुने नै छ । किराती धर्म मुनधम पनि पछि गएर लिपिबद्ध भएको बुझिनछ ।

मगराती संस्कार :

आदिम समयमा मगरहरूले आफनो प्राकृतिक धर्म दर्शनको आधारमा धैरै धार्मिक सांस्कृतिक र सामाजिक संस्कार हरूविकसित गरेका थिए । धैरै परम्पराहरू प्रतिपादित गरेका थिए जुन आज पनि जीवित र ऐतिहासिक छन । जस्तो पूर्वज पुजा ,पितृ पुजा,(Ancestor Worship )कुलपूजा वा कुलयान पुजा (Family God Worship )प्रकृति पुजा (Nature Worship )भुम्या पुजा ,चण्डी पुजा ,वाराही पुजा ,वायु पुजा आदि संस्कार हरू विकसित गरेका थिए । यी संस्कार हरूको पृष्ठभूमिमा कुनै सैद्धांतिक वा दार्शनिक अवधारणा वा कुनै तर्क त थिए होलन । कल्पना भएपनि कुनै न कुनै दृष्टि वा कारक त होला , अन्धविश्वास भए पनि आधार त थिए होला ?
यदि आधारहरू थिए भने आदिम समयमा मगराती समाज र मगर समुदायको तार्किक क्षमता ,कल्पना गरने गुण चेतना र सोच्ने शक्तिको धैरै विकसित भएको रहेछ जस्तो लागछ ।
आदिम मगर समाजले पालन गरि आएका धार्मिक ,संस्कृति र सामाजिक अभ्यासहरू आदिम समय देखी वर्तमान सम्म जीवित छ । जबकि समय समयमा हुने धार्मिक आकर्मण संस्कृतिकरण र अतिक्रमण संग मगर समाजलाई जुध्नु पनि परयो ।

मगरात पीठ ,कोत ,देवलहरू :

मगराती वा मगरात धर्म दर्शन वा सैद्धांतिक आधारमा मगरात राज्यसत्ताले विभिन्न ठाऊंहरूमा मगर शक्ति पीठ, कोत , देवल स्थापना गरेर मगर पुजारी हरूको व्यवस्था गरेका थिए । साथै मगर पुजारी हरूले आफनै तन्त्र मन्त्र विकसित गरेका थिए । ती शक्ति पीठहरूमा मास्की राना, सारू, थापा, असलामी , पुलामी थरका मगर पुजारीहरू अझ पनि छन । बाहुन ,क्षेत्री नेवार सबै जातका भक्तहरूले मगर पुजारी हरूको हातबाट टिका प्रसाद ग्रहण गर्ने चलन अझ यथावत छदै छ ।

आलमदेवी, मनकामना, गोरखा दरबार कास्कीकोट, बुडासुबा धरान ,लमजुगंकोट ,मुसीकोट भीरकोट आदि बीस पचीस ठाउहरूमा प्राचीनकाल देखी मगरहरूको प्राकृतिक धर्म दर्शनमा आधारित शक्ति पीठ ,कोत वा देवलहरु स्थापित गरेका थिए । सबै जात जातीका स्थानीय भक्तजन हरूले प्राचीन काल देखी मगर पुजारी र उहॉहरूको मन्त्र तन्त्र माथी गहिरो आस्था राखेका थिए , सोआज सम्म पनि यथावत छ ।

आस्थाका आधारहरू :

अत: आदिवासी मगर जनजातिको धार्मिक आस्थाका आधारहरू प्राकृतिक धर्म दर्शन (Anismism, Panthism, Monism,Shanism, र Bonism )हुन । मगरात विशाल क्षेत्र भएकोले स्थानीय भौगोलिक वातावरण अनुसार ठाऊं ठाऊंमा धार्मिक आस्थामा केही फरक हुनु स्वाभाविक हो ।

उच्चता :

प्राचीन कालमा “मगर जाति “ सभ्यताको शिखरमा पुगेका थिए । कति आकर्मण ,अतिक्रमण ,दमन भयो । तर , आदिवासी मगर जातिको मगराती धर्म मगराती संस्कृतिलाई पुर्णरूपमा कुनै शासन प्रणाली वा राज्यसत्ताले अहिले सम्म मेटाउन सकेको छैन । न त निर्मूल पार्न सकेको छ । न कि नेस्त नाबुद गर्न नै सकेको छ ।

विश्व धर्महरू :

विश्वमा लिपिबद्ध र लिखीत धर्म दर्शन (ईसाई,हिन्दू मुस्लिम र बौद्ध धर्म दर्शन आदि)धार्मिक कर्मकाण्ड र संस्कार हरू धैरै पछि प्रादुर्भाव भए । लेखन कलाको अविष्कार धैरै पछि भयो । तर ,धर्म जीवन दर्शन, आस्था, विश्ववास ,मान्यता ,पूजा ,र अराधना मानवले पाषाण युग देखी शुरू गरेका थिए । वैज्ञानिक हरूको भनाई छ ।

विश्लेषण :

अत: आफनो आदिम,मूल र मौलिक (original )धर्म दर्शन ,संस्कृति सामाजिक परम्परा एवं आस्थालाई हल्का ढंगले हेर्नु उपयुक्त हुदैन जस्तो लागछ । बरू गहिरो अनुसन्धान गरेर विवेचना गर्न ,विश्लेषण गर्न तथा निष्कर्षमा पुग्न पर्यास गर्नुपर्ने हुन्छ । साथै यी मगरहरुको धार्मिक सामाजिक सभ्यता र सम्पदा लाई लिपि बद्ध गर्ने प्रयास उपयुक्त होला जस्तो लागदछ ।

लिपिबद्ध धर्म दर्शनहरू :
आदिम युग र आदिम संस्कृतिमा लेखनकला,अक्षर ,चित्रकला, ताड़पत्र,र ताँबापत्र आदिको पुर्णरुपमा उद्गम उत्पत्ति र विकास भएको थिएन । अत:कुषि युग पछि नै लिपिबद्ध र लिखित धर्म तथा धर्म दर्शनको प्रचलन शुरू भएको होला जस्तो बुझिनछ । यी विभिन्न धर्महरूको आकार ,स्तर र सीमाहरू छन ।

जुन यस प्रकार छ :

(१) स्थानीय वा सामुदायिक स्तरमा : अलिखित प्राकृतिक धर्म,नेपालमा किराती,(३ %)भारतमा जैन (४मिलिएन) कोओ डाइ (४ मिलिएन)आदि । अफ़्रीकाको कुनैमुलुक मा स्थानीय धर्मका धर्मावलंबी जमा .६ मिलिएन छन ।

(२) क्षेत्रिय स्तरमा :जुरोटिरीएन २.६ मिलिएन कन्फुसियन(६ मिलिएन)इरान को बहाइ (५ मिलियन) ।

(३)अन्तर्राष्ट्रीय स्तरमा :विश्व का सबभनदा पुराना धर्म हरू क्रिश्चियन,मुस्लिम,हिन्दू तथा बौद्ध दर्शन हुन । भनिन्छ यि चारवटै धर्महरू हजारौ हजारौ वर्ष पुराना धर्म हुन । यी धर्मका धर्मावलंबीहरूको संख्या ५०६ मिलियन देखी २.४ बिलियन सम्मछ । यिनीहरूका अनगिन्ती लिपिबद्ध धार्मिक साहित्य इतिहास ,दार्शनिक कृतिहरू छन ।

धर्मको विस्तार र सकुचन :

भनिन्छ प्राचीन कालमा हिन्दू धर्मका विद्वान ऋषी कश्यपको नामबाट काश्मीर तथा क्यापिशियन सागर नाम राखियोको थियो । त्यस समयमा अफगानिस्तान बाट भियतनाम सम्म हिन्दू धर्म को विस्तार थियो । त्यसपछि अफगानिस्तान देखी चीन जपान सम्म बुद्ध दर्शन फैलियो । हाल मुस्लिम धर्म मध्य एशिया देखी भियतनाम र चीन सम्म पुगेको छ ।

धार्मिक प्रतिस्पर्धा :

यी ठुला ठुला धर्मका धर्मावलम्बी हरूमा आपसतमा वैमनस्यता पनि देख्न सकिनछ ।
समय समयमा एउटाले आरको धर्म माथी आकर्मण र अतिक्रमण गरेका इतिहास पाइन्छ । एकले आर्को धर्मको खेदो खन्ने चलन पनि छ । यी ठुला र विश्व धर्महरूमा कहिले काहीं सहिष्णुता र सद्भावनाको कमी पनि देख्न सकिन्छ ।
नालन्दा पुस्तकालयमा ६ महीना सम्म बौद्धदर्शनका पुस्तकहरू जलाइए ,अफगानिस्तानमा विशाल बुद्धको मुर्ति भत्काइयो ।बाबरी मस्जिद तोडफोड गरियो । तर , स्थानीय स्तरमा प्राकृतिक धर्म र धर्मावलंबीहरू शान्ती ,सुखी स्थानीय , सन्तोषमय सामुदायिक जीवन यापन गर्दै आएका छन , शान्त वातावरणमा हुर्रकिरहेका छन ।

अत्याधिक धार्मिककरण :

आदिवासी मुलवासी मगर जातिको पहिचान(idetity)भनेको केहो?
मगरहरुको शारीरिक बनावट,मातृभाषा,मौलिक धर्म,आस्था,विश्वास,जन्म देखी मृत्युसम्मको सामाजिक संस्कार,सांस्कृतिक परम्परा,जीवन पद्धति सामाजिक संरचना मुलय ,मान्यता तथा आर्थिक परिपाटीहरू आदि/यी जम्मै तत्वहरू मिलेर मगर र मगरातको भौगोलिक ऐतिहासिक सभ्यता एंव संस्कृतिक सामाजिक पारम्परिक पहिचानको निर्माण गर्दछ ।

केही हद सम्ममा धार्मिककरण र सांस्कृतिककरणभएमा मगर समुदाय वा समाजमा धैरै असर पर्दैन । तर अत्याधिक धार्मिककरण र संस्कृतिकरण भएमा आज को ५० वर्ष पछि नाम थर र शारीरिक बनावट बाट मात्र मगरहरू हुन भनेर चिनिने छन ।
अरू पहिचानको लागी भविष्यमा सम्भवतः पुस्तक को अध्ययन गर्नु पर्ने हुनेछ ।

निर्क्योल 
अत: आजको “मगर चिन्तन “सांस्कृतिक सामाजिक एवं ऐतिहासिक पहिचानको संरक्षण र संवर्द्धन हो “।

यो (बसि बियालो) लेख लेखकको निजी बिचार हुन ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %