भूपु सैनिक प्रहरीकै सहयोगले देशको विकास भएको हो ः भूपु नेताहरु

Read Time:4 Minute, 59 Second

भूपुले शुरु गरेका सबै काम सम्पन्न भएका छन् ः अध्यक्ष रोका मगर
रुपन्देही, फागुन ११

भूपु सैनिक प्रहरीकै सहयोगले देशको विकास भएको भन्दै भुतपुर्व सैनिक तथा प्रहरी संघका नेताहरुले भूपुहरुलाई नहेप्न चेतावनी दिएका छन् । बुटवलमा सम्पन्न नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने बतmाहरुले भूपुहरुकै सहयोगमा गाँउगाँउमा विद्यालय संचालन र बाटो घाटो निर्माण भएको, खानेपानी, एम्बुलेन्स संचालन, बिजुली बाल्ने जस्ता कार्यहरु भूपुकै सहयोगमा भएको भन्दै उनीहरुले बाहिर सिकेका, देखेका र भोगेका अनुभवले भूपुहरुले विद्यालय संचालनमा ठुलो योगदान दिएको बताएका हुन् । बिदेशी सेना प्रहरीमा भर्ती भएकाले देशको बिकास नभएको जस्ता गलत अफवाह फैलाउनेहरुलाई गाँउ टोलमा भूपुहरुले संचालन गरेका विद्यालय, स्वास्थ्य संस्थाहरु हेर्न समेत उनीहरुले सुझाव दिएका छन् ।

भूपुले चाहे असम्भव केही छैन ः अध्यक्ष रोका मगर

नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोका मगरले भूपुहरुले चाहे सवै कुराको सम्भब भएको बताउनुभएको छ । नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दे अध्यक्ष रोकाले मगरहरुको भाषा, रहनसहन र संस्कृतिको रक्षा गर्न भूपुहरुको उल्लेखनिय योगदान रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रोकाले मगरका सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकार प्राप्तीका लागी मगर भूपुहरु एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 


कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि नेपाल मगर संघका पुर्ब केन्द्रिय अध्यक्ष क्याप्टेन यम बहादुर बुढाथोकी र नेपाल मगर संघका बर्तमान भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टाले भूपुहरु एक भएर अघि बढ्नेबेला आएकोमा जोड दिनुभयो । नेपाल मगर संघ बुटवल, १३ इकाई समितिको ब्यवस्थापनमा बुटवल १३ पितृथान, बदेलपोखरीमा भएको कार्यक्रममा नेपाल मगर संघका पूर्ब सल्लाहकार मेजर सिवि थापा, नेपाल मगर भूतपुर्व सैनिक तथा प्रहरी संघका केन्द्रिय सल्लाहकार कर्नेल धन बहादुर मास्के राना, भूतपूर्व सैनिक इन्चार्ज चन्द्र बहादुर राना, पर्वत जिल्ला समन्वय समितिका उपप्रमुख यम कुमारी राना, तनहु आबुखैरेनी गाँउपालिकाका प्रमुख गिर बहादुर थापा, म्याग्दी जिल्ला अन्नपुर्ण गाउँपालिका प्रमुख हनेरी क्याप्टेन दम बहादुर पुन लगाएतले बोल्नुभएको थियो ।


मगर शमुदायका निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको सो कार्यक्रममा सम्मेलन ब्यवस्थापन संयोजक समेत रहनुभएका क्याप्टेन बल बहादुर थापाको स्वागत, नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघका महासचिव क्याप्टेन भिम बहादुर रानाको संचालन र अध्यक्ष हुम बहादुर थापा (पचभैया) को अध्यक्षतामा संघको चौथो महाधिबेशनको उद्घाटन सत्र सम्पन्न्न भएको थियो । महाधिबेशनमा ७ वटै प्रदेशका ३ सय बढी प्रतिनिधि र पर्यबेक्षकहरु सहभागी थिए ।

नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, शसत्र प्रहरी, नेपाली सेना, भारतीय तथा बेलायती सेनामा आवद्ध मगर भूपूहरुको सहभागीता छ । नेपाल मगर संघमा आबद्ध मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ सबैपार्टीमा बिचार राख्ने मगर भूपूहरुको साझा संस्था हो ।


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %