गोर्खा गौरव मित्रसेन थापाको १२४ औं जन्म जयन्ती

Read Time:15 Minute, 17 Second

 

त्रिलोक सिंह थापा मगर , 

काठमाडौंँ ः सन् २०१९ डिसेम्बर २७ । गोर्खा स्रष्टाबहुप्रतिभाशाली मास्टर मित्रसेन थापा मगरको १२४ औ जन्म जयन्तीको उपलक्ष्यमा पश्चिम नेपालको कपिलवस्तु जिल्लाको वाण्गंगा नगरपालिका वडा १ मा अवस्थित साहित्य चौतारी कपिलधाममा “मास्टर मित्रसेन स्मृति प्रतिष्ठान” काठमाडाँैंँ द्वारा मित्रसेनको सालिक स्थापना तथा अनावरण समारोह भब्यरुपमा सम्पन्न भयो । मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका उपाध्यक्ष गौबहादुर आलेको अध्यक्षतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बलाल मगरको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती, मुख्य अतिथि तथा अतिथिहरुमा लुम्बनी वाङ्गमय प्रतिष्ठानका अध्यक्ष हेमराज ज्ञवाली, नेपाल मगर सङ्घ केन्द्रीय समितिका भाषिक अध्यक्ष दलबहादुर वीरकट्टा मगर, नेपाल मगर लेखक संघका महासचिव श्याम राना, साहित्यकार लीलाराना तथा स्थानीय विभिन्न सामाजिक र साहित्यिक सङ्घ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

मित्रसेनको सालिकको अनावरण गर्दै समारोहमा प्रमुख अतिथि मन्त्री वलालले भन्नु भयो,“युवाहरुले मास्टर मित्रसेनका जीवनबाट शिक्षा लिनु पर्दछ ।” नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिले आफ्नो मनतव्यमा भन्नु भयो, “नेपाली संस्कृतिको निर्माणमा सबै नेपाली भाषाभाषीहरु योगदान रहेको छ । मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका कोषाध्यक्ष गायत्री रानाले स्वागतमन्तव्य र सचिव मित्र रानाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष त्रिलोक सिंह थापाको शुभकामना सन्देशबाट उक्त समारोहको कार्यक्रम प्रारम्भ भएको थियो । यसै अवसरमा मास्टर मित्रसेन स्मृति प्रतिष्ठानको शाखा कपिलबस्तु वाण्गंगा धाममा क्यापटेन टोपबहादुर थापाको अध्यक्षतामा स्थापना भयो । सन् १९१९ डिसेम्बर २१ तारिखमा मित्रसेन को १२४ औ जन्म जयन्ती काठमाडाँै र कपिलबस्तु जिल्लाको वाण गंगा धाम दुवै ठाउँमा धुमधामले मनाएको समाचार प्राप्त भएको छ।

दार्जलिङ्ः सन् २०१९ डिसेम्वर २१ दिनांकमगर संघ भारत दार्जलिङ्ग जिल्ला अन्र्तगत गठन भएको “मास्टर मित्रसेन सालिक निर्माण समिति” का अध्यक्ष प्रख्यात साहित्यकार हरेन आलेको अध्यक्षतामा गोरखालीहरुको गौरव–पुरुष मास्टर मित्रसेन को १२४ औं जन्म जयन्ती समारोह सम्पन्न भयो । सालिक निर्माण समितिका महासचिव अजय थापा मगर, केन्द्रीय समितिका कोषाध्यक्ष शंकर राना लगायतका अतिथिवक्ताहरुले मित्रसेनका साहित्यिक साङ्गीतिक योगदान माथि आ–आफ्नो मनतव्य र विचार प्रस्तुत गरेका थिए । अध्यक्षीय मनतव्यमा साहित्यकार हरेन आलेले मास्टर मित्रसेनको गोर्खा जातिप्रतिको अमूल्य योगदान तथा ऐतिहासिक भूमिकामाथि प्रकाश पार्दै भन्नुभयो,“उनी गोर्खा जातिको अमूल्य धरोहर थिए । मित्रसेनले संधैँ समग्रमा गोर्खा जातिको निम्ति योगदान दिएका थिए । उनी गोर्खा जातिका दिव्य पुरुष थिए । अल इन्डिया रेडियोबाट गोर्खाली भाषामा कार्यक्रमको प्रसारण मित्रसेनका गीतहरुबाट शुरुभएको हो । व्रिटिश राज्यमा पनि मित्रसेनका मार्चिगंमा गीत अत्यन्त चर्चित थियो ।” मित्रसेनको जन्म जयन्तीको अवसरमा सार्वजनिक सरकारी विदा हुनुपर्छ भन्ने प्रस्ताव पनि उक्त समारोहमा प्रस्तुत भएको थियो । सोसमारोहमा आगामी १२ अप्रेल २०२० आइतवारका दिन दार्जलिङ् राजभवन परिसर, मालरोडमा मास्टर मित्रसेनको सालिक स्थापना र अनावरणमा साथै मित्रसेनका गीति क्यासेटको विमोचन पनि हुने कार्यक्रम राखिएको जानकारी गराइएको थियो ।

देहरादुन ः सन् २०१९ डिसेम्वर २७ दिनाकमा श्री सत्यनारायण मन्दिर भारुवालामा सुवेदार जगतबहादुर रानाको अध्यक्षतामा भारतीय मगर समाजले मास्टर मित्रसेनको १२४ औ जन्म जयन्ती समारोहको आयोजना गरेको थियो । सो अवसरमा गोर्खा जातिको गौरव गायक मित्रसेनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका साथै युवाहरुको वक्तृत्व प्रतियोगिताको कार्यक्रम सञ्चालन गरिएको थियो । समाजका महासचिव रविराना लगायत अतिथि वक्ताहरुले मित्रसेनको तस्वीरमा माल्यार्पण गरेका थिए । साथै मित्रसेनको साहित्यिक र साङ्गगीतिक योगदान वारेमा आ–आफ्नो विचार प्रकट गरेका थिए ।

सिक्किम ः सन् २०१९ डिसेम्वर २१ दिनांक अखिल सिक्किम मगर सङ्घ पूर्व जिल्ला पाक्त्रोङ्ग नयाँ बस्ती शाखाद्वारा मास्टर मित्रसेन थापाको १२४ औ जन्म जयन्तीको अवसरमा मित्रसेनका चर्चित गीतमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विश्व मगर संघका महासचिव विष्णु राना प्रमुख अतिथि थिए । अखिल सिक्किम मगर सङ्घका महासचिव विमल थापा मगर, मंगर भाषाका शिक्षक राजेन थापा, विनोद मगर, लिङपिङ शाखामा अध्यक्ष दुर्गा मगर, नयाँ बस्ती शाखाका अध्यक्ष सरन मगर, महासचिव महेन्द्र मगर आदि अतिथि महानुभावहरुको बाक्लो उपस्थिति थियो । विमल थापाले मित्रसेनको जीवनमाथि प्रकाश पार्नु भयो भने प्रमुख अतिथि विष्णु रानाले मित्रसेनका साहित्यिक र साङ्गीतिक योगदानबारे जानकारी दिनु भयो । दिलिपकुमार मगरले स्वागत भाषण गर्नुभएको थियो ।

धर्मशाला भाग्सू (२९ डिसेम्बर २०१९) बहुप्रतिभाशाली मास्टर मित्रसेन थापाको १२४ औं जन्म जयन्तीको उपलक्ष्यमा “मास्टर मित्रसेन साहित्य सङ्गीत सभा” द्वारा भाग्सू धर्मशालामा दुईदिने जन्म जयन्ती कार्यक्रम आयोजना गरिएको थियो । सो सभाको अध्यक्ष श्रीमती साधना नेपालीको संयोजनमा सञ्चालित समारोहमा पहिलो दिन विद्यार्थी तथा युवाहरुको नेतृत्व तथा प्रतिभा विकासका लागि शहीद दुर्गामल्ल दलबहादुर थापा वाटिकामा चित्रकला तथा भाषणकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएको थियो । हवन र पूजा पनि गरिएको थियो । उक्त समारोहको दोस्रो दिन कचहरी अड्डादेखि गर्वन्भेन्ट कालेजको सभागृहसम्म गोर्खाली समुदाय तथा स्थानीय साहित्यकार, कलाकार र बुद्धिजिवीहरुको संलग्नतामा विशाल “शान्ति यात्रा” “शोभायात्रा” ¥यालीको कार्यक्रम सम्पन्न भएको थियो । कालेजको सभागृहमा प्रख्यात विद्वान् डा. ओम अवस्थीको अध्यक्षतामा सञ्चालन भएको सभामा स्थानीय विद्वान्हरुले मास्टर मित्रसेनको साहित्यिक र साङ्गितिक योगदान बारे आ–आफ्नो बिचार प्रकट गरेका थिए । सोही अवसरमा हिमांचल तथा पंजाब गोर्खा एशोशिएशनका अध्यक्ष रवीन्द्र रानाले भन्नुभयो,“भारतीय स्वतन्त्रता सङ्ग्राममा मित्रसेनका गीत रचना र गायनले युवाहरुलाई सो सङ्ग्राममा भागलिन प्रोत्साहन गरेको थियो ।

आसाम ः मित्रसेनको १२४ औं जन्म जयन्तीको उपलक्ष्यमा बधाई एंव शुभकामना सन्देश ज्ञापन र प्रसारण गरेको समाचार प्राप्त भएको छ । सोही अवसरमा साहित्यकार भरत पुलामी मगरले अङ्ग्रेजी भाषामा मित्रसेनको जीवन वृतान्त तथा उनका साहित्यिक र साङ्गीतिक योगदान विषयमा लामो लेख रुपान्तरण गरेका छन् ।

बेलायतः मास्टर मित्रसेनको १२४ औं जन्म जयन्तीको अवसरमा प्रख्यात साहित्यकार र पर्यावरणविद्विजय हितानले मित्रसेनको विषयमा श्रृखंलाबद्ध कथाहरु एक सातासम्म फेसबुकमा लेखेर प्रचार गरेका थिए । सो राज्यसक्ताअनलाइनमा छापिएकोछ ।

मित्रसेन सम्पर्क गोष्ठी
सन् १९५४ र ५५ सालमा मास्टर मित्रसेन थापा मगरको जन्म जयन्ती केवल भारतको धर्मशाला भाग्सू तोतारानी गाउँमा मात्र मनाउने चलन थियो । उनको जन्म जयन्ती भाग्सूको तोतारानी गाउँ र प्राय परिवारमा मात्र सीमित थियो । सन् १९५५ डिसेम्बर २९ तारिखमा पहिलो पटक मित्रसेनको शताव्दी समारोह डा. हर्षबहादुर वुडा मगर तथा सो समारोह समितिका महासचिव त्रिलोक सिंह थापा मगरको संयोजनमा काठमाडाँैमा धूमधामका साथ सम्पन्न गरियो । त्यसपछि ओझेलमा परेका मित्रसेन र उनका योगदान भाग्सूको समिति घेराबाट बाहिर निस्कन सफल भयो भन्न सकिन्छ।

मित्रको जन्म जयन्ती (सन् २०१९)
यो वर्ष २०१९ सालमा नेपालको दुई ठाउँमा काठमाडौँ र कपिलवस्तु जिल्लाको वाणगंगा कपिलधाममा धुमधामले “मित्र जयन्ती” समारोह सम्पन्न भएको छ । वाणगंगामा मित्रको सालिक पनि स्थापना र अनावरण भएको छ । यसै वर्ष दार्जलिङमा पनि उनको सालिक अनावरण हुँदै छ । यो बर्षदेखि सिक्कीम राज्यको पूर्व जिल्ला पाक्मोङ नया बस्तीमा मित्रसेनको १२४औ जन्म जयन्ती भव्य समारोह सम्पन्न भएको छ । भाग्सू धर्मशाला, देहरादुन, दार्जलिङ, आसाम, बेलायतको भेन्ट, काठमाडौँ र कपिलवस्तुमा मास्टर मित्रसेनको १२४ औं जन्म जयन्ती समारोह सम्पन्न भएको समाचार प्राप्त भएको छ । यसरी मित्रसेन थापाको योगदानको चर्चा परिचर्चा भाग्सूमा सीमित नभएर अन्र्तराष्ट्रिय स्तरमा हुन लागेको छ । अतः उनको योगदान तथा उनको विषयमा अन्र्तराष्ट्रिय गोष्ठी र भेला हुनु अत्यन्त जरुरी भै सकेकोछ । उक्त गोष्ठीको अवधारण र उद्देश्यहरु निम्न प्रकारका हुनेछन् ।

गोष्ठीको उद्देश्य र अवधारणा ः
(क) विभिन्न ठाउँमा सञ्चालन हुने “मास्टर मित्रसेन जन्म जयन्ती” को बीच समन्वय र सम्पर्क स्थापित गर्ने ।
(ख) नेपाल र भारत र अन्य ठाउँहरुमा मित्रसेन जयन्तीलाई के कसरी विस्तारित गर्दै लैजाने ?
ग) मास्टर मित्रसेनका कृति र रचनाहरुको पाण्डुलिपिलाई कसरी सम्पादन तथा प्रकाशन गर्ने गराउने ?
(घ) प्रकाशित पाण्डुलिपिलाई नेपाली भाषा पढाउने शिक्षण संस्थाहरुको पाठ्यक्रममा कसरी समावेश गर्ने गराउने ?
(ङ) सिक्किम सरकारबाट सञ्चालित मित्रसेन पुरस्कारलाई कसरी पुनः संचालन गर्न लगाउने प्रयास गर्ने गराउने ?
(च) मित्रसेनका कृति, रचना, क्यासेट, डिस्करेकर्डका साथै लोक संस्कृति र सङ्गीतका पुस्तकहरुको सङ्कलन गरेर पुस्तकालय स्थापना गर्ने ।
(छ) विभिन्न ठाउँमा सम्पन्न तथा संचालन हुने मित्रसेन जयन्ती र अन्य गतिविधिहरु “भाग्सू वाणी” मा सङ्कलन र प्रकाशन गर्ने । वर्षमा एक पटक “भाग्सू वाणी” लाई मित्रसेन थापा विशेषाङ्क अङ्कको रुपमा प्रकाशन गर्न समाचार सङ्कलन तथा आर्थिक सहयोग कसरी उपलब्ध गर्ने गराउने आदि सो गोष्ठीको छलफलका विषयहरु हुनेछन् । यसरी गोष्ठीबाट दीर्घ र अल्पकालीन योजना बनाएर मित्रसेनको योगदानको प्रचार र प्रसार गर्न गराउन “मित्रसेन अन्तर्राष्ट्रिय” गोष्ठीको आयोजना उपयोगी हुने देखिन्छ ।

जय गोरख ।

triloksthapa@gmail.com


 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %