कोरोना भाइरस विशेष अस्पतालमा थापाको ज्यान गयो

Read Time:1 Minute, 26 Second

पाल्पा, चैत्र १६, बुटवलको कोरोना भाइरस विशेष अस्पतालमा एक यूवाको ज्यान गएको छ । कोरोना भाइरस रोकथाम र उपचारका लागी स्थापना गरिएको बिशेष अस्पतालमा एक ३४ वर्षिष बाबुराम थापाको ज्यान गएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईका अनुसार बुटवल धागो कारखानाको उपचार केन्द्रमा उपचार गराइरहेका उनको मृत्यू भएको हो । उनको कोरोना भए नभएको पुष्टी भएको छैन । पाल्पा रिब्दीकोट घरभएका उनी अहिले सैनामैना ४ मुर्गिया, रुपन्देही बस्दै आएका थिए । नमुना परीक्षणका लागि काठमाडौं पठाए पनि रिपोर्ट नआएको भट्टराईले जानकारी दिनुभयो यही चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई ) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए । ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %