कोविड -१९ को भ्रम र वास्तविकता ।

Read Time:10 Minute, 42 Second

राज्यसत्ता ।

२८ मार्च २०२०  ,

अहिले विश्वोमा कोरोना प्रकोप “कोविड- १९” को आतंक  फैलदो छ । आजको दिन सम्म ६१४१३६ जना व्यक्तिलाई कोरोना सक्रमण भएको पुस्ति भएको छ त्यस्मध्य १३३६२४ जना निको भएका छन भने २८२५१जनाको निधन भएको छ यसको प्रकोप कहिले सम्म जारी रहने हो निस्चित छैन ।

कोरोना वाइरस सर्व प्रथम चाइनाको वुहान प्रान्तमा डिसेम्बर २०१९ मा देखा परेको थियो । यो अत्यन्त नयाँ खाले भाईरस कोरोना प्रजातिको रहेको पत्ता लगाए पस्चात यसको नाम कोविड-19 नामाकरण गरेका छन बैज्ञानीकहरुले ।यो नयाँ खाले कोरोना भाईरस कहाँ बाट कसरी सर्यो वा सर्दछ भन्ने अनुसन्धान हुँदा हुँदै यसले तिव्र गती लिदा धेरैको ज्यान गयो फल्स्वोरुप वुहान शहर नै थप्प पार्नु परेको थियो । तर यो खतरानाक रोग अहिले अन्य देशमा पनि महामारिकै रुपमा फैलिदो छ । धेरैको ज्यान गएको छ त विस्वो अर्थ तन्त्र नै थप्प पारेको छ । सयौ देशहरुमा लकडाउन सिस्टम जारी गरिएको छ सन्क्रमण धेरै नफैलियोस भनेर।

यसको उपचार र रोकथामको निम्ती बैज्ञानीक , स्वास्थ्य कर्मी ,माईक्रोबाइलोगिस्ट ,वाइरोलोजिस्तहरुले अथक प्रयास गरी रहेका छन तर यस बिच केही गलत मानसिकता बोकेका तत्वोहरुको पनि उपस्थिती डरलाग्दो गरी मिडियाहरुमा,सामाजिक सन्जालहरुमा देखिएको छ ।गरिव , अर्ध क्षिशित वा अन्ध्वविश्वासी समाज नेपाल र इन्डिया जस्ता देशहरुमा त हुने नै भयो अहिले अती बिकसित देशहरु अमेरिका, यु के, इटाली जस्ता देश्हरुमा पनि नकरात्मक र गलत सन्देश जारी गरी जनसाधारणलाई उल्लु फैलाउने गिरोह सकृय रहेको छ।कोही धार्मिक कृयाकलाप गरी भ्रम छरी रहेका छन कोही गाइको मुत खाए कोरोना भाग्ने बताउछन ,कोही रक्सी खाएर ,कोही लसुन खाएर यस्तै, यस्तै धेरै सामाजिक सन्जालहरुमा व्यापक फैलिरहेको छ। केही त्यस्ता अपराधीहरुलाई पक्रिएको समाचार पनि आईरहेका छन ।

यहाँ केही त्यस्ता गलत झुट समाचारहरुलाई चिर्दै वास्तविकता के हो त ? बैज्ञानीक, बिज्ञ ,डाक्टर ,जीवानु बिशेषज्ञहरुको अनुसन्धान अध्ययन गरी बैज्ञानीक तर्कहरु सहित बिश्लेशन गरिएको छ र यस्ता भ्रमहरुलाई प्रचार प्रसार वा लाइक अनावश्यक टिप्पणी नगर्नु होला अन्यथा यसको असरले अर्को विकराल समस्या निम्त्याउने छ जस्तै ईरानमा रक्सी पिएर कोरोना निको हुने हल्लाले धेरैको ज्यान गएको छ भने अमेरिकामा पनि मलेरियाको उपचारमा प्र्योग हुने कोलोरोकुइन ट्याब्लेट  खादा ज्यान गएको छ ।

सजिलो र भरपर्दो सत्य के हो भने नियमित र राम्ररी साबुन पानीले करीब २० सेकेण्ड हात  धुने नभए ह्यान्ड सानीताइजरले हात  सफा राख्ने।

१. भ्रम : १० सेकेन्ड सम्म शोवासप्रश्वास सजिलो गरी रोक्न सके फोक्सो तन्दुरुस्त रहेको कुनै फाईब्रोसिस वा कुनै सक्रमण छैन भन्ने जान्नु ।
वास्तविकता :-फाईब्रोसिस कोविड -१९ को लक्षण होइन ,कोविड -१९ को प्रमुख लक्षणहरु भनेको ज्वोरो आउनु ,शरिरमा थकान हुनु , नया लगातार सुख्खा खोकी लाग्नु वा २४ घण्टामा ३ वा चार पटक सम्म लगातार खोकी लाग्नु ।

२. भ्रम :होम मेड ह्यान्ड स्यानिटाईजर :

यो पनि निक्कै प्रचार गरिएको छ ।भोड्का प्रयोग गर्न सुझाव दिएको पाइेको छ ।

वास्तविकता :सरसफाइको लागि प्रयोग हुने कुनै पनि किताणु नस्ट गर्ने रसायनहरु छालामा प्रयोग गर्दा यसले नकरात्मक असर गर्न सक्दछ ।प्रयाप्त मात्रमा अल्कोहोलको मात्र वोडकाहरुमा किताणु नाश गर्ने क्षमता हुँदैन ।

३. भ्रम :वाइरस महिनौ सम्म पनि ठोस् सतहमा रहन सक्दछ ।
वास्तविकता :वाइरसहरुको अहिले सम्मको अध्ययन हेर्दा महिनौ जिवित रहेको भेतिएको छैन । मेटल , प्लस्तिक ,काठ हरुमा केही दिन रहे पनि महिना दिन सम्म बचेँको रेकर्ड छैन । २ घण्टा देखी ९ दिन सम्म जिवित रहेको पाइएको छ ।७२ घण्टा पछी जिवित रह्न सक्ने क्षमतामा रास आएको देखिन्छ । वास्तवमा वाइरस अन्य जीवानु व्यक्टेरिया आदी जस्तो आँफै जिवित रहदैन यसले अन्य कुनै जिव भित्र रहे मात्र आफ्नो अस्तित्व बचाउछ अर्थत कुनै निर्जिव वस्तुमा यो रहदैन आँफै नस्ट हुन्छ ।

४. भ्रम :गाइको पिसाव र गोबरले कोरोनाको उपचार हुने ।

भारत र नेपालका केही हिन्दू समुहरुले गाईको पिसावले क्यान्सर लगायत अन्य रोग निको पार्दछ र कोविड -१९ पनि निको पार्दछ भनी प्रचार गरेको पाइएको छ ।
वास्तविकता :यसमा पनि कुनै सत्यता छैन , गाइको पिसाव पिउदा वा गोबर खादा बरु उल्तै गोबरमा पाइने किताणुहरु कोरोना लगाएतका
अन्य रोगहरुको संक्रमण हुने खतरा रहेको अनुसन्धानले देखाएको छ।

५. भ्रम : लसुन खाए कोरोना निको हुन्छ

वास्तविकता :यसमा पनि कुनै सत्यता पाईदैन ।लसुनमा एन्ती वाइरल तत्वो अन्य फल्फुल साग सब्जिमा पाईए जस्तै केही मात्रमा पाइए पनि कोरोना भाईरस निको पार्ने कुरा विश्वो स्वास्थ्य संघठनले पुस्टी गरी सकेको छ ।

६ . भ्रम : तातो पानी ले नुहाउदा कोरोनाबाट बाँच्न सकिन्छ ।
वास्तवीकता : यो पनि एक अफबाह नै हो कोरोना लाग्दा उच्च ज्वोरो आउँदछ । तापक्रम कम बनाउनु पर्नेमा तातो पानीलेमा नुहाउदा झन खतरा हुन सक्दछ ।

७ .भ्रम : कोरोना केटा केटी र वयस्क युवा युवतिलाई छुदैन ।

वास्तविकता : यो पनि भ्रम हो । यसले जो कोहिलाई पनि आक्रमण गर्न सक्दछ , धेरै प्रौढ पाका उमेरकामा रोग संग लड्न सक्ने रोग प्रतिरोधात्मक सक्ती कम जोर हुने हुँदा उनिहरु बढी जोखिममा पर्ने गर्दछन र उनिहरुमा कुनै न कुनै रोग पहिले देखिनै रहने हुँदा रोगको संक्रमन भएमा निको हुने सम्भावना कम देखिएको छ । अन्य दिर्घ रोगी जस्तै डाइबितिज ,मुटु रोगी , श्वास प्रश्वासका रोगी दमका रोगी ,किड्नी फेल भएका बिरामी , कुनै पनि स्टेरोईड जन्य दबाई लिने विरामी , कुनै अङग प्रत्यारोपण गरेका विरामी ,रोगसँग लड्न सक्ने क्षमता कम भएका विरामी हरुमा सन्क्रमणले ज्यादा असर पुराएको देखिन्छ ।

८ .भ्रम : कोरोना भाईरसको संक्रमण हुँदा साथ मरिन्छ ।

वास्तविकता : यो पनि एक अफबाह हो यसमा यो रोग लाग्ने व्यक्तीको स्वास्थ्य अवस्था कस्तो छ त्यस्मा निर्भर पर्दछ । जो विरामीमा कुनै प्रकारको रोगहरु जस्तै मुटु रोग , डाइबिटिज ,क्षाती सम्बन्धी रोगहरु दम आदी छैन भने यो सामान्य रुघाखोकी वा फ्लुको लक्षण जस्तै मात्र हुन्छ ।रोगी व्यक्ती हरुको भने ज्यान जाने खतरा हुन्छ ।

अन्तमा समाचार सकेसम्म विस्व्सनिय माध्यमबाट हेर्ने पढ्ने गरौ ।

सरकारी वा विस्वो स्वास्थ्य संघठनको हेर्ने ।

जथाभावी शेयर गरिएको पोस्टहरु नहेर्ने र अरुलाई शेयर पनि नगर्ने ।

सरकारले जारी गरेको सुचना र नियमहरुमा बस्ने ।

हरेक पटक बाहिर जादा वा घर , अफिस आउँदा साबुन पानीले राम्ररी २० सेकेन्ड जती हात  धुने नभए ह्यान्ड सानीटाइजरले सफा गर्ने ।

हात्छिउ गर्द खोक्दा सकेसम्म टिस्यु वा मुख छोप्ने र जथाभावी नफ्याकी फोहोर मैला फ्याक्ने बिनमा मात्र फ्याक्ने र हात  राम्ररी धुने ।

धेरै भिड भाड्मा नजाने । बाहिर अत्यावशेक काममा बाहेक ननिस्कने ।

खोकी वा ज्वोर आएमा ७ दिन सम्म घरमै बस्ने निको नभए अर्को ७ दिन बस्ने स्वास्थ्य संस्थामा सपर्क गरी उचित सल्लाह लिने ।

रुघा खोकी लागे मास्क प्रयोग गर्ने ।

अर्को व्यक्ती सँग कम्तिमा २ मिटर (६ फिट) दुरिमा बस्ने ।

श्रोत :WHO,BBC, बिज्ञान सम्बन्धी  लेख रचनाहरु 

 Photo:BBC ,nhs, aljazeera online.

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %