कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२८ पुग्यो, संक्रमित ३९ हजार ४ सय ६० पुगे

Read Time:1 Minute, 8 Second

 No description available.

काठमाण्डौं, भाद्र १५ 

नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या २ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना बाट सात जनाको ज्यान गएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट ज्यान गएको हो ।

हाल सम्म नेपालमा कोरोना सङ्क्रमितको संख्या ३९ हजार चार सय ६० पुगेको छ । गएको २४ घण्टामा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %