ज्यान गएपछि बल्ल कोरोना रिपोर्ट ? पाल्पामा १३ जनाको ज्यान गयो

Read Time:1 Minute, 29 Second

पाल्पा, कार्तिक २०
पाल्पामा २ पुरुषको ज्यान गएपछि बल्ल कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा ज्यान गुमाएका तिनाउ गाउँपालिका ६ डुम्रेका ४४ वर्षीय पुरूष र माथागढी गाउँपालिका २ का ६६ वर्षीय पुरूषको ज्यान गएपछि मात्रै कोरोना पोजेटिभको पुष्टि भएको हो । अत्यधिक सुगरकम भएको भन्दै गएको गंगलबार अस्पताल भर्ना भएका ४४ वर्षीय डुम्रेका पुरुषको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको थियो । उनको मृत्यू पछि स्वास्थ्य कर्मीले आफन्तलाई नै शवलाई पलास्टीले बेर्न लगाएका थिए । बिहिबार बिहान मात्रै उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यालय, पाल्पाका अनुसार माथागढी गाउँपालिका २ का ६६ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । बिहिबार ज्यान गुमाएका २ जना संगै पाल्पामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

2 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %