कोरोनाबाट एकै दिन ११ जनाको ज्यान गयो

Read Time:1 Minute, 6 Second

No description available.

देब पचभैया

काठमाण्डौं, भाद्र ५ 

कोरोना संक्रमणवाट नेपालमा एकै दिन ११ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएको जानकारी दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बाट ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको बताएको छ । संक्रमितको संख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा आठ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ३० हजार चार सय ८३ पुगेको छ ।

गएको २४ घण्टामा दुई सय ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै घर फर्किनेको संख्या १८ हजार दुई सय १४ पुगेको छ । अब नेपालमा १२ हजार एक सय ३२ जना सक्रिय सङ्क्रमित छन् । १२ हजार दुई सय ३४ जना क्वरेण्टीनमा रहेका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %