कोरोनाले लियो नेपालमा दोस्रो व्यक्तिको ज्यान

 

काठमाण्डौं, जेठ ४ 

कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको ज्यान गएको हो । गएको वैशाख ३० गते भारतको मुम्बईबाट नेपाल आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनको आइतबार विहान पौने ७ बजे ज्यान गएको हो । कोरोना भाइरसको संक्रमणबाट नेपालमा पहिलो पटक सिन्धुपाल्चोककी २६ वर्षीया सुत्केरी महिलाको ज्यान गएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %