राष्ट्रिय जनमुक्ति पार्टी तनहुँ जिल्लाको आठौं जिल्ला अधिवेशन सम्पन्न !

Read Time:3 Minute, 55 Second

पूर्णबहादुर राना
तनहुँ , माघ ७ – राष्ट्रिय जनमुक्ति पार्टीको २९ औं स्थापना दिवसको अवसरमा तनहुँ जिल्लाको आठौं जिल्ला अधिवेशन दमौलीमा भव्य रुपमा सम्पन्न भएको छ ।

Image may contain: 2 people, people sitting

सो कार्यक्रमको पार्टीका संस्थापक अध्यक्ष एवं पूर्व श्रम तथा यातायात मन्त्री एम।एस। थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले प्राकृतिक र जीव विज्ञानको दृष्टिले सबै मानव समान भए पनि उसको भाषा, धर्म र सँस्कार फरक रहेको बताए । नेपालमा जातीय समस्या मुख्य समस्या भएकोले जातीय मुक्ति अपरिहार्य छ उनले भने । यस्तो चरम बिभेदको खाडल पुर्नको लागि संबैधानिक रूपमै राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको बिकल्प नरहेको भनाइ उनको छ ।

२०४७ सालमा समानुपातिक, संघीयता, धर्मनिरपेक्षता, निःशुल्क स्वास्थ्य र ६० वर्षमा बृद्धा भत्ताको ऐजेण्डा राखी पार्टी स्थापना गर्दा आफुलाई साम्प्रदायिक र विखण्डनकारीको आरोप लगाइएको स्मरण गर्दै उनले हाल आएर सोही ऐजेण्डानै राष्ट्रिय ऐजेण्डा भएकोमा गर्व महसुस भएको दावी उनको छ । कार्यक्रमको विशिष्ट अतिथि जनमुक्ति पार्टीका उपमहासचिव एवं संगठन विभाग प्रमुख रामु परियारले एमसिसि विधेयक र सूचना विधेयक कुनै पनि हालतमा संसदबाट पास गर्न नहुने बताए । विधेयक पास गर्दा राष्ट्र र जनताको हितमा हुनु पर्ने धारणा उनको छ । सत्ता पक्ष र प्रतिपक्षले एमसिसि विधेयक देशको ईन्ट्रेष्ट माईनस हुने गरी विधेयक पास गर्न खोज्नु मुलुक र जनतालाई धोका दिन खोजेको बुझाइ उनको छ । देश विकासको मूलबाधक भ्रष्टाचार भएकोले भ्रष्टाचारी र बलात्कारीलाई संविधान मै मृत्यदण्डको व्यवस्था हुनुपर्ने उनले बताए ।

Image may contain: Bhuwan Thapa, text that says 'हार्दिक बधाई एवम् शुभकामना! भुवन सिं थापा राष्ट्रिय पार्टीको वर्ष गाँठ एवं तनहँ जिल्लाको २०७६ माघ & गते सम्पन्न जिल्ला अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष भुवन सि थापाज्यू लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुमा हार्दिक बधाई तथा पूर्ण कार्यकाल सफलताको शुभकामना व्यक्त पूर्ण बहादुर राना अध्यक्ष एवम नेपाल विद्यार्थी मोर्चा केन्द्रीय समिति परिवार'

भुवनसिं थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संघीय परिषद उपाध्यक्ष हस्त बहादुर थापा, सदस्य मे। खेम गुरूङ, तमुवान–मगरात अध्यक्ष मन्धरी आले, नेपाल विद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष पूर्ण बहादुर राना लगायतकाले बोलेका थिए ।

जनजागरण र्याली सहितको आठौं जिल्ला अधिवेशनले भुवनसिं थापाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भक्त बहादुर थापा, र ज्योति तामाङ, सचिवमा सिजन थापा, संगठन सचिवमा गंगा राना, सहसचिवमा कमल बहादुर थापा, कोषाध्यक्षमा बहादुरसिं थापा चयन भएका छन । त्यस्तै सदस्यहरुमा  क्या। शेर बहादुर ढेङ्गा, शेर बहादुर थापा, कमला दस्ताकार, चन्द्र बहादुर थापा, राम बहादुर दर्लामी, कृष्ण बहादुर अस्लामी, राजिव थापा, शिवराम राना, कूल बहादुर थापा, सोम बहादुर राना, मन बहादुर राना र जंग बहादुर माकिम रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %