बिष्णु दाई र राधिका भाउजु !

Read Time:12 Minute, 8 Second

 

चिम्खोले काईला

बिष्णु दाईको आफ्नो प्राण भन्दा प्यारी श्रीमती राधिका भाउज्यु कोभिड १९ को संक्रमणको कारणले राजधानीमा परलोक भएपछी बिष्णु दाई ससंकित तथा भौतारिदै उनि जन्मेको तथा हुर्केको गाउँ फर्केका छन | बिष्णु दाईले तिसबर्ष लगाएर कमाएको अरबौंको सम्पत्ति राजधानीमा अलपत्र छोडेर गाउँ फर्किएका छन | बिष्णु दाईलाई जन्म दिने आमा बाबा स्वर्गवास भएको खबर पाउदा समेत बिष्णु दाई गाउँ फर्किएका थिएनन् | तर बिष्णु दाई आज एक्कासि अचानक गाउँ फर्किएका छन |

बिष्णु दाई धौलागिरी अंचलको बिकट गाउँमा जन्मिएका हुन् | उनको जन्म एक साधारण किसान  परिवारमा भएको हो | बिष्णु दाईले निम्न माध्यामिक विद्यालयको अध्ययन पुरा गरेपछि उनी माध्यामिक बिद्यालयको अध्ययन गर्न छिमेकी गाउँमा छिरेका हुन् | छिमेकी गाउँमा माध्यमिक विद्यालयको अध्ययन गर्दा उनलाई धेरै कुराको असुबिधा  भोक्न परेको थियो | उनि बिद्यालय पुग्नको लागी लामो दुरी पैदल यात्रा गर्न पर्थ्यो | बिष्णु दाईको गरिबीको कारणले गर्दा खुट्टामा जुत्ता थिएन भने शरीरमा प्रशस्त लुगा पनि थिएन | केवल उनको शरीरमा जाङ्गे र कमिज मात्र हुन्थ्यो | माध्यामिक बिद्यालय अध्ययन गर्न जादा टन्न एक हप्ताको लागि खर्च र दाउरा बोकेर उकाली चढेर ओह्राली झर्न पर्थ्यो | हिउँदको समयमा हिउँमा एकसरो लुगा मात्र अनि खाली खुट्टा हिड्न पर्दा जाडोले ककर्रेर शेष पर्थ्यो भने बर्षाको समयमा जुका लागेर हैरान पार्दथ्यो | छिमेकी गाउँमा माध्यमिक बिद्यालय अध्ययन गर्दा बिष्णु दाइले धेरै कष्टकर जीवन बिताउन परेको थियो | गाउँमा हुँदा बुबा आमा तथा परिवारका सदस्यहरुले पकाएर दिएको खान्थे छेमिकी गाउँमा आफै पकाएर खान पर्छ | बिचरा बिष्णु दाई बढ्ने उमेरको मान्छे तथा कलिलो केटो बोकेर लागेको खर्चले कहिल्यै छाक टार्न पुग्दैन | कुनै दिन तथा कुनै रात भोक-भोकै बिद्यालय जान तथा सुत्न पर्छ | तैपनि सोझा, इमान्दार तथा लगनशील बिष्णु दाईले छिमेकी गाउँको माध्यामिक बिद्यालयबाट प्रथम श्रेणीमा प्रबेशिका परीक्षा उतिर्ण गर्छन |

 बिष्णु दाईले माध्यामिक बिद्यालयबाट प्रथम श्रेणीमा प्रबेशिका परीक्षा उतिर्ण गरेपछि पस्चिमाञ्चल धौलागिरी बिश्वबिद्यालय बाग्लुङमा अध्ययन शुरु गर्छन | बिष्णु दाईले पस्चिमाञ्चल धौलागिरी बिश्वबिद्यालय बाग्लुङबाट स्नाकोत्तर अध्ययन पुरा गरेपछि जागिर खोज्नको लागि राजधानी छिर्छन | जागिरको शिलसिलामा राजधानीको बिभिन्न सरकारी कार्यलय, प्रहरी, सेना तथा प्राइभेट क्षेत्रको कार्यलयहरुमा जागिरको आबेदन दिन्छन | तर उनलाई जागिरको लागि कुनैपनि निकायले अफर गर्दैन | बिष्णु दाई स्वदेशमा जागिर खानदेखि हार खाएर गाउँ फर्कन्छन | उनको स्नाकोत्तरको प्रमाणपत्र बाज्येले लाहुरबाट ल्याएको थोत्रो बाकसमा थन्को लगाएर विदेश जान तम्सिन्छन | विदेश जानको लागि घर जग्गा साहुकोमा बन्दकी राखेर एक लाख रुपिया लिएर राजधानी छिर्छन | राजधानीमा आएपछि विदेश जानको लागि घर जग्गा साहुकोमा बन्दकी राखेर ल्याएको एक लाख रुपिया बैदेशिक रोजगारमा पठाउने कार्यलयमा छिट्टै विदेश पठाउने सर्तमा सो रकम एक दलाललाई बुझाउछन | बैदेशिक रोजगारमा पठाउने दलालले बिष्णु दाईलाई छिट्टै विदेश पठाउछु भन्छ तर महिनौ तथा बर्षौं बित्छ तर उनलाई विदेश पठाउन सक्दैन | अन्त्यमा दलाल पनि गायब हुन्छ कार्यलय पनि बन्द हुन्छ | त्यसपछि बिष्णु दाइको हालत अलपत्र तथा नाजुक बन्दै जान्छ | घरबाट खानको लागि ल्याएको पैसा पनि समाप्त भैसकेको हुन्छ भने विदेश जानको लागि राखेको पैसा पनि गायब | बिष्णु दाईलाई ठुलो तनाब हुन्छ | उनको जीवनमा ठुलो बज्रपात हुन्छ | बिष्णु दाई साहुको ऋण तिर्ने पैसा नकमाउञ्जेलसम्म  कहिल्यै गाउँ नफर्के बाचा गर्छन | तर त्यो कहिले सम्भब हुने हो उनलाई पनि थाह छैन |

राजधानीमा बिष्णु दाई अलपत्र छन | कहाँ खाने ? कहाँ सुत्ने कुनै ठेगान छैन | चिने जानेको व्यक्ति कोहि छैनन् | जेभएपनि बिष्णु दाईले हार खादैनन् | बिष्णु दाईले बाँच्नको लागि भएपनि काम खोज्छन | उनले घर बनाउने ठाउँमा गिट्टी, बालुवा मुछ्ने काम शुरु गर्छन | उनले सो ठाउँमा केहि दिन काम गरिसकेपछि गिट्टी तथा बलुवा ढुवानी गर्ने ठेकेदारसम्म चिनजान हुन्छ | ति गिट्टी तथा बलुवा ढुवानी गर्ने ठेकेदारसम्म मिलेर गिट्टी, बालुवा, इट्टा तथा फलामका छडहरु ढुवानी गर्ने काममा संलग्न हुन्छन | जुन कामले बिष्णु दाईलाई खान र सुत्नको लागि समस्या भएको छैन | बिष्णु दाई गाउँमा जन्मेका सोझा, इमान्दारी, शिक्षित तथा लगनशील भएकोले होला उनको सम्पर्क घर जग्गा दलाल तथा बिचौलियासम्म हुन्छ | उनले घर जग्गा खरिद बिक्रि तथा रियल स्टेड कम्पनि दर्ता गर्छन | बिष्णु दाईले घर जग्गा कारोबारबाट टन्न पैसा कमाउन सफल हुन्छन भने घर जग्गा कारोबारबाट ब्यापारी, कानुन ब्याबसाय, राजनीतिककर्मी तथा राजधानीका धनाढ्य ब्याक्तिहरुसंग सम्पर्क हुन्छ | उनले यी ब्यापारी, कानुन ब्याबसाय, राजनीतिककर्मी तथा राजधानीका धनाढ्य ब्याक्तिहरुसंग बिचौलियाको काम गरेबापत उनलाई टन्न कमिशन आउछ | बिष्णु दाइलाई राजधानीमा पैसा टिप्न भ्याई नभ्याई छ | बिष्णु दाई राजधानीमा पैसा टिप्दा टिप्दै आफु जन्मिएको घरमा जान भुलेका छन | उनको आमा बाबाको स्वर्गवास भएको खबर पाउदा पनि पैसा बटुल्ने लोभले गर्दा गाउँ फर्किएका थिएनन् | बिष्णु दाईको ललितपुर हाइटमा ठुलो कम्पाउण्डसहितको भब्य महल छ | राजधानीका थुप्रै सपिङ मल, क बर्गका बैंक, हाइड्रो तथा बिबिन्न क्षेत्रहरुमा लगानी छ | उनले नचिताएको सम्पति जोडिसकेका छन | राधिका भाउज्युसम्म पनि बैबाहिक सम्बन्ध गाँसिएको छ | तर राधिका भाउज्युको कोभिड १९ को संक्रमणबाट मृत्‍यु  हुन्छ |

राधिका भाउज्युको मृत्‍यु पस्चात बिष्णु दाईलाई सम्पत्तिको लोभ छैन | जब राधिका भाउज्युको कोभिड १९ को संक्रमणबाट मृत्‍यु  हुन्छ तब सम्पूर्ण सम्पति त्यागेर आफु जन्मेको गाउँमा गएर बसेका छन | बिष्णु दाई गाउँमा गएपछि गाउँको गाउँलेहरुको लागि उदाहरण बनेका छन | कोरोनाको कारणबाट बैदेशिक रोजगारबाट फर्केका गाउँका युबकहरुको समुह बनाएर कृषि क्षेत्रमा सामुहिक लगानी गरेका छन | गाउँका युबकहरु बैदेशिक रोजगारमा गएको हुँदा गाउँका जमिनहरु बाँझो थिए | सोहि बाँझो जमिनमा छिट्टो नगद दिने तरकारी खेती शुरु गरेका छन | तरकारी खेतीहरुमा अकबरे खुर्सानी, गोलभेडा मुला, सलगम, गाजर, रायो इत्यादिको खेती गरेर मनग्ये आम्दानि गर्नुको साथै सुन्तला खेती, मौसमी खेती, टिमुर खेती पनि शुरुआत गर्दैछन | गाउँमा मासुको लागि आधुनिक तरिकाले कुखुरा पालन, खरायो पालन, बाख्रा पालन, भेडा पालन, भैसी पालन र चौरी पालन पनि शुरु गरिएको छ | बिष्णु दाइले पुर्ख्यौली पेशा घारमाहुरी पालनलाई  पनि जीवित  राख्दै आधुनिक तरिकाले माहुरी पालन पनि शुरु गरेका छन भने गाउँमा रहेका मठमन्दिरको मर्मत संहार दर्दै बुद्धको गुम्बा तथा बिहार पनि निर्माण गर्दै छन |

बिष्णु दाईको राजधानीको राधिका भाउज्यु स्वर्गबास भएपनि तिसबर्ष अघिको उनको गाउँकी प्रेमी राधिका भाउज्युसंग रमाइलोसंग दिन बिताएको देख्छु | बिष्णु दाइलाई राजधानीको कुहिएको चामल खानुभन्दा आफ्नै खेतमा फलेको चामल खान मिठो र स्वादिलो लाग्न थालेको छ | राजधानीको बिषाक्त तरकारी र फलफुल खानुभन्दा आफ्नै बारीमा फलाएको तरकारी र फलफुल खान ताजा र स्वादिलो लाग्न थालेको छ | राजधानीको सडेगलेको माछामासु खानुभन्दा आफ्नो गाउँमा आफैले हुर्काएको कुखुरा र जनवारको मासु खानु ताजा लाग्न थालेको छ | शरीरलाई खराब गर्ने चिनी खानुभन्दा आफ्नै आगनमा पालेको माहुरीको मह खान स्वादिलो लाग्न थालेको छ | राजधानीको फताह, गुण्डा, बिचौलिया, लोभी तथा पापी मान्छेहरु भन्दा गाउँका सोझा, इमान्दारी, बफादारी तथा लगनशील गाउँले इस्ट मित्रहरुनै प्यारो लाग्न थालेको छ | राजधानीमा रहंदा दुइ नम्बर धन्दा गरेर कमाएको सम्पत्ति, लगानी, सुन्दर महल भन्दा आफ्नै बाजेले  निर्माण गरेको गाउँको झुपडी प्यारो लाग्न थालेको छ |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %