राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

Read Time:1 Minute, 8 Second

काठमाण्डौं, भाद्र २, 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ बर्षको उमेरमा घरमै निधन भएको हो । उहाँको जन्म विं. स १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । कवितासँगै साहित्यका अन्य विधामा पनि निकै अगाडि रहनुभएका घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध लगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।  

उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू निकै लोकप्रिय रहीरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %