नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो , ३६ जना निको भए

Read Time:1 Minute, 38 Second




काठमाण्डौं, जेठ २ 

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । शुक्रबार एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएको हो । बिहान ९ जना र बेलुकी ९ जना गरी एकै दिन १८ जनामा संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २६७ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डाक्टर शमिर कुमार अधिकारीका अनुसार शुक्रबार मकवानपुर, बाँके , काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएका हुन् । मकवानपुरमा १ जना, बाँकेमा ८ जना , काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ भेटिएको अधिकारीले जानकारी दिनुभयो । शुक्रबार पहिलो पटक दाङमा पनि कोरोनाको पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म ३६ जना उपचारपछि ठिक भएर घर फर्किएका छन् । उपचारपछि निको भएर घर गएका ३ जनामा भने पुन कोरोनाको पोजेटिभ भेटिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %