ऊ कसरी हुन सक्छ आदिवासी ?

Read Time:3 Minute, 45 Second

दिल थापा
हाल: जापान


जो आदिवासी जनजातिको तक्मा भिरेर पनि 

उसको भाषा आई सीयूमा भर्ना भएको छ।
आफ्नै भाषामा सपना देख्न पाउँदैन ।
चाहेर पनि सक्दैन ।
राष्ट्र भाषाको मान्यता पाउन
भर्जिन नवदुलहीले झैं पुरुषवादको
पटक पटक लिखित र मौखिक परीक्षा सामना गर्नु पर्छ ।
देशले दिने नागरिकतामा
आफ्नै भाषामा लेख्न पाउँदैन ।
आफ्नै भाषाबाट नामाकरण भएको
लेक भन्ज्याङ्ग र फाँटको नामहरु
इतर भाषाले सजिलै खोसी दिन्छ ।
ऊ कसरी हुन सक्छ आदिवासी जनजाति ?


जसले आफ्नै भाषामा सपना देख्न पाउँछ ।
निर्भिक हैसियत राख्छ ।
राज्यसत्ताले सुविधा दिन्छ ।
आँगनको दुबो झै मौलाउन पाउने
कानुन बनाई अख्तियार गर्छ ।
श्रीमतीलाई / श्रीमानलाई आफ्नै भाषामा
सहवासको अनुरोध गर्न सक्छ ।
ऊ हुन सक्छ आदिवासी जनजाति ।

जसले धर्म राज्यबाट लुकेर अपनत्व गर्नु पर्छ ।

तेरो धर्म यो हो भनेर विदेशीले भनी दिनु पर्छ ।
ऊ कसरी हुन सक्छ आदिवासी जनजाति ?


जसको धर्मको आडमा देश चलाउन पाउँछ ।

भ्रमित मिठक बनाउन पाउँछ । 

धार्मिक भूमाफिया बन्न पाउंछ ।
नैतिक शिक्षाका पाठ्यक्रम लागु गर्न पाउँछ ।
जसको धर्मकै नाउँमा
मान्छेको तहगत श्रेणीक्रम लगाउन
राज्यसत्तासम्म हैसियत राख्छ ।
जसको धर्मले राष्ट्र धर्मको मान्यता पाउँछ ।
गणतान्त्रिक सत्ताबाट बजेट पाउँछ ।
ऊ हुन सक्छ आदिवासी जनजाति ।

जसको सस्कृति राज्यले विकृति जस्तै ठान्छ ।
अनेकौं लगाम लगाउँछ।
राजनीति परिवर्तनको लागि सडकसम्म प्रयोग गर्छ ।
अनि कल गर्लसंग यौन सम्पर्क पछि
प्रयोग गरेको कण्डम जस्तै फालिदिन्छ ।
जसको सस्कृति एकादेशको कथाजस्तै भैसक्यो ।
ऊ कसरी हुन सक्छ आदिवादी जनजाति ?


जसको सस्कृति
राज्यसत्ताले देशको सस्कृति भनेर घोषण गर्छ ।
ऊ हुन सक्छ आदिवासी जनजाति ।

उसको भेषभूषा त यौन बजारमा
यौनकर्मीले लगाएको कपडा जस्तै हो।
आखालाई आकर्षित गर्न सक्छ ।
राज्यसत्तालाई आकर्षित गर्ने सक्दैन ।
उसको भेषभूषा त अराष्ट्रिय भेषभूषा हो ।
ऊ कसरी हुन सक्छ आदिवादी जनजाति ?


जसको भेषभूषा राष्ट्रिय पोशाक बनाउँछ।
सत्तास्वाहोरणमा अनिवार्य लगाउनु पर्छ ।
ऊ हुन सक्छ आदिवासी जनजाति ।

जसले आफु मरेर पनि देश बचाएको छ।
जमिन जंगल बनमा आफ्नो भन्ने हैसियत राख्दैन ।
ऊ कसरी हुन सक्छ आदिवादी जनजाति ?


मलाई लाग्छ l
जसले यो देशमा
धर्मको नाउँमा सत्ता चलाउन सिकायो ।
चलाउँछ ।
भष्टचार वेथिति नातावाद जातिवाद बाहुनवादको श्रीगणेश गर्यो ।
२१ औं शताब्दीमा भाग्यवादमा पनि औधी विस्वास राख्छ ।
ऊ हुन सक्छ आदिवासी जनजाति l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %