के आङ्काजीहरू जसपाकाे गल्लावालमात्र हुन्  ?

Read Time:2 Minute, 58 Second
राजनीतिमा सिद्धान्त होइन, स्वार्थ मिल्नुपर्छ : मुद्दा होइन, लक्ष्य मिल्नुपर्छ ।
बलदीप  चाम्लिङ् । 

 

पहाडका ओली–दाहाल र मधेशका यादव–ठाकुरहरूको स्वार्थ भनेको “हिन्दुराष्ट्रवाद” हो । अन्य कुरामा मतभेद भएपनि अन्ततः हिन्दुराष्ट्रवादको विन्दुमा उनीहरू एक ठाउँमा नै उभिन्छन् । छाला र भाषा फरक हुन सक्छ तर धार्मिक संस्कृति उनीहरूको साझा हो ।
 

जसपाले गाई र झण्डाको काण्डमा आफ्नो आधिकारिक धारणा कहिले ल्याउँदैन । बिचरा आङ्काजी छटपटीमा लडीबुडी गरी त हिँड्छन् तर उनको स्वाभिमानको चिच्याहटलाई पार्टीले संस्थागत तथा पुँजीकरण नै गर्न चाहन्न । उल्टो कारबाहीको आशंकामा शेर्पा हचकिनुपर्ने अवस्था छ ।

आङ्काजीहरूको भूमिका भनेको पहाडका आदिवासीहरूलाई जसपामा भर्ती गराइदिने “गल्लावाल” हो भन्दा अतिशयोक्ति नहोला । यदि यहाँभन्दा माथि हैसियत हुन्थ्यो भने पक्कै पनि आफ्नो एजेण्डालाई पार्टीकृत गर्ने क्षमता राख्थ्यो ।
 

यादव–ठाकुरका पहाडी कार्यकर्ता गोरुकाण्डमा जेलनेल परिरहन्छन् तर यस विषयमा आधिकारिक निकायमा कुरा उठाउन मनासिब देख्दैनन् । गौहत्यामा जेल लग्ने मुलुकी संहितालाई संसदमा सदर गर्दा जसपाले यसको विरूद्धमा कुनै कदम चालेन । यो गौहत्या ऐनलाई पारित गर्दा यादव–ठाकुरका सांसदहरूको समर्थनमा हस्तक्षर छ । जसपाका दर्जनौँ सांसद छन् तर संसदमा गाई र झण्डाको विषयमा कुरा उठाइन्न ।
 

यादव राजनीतिक संघर्षको चरण पार गरेर अहिले सत्ता संघर्षको चरणमा आएका छन् । उस्तै राजनीतिक परिवेश उत्पन्न भए यादवसंग सरकार प्रमूख हुने सांसदको गणित छ । यो अवस्थामा उसले गाई र झण्डाको कुरा उठाएर मोदी–भारतालाई चिढ्याउन चााहन्न । यादव–ठाकुरको जग भनेको नै हिन्दुसमाज हो जसलाई बेखुस बनाएर उनीहरू राजनीति गर्न चाहन्नन् । अशोक राईहरू भनेको त उनीहरूको राजनीतिक बोनसको थप भोटबैंक मात्र हो ।
चाम्लिङ् जातीय मुक्ति र लोकतन्त्रका  लेखक हुन् । 
उक्त् विचार उनकाे फेस्बुक् टाईम् लाइनबाट साभार गरिएको हो । 

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %