छत्र दर्लामीको अध्यक्षतामा मगर महासंघको केन्द्रिय समिति

Read Time:2 Minute, 24 Second

 

हुम बहादुर थापा 

पाल्पा, माघ २६ , 
राष्ट्रिय जनमुक्ति पार्टीको जनसंगठन मगर महासंघको केन्द्रिय अध्यक्षमा छत्र दर्लामी निर्वाचित हुनुभएको छ । मगरहाङ्ग परिषदको परिवर्तित संस्था मगर महासंघको पाल्पामा शनिबार सम्पन्न प्रथम राष्ट्रिय महाधिबेशनले रुपन्देहीका दर्लामीको अध्यक्षतामा १६ सदस्सिय केन्द्रिय समिति निर्वाचित गरेको हो । महाधिबेशनले बरिष्ठ उपाध्यक्षमा पाल्पाली हाल काठमाण्डौं निवासी धनकेशर सूर्यबंशी, उपाध्यक्षमा धनीसरा थापा (रुपन्देही )अर्का उपाध्यक्षमा गोपाल चौहान (रुपन्देही ), महासचिबमा तिल बहादुर झेडी (नवलपुर ) ,सचिबमा खडक बहादुर झेडी ( स्याङ्जा), सचिबमै निर्मला थापा (रुपन्देही ) र कोषाध्यक्षमा क्याप्टेन दम बहादुर राना (पाल्पा) लाई सर्वसम्मत निर्वाचित गरेको छ ।
सदस्यहरुमा टेक बहादुर राना (पाल्पा), ज्ञानदिप गाहा (गुल्मी ) , तिल बहादुर झेडी (कपिलबस्तु ) , हेम बहादुर वाचे मगर ( नवलपुर) , फूलमाया गाहा( पाल्पा) , धनमाया सारु ( गुल्मी ),इनिसरा घर्ति (गुल्मी र उत्तम आले (कपिलबस्तु) निर्वाचित हुनुभएको हो । पार्टीका संघिय परिषद उपाध्यक्ष दल बहादुर विरकट्टा मगरको अध्यक्षतामा भएको महाधिबेशनका प्रमुख अतिथि राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय सहासचिब केशव सुर्यबंशी, पार्टीका संघिय उपाध्यक्ष दोमाया गुरुङ्ग, संघिय परिषद उपाध्यक्ष हस्त बहादुर थापा, संघिय उपमहासचिब टोप अस्लामी, पार्टीका पाल्पा अध्यक्ष नारायण कुवर लगाएतले मन्तब्य राख्नुभएको थियो । तिल बहादुर झेडीको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %