बेसहारालाई सहारा दिँदै मगर विद्यार्थी उत्थान समाज !

Read Time:37 Minute, 42 Second

– हुमबहादुर थापा मगर

बाबाको स्वर्गबास, आमाको अर्कैसँग सहबास भएपछि विचल्लीमा परेका बालबालिकाहरूलाई मगर बिध्यार्थी उत्थान समाजले उद्दार गरी नेपालका विभिन्न जिल्लाका स्कुलहरूमा पढाइरहेको छ ।
स्थलगत भ्रमणको एक रिपोर्ट :

कतिपय बालबालिकाहरूका आमाको मृत्युपछि बाबाले सानी आमा ल्याएका छन् भने कतिका बाबाको मृत्युपश्चात् आमाले आफ्ना साना छोराछोरीलाई छाडेर अर्कैसँग पोइल हिँडेका कारण दुवै जनाको मायाबाट टाढिएर उनीहरूको भविष्य अन्धकार भएको छ ।


यो कथाबाहेक आमाबाबाले सानैमा छाडेर हिँडेका, गरिबी र पछौटेपन, अशिक्षित र अज्ञानताका कारणले मध्यपान र धूम्रपानको लतमा फसेर आफ्ना छोराछोरीलाई चटक्कै माया मारेर बसेका पनि मगर समाजका बस्तीबस्तीमा बल्ग्रेल्ती कथा बनेका छन् । यस्ता केही कथाका पात्रहरू त प्रतिनिधि मात्र हुन् । उनीहरूलाई सरकार र सरोकारवालाले कम्तिमा पनि कक्षा १२ कक्षासम्म निःशुल्क पढाइदिएमा उनीहरूले गुन कहिल्यै भुल्ने थिएनन् र समाज र देशका लागि केही गर्थे होलान ।

१. बाबा तिलकबहादुर थापामगरको ‘मृत्युपश्चात् आमा तिलककुमारी थापामगरले एक मात्र छोरा दीपक थापामगर र उनका दिदीहरू सुकमाया थापामगर वर्ष १९ र वर्ष २२ की अञ्जना थापामगरलाई छाडेर पोइल गइन् । बाबाको मृत्यु हुँदा दीपकको उमेर १० वर्ष मात्र थियो । २०६०-११-१० बारपाक सुलिकोट गापा ८, गोरखामा जन्मेका दीपक थापामगर जन्मँदै अपाङ्ग छन् । दीपकलाई हात्तीपाइले रोगले बेस्मारी गाँजेका कारण राम्रो गरी हिँडडुल गर्न पनि सक्दैनन् । औषधोपचार गर्न पैसा नभएर छरछिमेक र संघसंस्थाको सानो सहयोगले गर्जो टार्नेदेखि उपचार गर्दा पनि निको नभएका दीपक बताउँछन् ।

तिलकबहादुर थापामगर मरेर र आमा तिलककुमारी थापामगर पोइल गएर छाडेका दीपक थापामगरलाई पढ्नदेखि खान र बस्नका लागि ठूलो समस्याले सताइरहेको छ । उनी सहयोगीदाताहरूको पर्खाइमा छन् । दीपकले गाउँकै अन्तरज्योति माविमा अध्ययन गरी २.५ जीपीए लिएर यो वर्षको एसईई उत्तीर्ण गरेका छन् । दिदी सुकमाया थापा वर्ष १९ ले भाइ दीपकलाई पालनपोषण गर्दै आफूले पनि कक्षा १२ सिध्याएकी छन् । अर्की ठूली दिदी २२ वर्षिया अञ्जना थापामगरको विवाह भएको छ र उनले बीएमा अध्ययन गरिरहेकी छन् । दीपक गाउँको स्कुलमा आफूले चाहेको विषय नभएकाले बारपाक, सुलिकोटदेखि ८ घण्टा टाढा गोरखा बजारमा रहेको श्री शक्ति माविमा विज्ञान र अङ्ग्रेजी विषय लिएर कक्षा ११ का लागि भर्ना भएका छन् । उनको पढाइ खर्च मगर विद्यार्थी उत्थान समाजले व्यहोरेको छ । कक्षा ११ र १२ मा पास भएको खण्डमा ब्याचलरसम्म पढाइदिने गरी उत्थान समाजले दीपकलाई जिम्मा लिएको छ । तर, खान र बस्नका लागि भने स्वयम् आफ्नै तजबिजले गर्नुपर्ने भएकाले उनले ठूलो समस्या झेलिरहेका छन् । दीपक नेपाल मगर संघ गोरखा जिल्ला समितिका अध्यक्ष विष्णु रानामगरको सहयोगमा तत्काल राहतका लागि मगर संघको भवनमा बसेर अध्ययन गरिरहेका छन् भने सहयोगीदाताहरू पाए चाँडै नै बाहिर कोठा लिएर सर्ने कुरा जनाएका छन् ।

यहाँ दीपकको मात्रै पीडा भरिएको छैन, जुन गण्डकी गाउँपालिका, वडा नं. २ ताङलीचोक, गोरखाकी इन्द्रकुमारी रानामगरले पनि दुई छोरी वर्ष १८ की सावित्री र वर्ष १७ की पार्वतीलाई छाडेर अर्कैसँग पोइल हिँडेकी हुन् । पति होमबहादुर रानामगर, वर्ष ४९, जन्मजात अपाङ्ग छन् । सावित्री र पार्वती श्री विजया भवानी मावि, मकैसिंह गोरखाबाट ०७५/०७६ को एसईईमा उत्तीर्ण भएका छन् । पार्वती रानामगरले ३.६५ जीपीए लिएर एसईई उत्तीर्ण गरी हाल देवीनगरस्थित बुटवलमा आफ्नी फुपू माया झेडीमगरको घरमा बसेर पढिरहेकी छन् । उनी अहिले नवीन औद्योगिक कदरबहादुर रिता मावि, देवीनगर रूपन्देहीमा विज्ञान विषय लिएर अध्ययन गरिरहेकी छन् । उनकी दिदी सावित्री रानामगर विजयाभवानी मावि, मकैसिंह गोरखामै कक्षा ११ मा अध्ययनरत छिन् ।

२. कमला रानामगरलाई भने आमा मिरा रानामगरले सानैमा छाडेर पोइल गएकी हुन् । उनको जन्म २०५९-०२-०१ आश्राङ गोरखामा भए तापनि बाबा लोकबहादुर रानामगर वर्ष ४० ले सानी आमा मञ्जु थापामगर वर्ष ३५ लाई विवाह गरेपछि जन्म दिने आमाको मायाबाट टाढा भइन् । श्री नवजागृति चण्डी उच्च मावि आश्राङबाट २.२५ जीपीए लिएर एसईई पास गरेकी कमला हाल श्री शान्ति विद्यागृह कलेज लैनचौर काठमाडौँमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

३. कमला थापामगरको २०५८-०२-२८ मा जन्म हुनसाथ आमाको स्वर्गबास भएपछि बाबाले सानी आमा भित्राएपछि घरको बजैसँगै सिरानचोक गापा वडा नं. ८ फिनाममा भैँसी, बाख्रा र कुखुरा पालेर पढिरहेकी छन् । बाबा ओमबहादुर थापामगर भने सानी आमा दलमाया थापामगर र अन्य साना छोराछोरीसँग गोरखा बजारमा ज्यालामजदुरी गरी बसेका छन् । कमलाले परोपकारी आदर्श मावि, जौँबारीबाट २.८ जीपीए लिएर एसईई पास गरी सोही स्कुलमै कक्षा ११ मा भर्ना भई अध्ययन गरिरहेकी छन् ।

४. सुनिल थापामगर बाबा स्व. तेजबहादुर थापामगर र आमा हीरामाया थापामगरको कोखबाट २०६०-०७-१२ गते गोनपा ७ बतासे गोरखामा जन्मेका हुन् । आमा हीरामायाको स्याहारसुसारमा श्री नवज्योति मावि डण्डीडाँडा गोरखाबाट २.८ जीपीए लिएर एसईई उत्तीर्ण गरी यिनले श्री शक्ति मावि, शक्तिचोक, गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेका छन् ।

५. आमाको मायाबाट बञ्चित रीतिका बरालमगरलाई जन्मेको एक वर्षमा आमा बितेदेखिन ठूलो बाबा गगनबहादुर र ठूली आमा धनमाया बरालमगरले हालसम्म पालनपोषण गर्दै आइरहेका छन् । श्री लखन गापा बतासे, धैरुङमा २०६०-०५-१५ गते कुलबहादुर बरालमगरको छोरीको रूपमा जन्मेकी रीतिका एक वर्ष हुँदा आमा बितेदेखिन बाबा र कान्छी आमाले कुनै जिम्मेवार नलिएपछि ठूली आमा र ठुलो बाबाले लगेर पालेका हुन् । श्री भगवती हिमालय मावि धैरुङ, गोरखाबाट २.४५ जीपीए लिएर एसईई पास गरी उनी सोही स्कुलमा कक्षा ११ मा भर्ना भएकी छन् ।

६. स्याङ्जाका निलम थापामगरको जन्म २०६०-०६-२६ मा घ्याङसीडाँडा, स्याङ्जामा भएको हो । उनका बाबाको २०६१ सालमा मृत्यु भएको र आमा विष्णुमाया थापामगरले खेतीपाती गरेर छोरी निलमलाई पढाउँदै आएकी छन् । निलम श्री शिवालय मावि गु“ठी, स्याङ्जाबाट २.१५ जीपीए लिएर उत्तीर्ण गरी सोही स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।

७. गङ्गा रानामगरको जन्म २०५८-११-२९ गते, तिनाउ ६, मिलटोल, डुम्रे, पाल्पामा भएको हो । बाबा स्व. टङ्कबहादुर रानामगर हुन् भने आमा टोपली रानामगरले खेतीपाती गरेर छोरी गङ्गालाई पढाउँदै आइरहेकी छन् । श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईई मा २.९० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा १२ मा तानसेन बहुमुखी क्याम्पस काजीपौवामा अध्ययनरत छिन् ।

८. सुनिता सारुमगर र मधुसरा सारुमगरले पनि सानैमा बाबा बलबहादुर सारुमगरलाई गुमाएका थिए । उनीहरूको जन्म रिब्दीकोट ६, वाङसुरुङ, पाल्पामा भएको हो । आमा निरुकुमारी सारुमगरले सुनिता सारुमगर र मधुसरा सारुमगरलाई खेतीपाती गरेर पढाइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईईमा मधुसराले २.१० र सुनिताले २.६५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा अध्ययनरत छन् ।

९. गीता बगालेमगरको जन्म २०५६-०२-२२ गते रिब्दीकोट ६, बुढीचौर, पाल्पामा भएको हो । बाबा स्व. तिलबहादुर बगालेमगरको सानैमा मृत्यु भएकाले आमा आशाकुमारी बगालेमगरले उनलाई पालनपोषण गरी पढाउँदै आइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईई परीक्षामा २.३५ जीपीए लिएर उत्तीर्ण गरी उनी सोही नारायणी माविमा कक्षा ११ र १२ मा अध्ययनरत छिन् ।

गोरखा जिल्ला ०७५/७६ कक्षा ११ मा अध्ययनरत

१. पार्वती रानामगरको जन्मः २०६१-०४-०८ मा भएको हो ।

उनको ४९ वर्षे बाबा होमबहादुर रानामगर अपाङ्ग छन् र उनलाई गाउँलेले गाउँकै स्वास्थ्य केन्द्रमा पिउनको जागिर लगाइदिएका छन् । आमा इन्द्रकुमारी रानामगर दुई छोरी पार्वती र सावित्रीलाई छाडेर अर्कैसँग पोइल गएकी छन् । उनको स्थायी ठेगाना गण्डकी गाउँपालिका– २ ताङ्लीचोक, गोरखा भए पनि हाल उनी देवीनगरस्थित बुटवलमा आफ्नी फुपू माया झेडीमगरको घरमा बसेर पढिरहेकी छन् । श्री विजयाभवानी मावि, मकैसिंह गोरखाबाट ३.६५ जीपीए लिएर एसईईमा उत्तीर्ण गरेकी पार्वतीकी एक दिदी सावित्री रानामगर विजयाभवानी मावि, मकैसिंह गोरखामै कक्षा ११ मा अध्ययनरत छिन् । पार्वती रानामगरले हाल नवीन औद्योगिक कदरबहादुर रिता मावि, देवीनगर रूपन्देहीमा साइन्स विषय लिएर अध्ययन गरिरहेकी छन् ।

२. कमला थापामगरको जन्म २०५८-०२-२८ गते भएको हो । कमलाको बाबाको नाम ओमबहादुर थापामगर हो र आमा सानैमा बितेकी थिइन् ।

सानी आमा दलमाया थापामगर हुन् भने २३ वर्षका दाइ काजी थापामगर जापानमा अध्ययन गर्दै काम गरिरहेका छन् । माइला दाइ सुनिल थापामगर वर्ष १९ ले तल्लो जातको केटी विवाह गरी काठमाडौँमा बस्दै आएका छन् भने भाइ विशन थापामगर वर्ष १० ले पनि अध्ययन गरिरहेका छन् । स्थायी ठेगाना सिरानचोक गापा वडा नं. ८ फिनाममा घरकी कमला बजैसँगै बसेर पढिरहेकी छन् । परोपकारी आदर्श मावि, जौँबारीबाट २.८ जीपीए लिएर एसईई पास गरी उनी सोही स्कुलको कक्षा ११ मा भर्ना भई अध्ययन गरिरहेकी छन् ।

३. रञ्जना थापामगरको जन्म २०५९-१२-१७ मा गौरी कुवा, गोरखामा भएको हो । उनको बाबाको नाम ओमबहादुर थापामगर वर्ष ४८, हाल मलेसियामा कार्यरत छन् ।

उनी १० वर्षदेखि घरमा नआएको तर, सम्पर्कमा भने रहेका छन् । आमा तिलककुमारी थापामगर ४२ वर्षले कृषि काम गर्दै उनलाई पढाइरहेकी छन् । श्री जेनियस इङ्लिस मावि गोरखाबाट २.८५ जीपीए लिएर पास गरी उनी हाल श्री सरस्वती मावि, गोनपा ८, आहाले गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

४. सुनिल थापामगर गोनपा ७ बतासे, गोरखामा २०६०-०७-१२ मा जन्मेका हुन् । उनको बाबा स्व. तेजबहादुर थापामगर हुन् भने ४८ वर्षकी आमा हीरामाया थापामगर हुन् । उनले श्री नवज्योति मावि डण्डीडाँडा गोरखाबाट २.८ जीपीए लिएर एसईई उत्तीर्ण गरी श्री शक्ति मावि, शक्तिचोक, गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेका छन् ।

५. दीपक थापामगरको जन्म २०६०-११-१० बारपाक सुलिकोट गापा ८ गोरखामा भएको हो । स्व. तिलकबहादुर थापामगरको एक मात्र छोरा दीपक थापामगरलाई आमा तिलककुमारी थापामगरले छोडेर पोइल गएकी हुन् । अन्तरज्योति माविमा अध्ययन गरी २.५ जीपीए लिएर यस वर्षको एसईई उत्तीर्ण गरेका छन् । दिदी सुकमाया थापा वर्ष १७ ले भाइ दीपकलाई पालनपोषण गर्दै आफूले पनि १२ मा अध्ययन गरिरहेकी छन् । साथै २० वर्षिया दिदी अञ्जना थापामगरको विवाह भएको र बीएमा अध्ययन गरिरहेकी छन् । आफू १० वर्षको हुंदा बाबाको मृत्यु भएको थियो भने आमा तिलककुमारी थापामगरले छोडेर पोइल गएकी थिइन् । हाल श्री शक्ति मावि गोनपा ६, गोरखामा कक्षा ११ मा अध्ययन गरिरहेका दीपकलाई खान र बस्नका लागि ठूलो समस्या भइरहेको छ । केही समयका लागि हाल नेपाल मगर संघ गोरखा जिल्ला समितिको भवनमा बसेर अध्ययन गरिरहेका छन् ।

६. रीतिका बरालमगरको जन्म श्री लखन गापा बतासे, धैरुङमा २०६०-०५-१५ गते भएको हो ।
उनका बुबा कुलबहादुर बरालमगर वर्ष ५४ हुन् भने जन्म दिने आमाको मृत्यु भइसकेको छ । आफू जन्मेको एक वर्षमा आमा बितेदेखि ठूलो बाबा गगनबहादुर बरालमगर र ठूली आमा धनमाया बरालमगर वर्ष ५९ ले हालसम्म पालनपोषण गर्दै आइरहेका र बाबा र कान्छी आमाले कुनै जिम्मेवार लिएका छैनन् । श्री भगवती हिमालय मावि धैरुङ, गोरखाबाट २.४५ जीपीए लिएर एसईई पास गरी रीतिका सोही स्कुलमा कक्षा ११ मा भर्ना भएकी छन् ।

७. कमला रानामगरको जन्म २०५९-०२-०१ आश्राङ गोरखामा भएको हो । बाबा लोकबहादुर रानामगर वर्ष ४० का हुन् भने जन्मदिने आमा मिरा रानामगर पोइल गएकी छन् । यिनकी सानी आमा मञ्जु थापामगर वर्ष ३५ हुन् । उनले श्री नवजागृति चण्डि उच्च मावि आश्राङबाट २.२५ जीपीए. लिएर एसईई पास गरेकी हुन् । हाल उनी श्री शान्ति विद्यागृह कलेज लैनचौर काठमाडौँमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

८. सावित्री रानामगरको जन्म २०६०-०७-२७, गण्डकी गाउँपालिका वडा नं. २, ताङलीचोक, गोरखामा भएको हो । वर्ष ४९ का होमबहादुर रानामगर अपाङ्ग छन् । त्यही कारण उनलाई गाउँलेले गाउँकै स्वास्थ्य केन्द्रमा पिउनको जागिर मिलाइदिएका छन् । आमा इन्द्रकुमारी रानामगर पोइल गएकी हुन् । सावित्री श्री विजयाभवानी मावि, मकैसिंह गोरखाबाट एसईईमा २.० जीपीए लिएर उत्तीर्ण भएकी हुन् । हाल उनले सोही स्कुलमा अध्ययन गरिरहेकी छन् ।

स्याङ्जा जिल्ला,  २०७५/७६ कक्षा ११ मा अध्ययनरत :

१. चन्द्रबहादुर सारुमगर २०५८-०९-०९ मा कालीगण्डकी गापा ६, दब्छे, स्याङ्जामा जन्मेका हुन् ।
उनका बाबा र आमा लालबहादुर सारुमगर र तेजकुमारी सारुमगर हुन् । श्री ध्रुवज्योति माविबाट ३.० जीपीए लिएर एसईई पास गरेका चन्द्रबहादुर हाल भगवती नमुना मावि मिर्मेमा मेजर अङ्ग्रेजी विषय लिएर अध्ययन गरिरहेका छन् ।

२. चाहना थापामगरको जन्म र स्थानः २०६०-१०-१२ मा कालीगण्डकी– ५, करेकुवा, स्याङ्जामा भएको हो । बाबाआमा थम्बर थापामगर र चुमिसरा थापामगर कृषिमा स्वावलम्बी बनेका छन् । चाहनाले श्री वीरेन्द्र मावि बलाम, जैपतेबाट २.९ जीपीए प्राप्त गरी हाल सोही स्कुलमा कक्षा ११ मा अध्ययन गरिरहेकी छन् ।

३. ज्ञानबहादुर थापामगरको जन्म २०६१-०५-१३ मा गल्याङ नगरपालिका २, रैबार स्याङ्जा भएको हो । बाबाको नाम हेमबहादुर थापामगर आमाको नाम बोमीसरा थापामगर हो । श्री वीरेन्द्र मावि जैपते, स्याङ्जाबाट २.९ जीपीए लिएर उत्तीर्ण भई हाल उनले पूर्णमेड मावि स्याङ्जाको वालिङमा बिहान पढ्ने र दिनभरि भेनस होटलमा काम गरिरहेका छन् ।

४. प्रीतिका थापामगरको जन्म २०६१-०५-२१, गण्डकी नगरपालिका २,आमबोट, स्याङ्जामा भएको हो । उनका बाबा र आमाको नाम राजु थापामगर र तुलसी थापामगर हो । श्री शिवालय मावि गुठी, स्याङ्जाबाट २.६५ जीपीए. लिएर उत्तीर्ण गरी सोही उनी स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।

५. निलम थापामगरको जन्म २०६०-०६-२६, घ्याङसिंहडाँडा, स्याङ्जामा भएको हो । उनको बाबाको २०६१ सालमा मृत्यु भएको र आमा विष्णुमाया थापामगरले खेतीपाती गरी छोरी निलमलाई पढाउँदै आएकी छन् । श्री शिवालय मावि गुठी, स्याङ्जाबाट २.१५ जीपीए लिएर उत्तीर्ण गरी उनी सोही स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन् ।

पाल्पा जिल्लाको कक्षा १२ मा अध्ययनरतः २०७४-७६ :

१. विष्णु सारुमगरको जन्म २०५८-११-१४ मा तिनाउ ५, चरचरे, पाल्पामा भएको हो । उनको बाबा र आमाको नाम यमबहादुर सारुमगर र मञ्जु सारुमगर हो । बाबाआमाले चर्चरेको बाटोमा छाप्रे होटल व्यापार गरी छोराछोरीहरूलाई पढाउँदै आइरहेका छन् । विष्णुले श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईई मा ३.१० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११सकेर १२ मा जनता मावि, पाल्पामा साइन्स विषय लिएर अध्ययन गरिरहेका छन् ।

२. गङ्गा रानामगरको जन्म २०५८-११-२९ गते तिनाउँ ६, मिलटोल, डुम्रे, पाल्पामा भएको हो । बाबा स्व. टङ्कबहादुर रानामगर हुन् । आमा टोपली रानामगरले खेतीपाती गरेर छोरी गङ्गालाई पढाउँदै आइरहेकी छन् । श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईई मा २.९० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ र १२ मा तानसेन बहुमुखी क्याम्पस काजीपौवामा कक्षा ११सकेर १२ मा अध्ययनरत छिन् ।

३. सुनिता सारुमगरको जन्म २०५९-०६-२९ गते रिब्दीकोट ६, वाङसुरुङ, पाल्पामा भएको हो । बाबा स्व. बलबहादुर सारुमगर हुन् भने आमा निरुकुमारी सारुमगरले सुनिता सारुमगर र मधुसरा सारुमगरलाई खेतीपाती गरेर पढाइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईईमा २.७० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ सकेर १२ मा अध्ययनरत छिन् ।

४. गीता बगालेमगरको जन्म २०५६-०२-२२ गते रिब्दीकोट ६, बुढीचौर, पाल्पामा भएको हो । बाबा स्व. तिलबहादुर बगालेमगरको सानैमा मृत्यु भएकाले आमा आशाकुमारी बगालेगरले उनलाई पालनपोषण देखि पढाउँदै आइरहेकी छन् । श्री नारायणी मावि रिब्दीकोट ६, धुस्तुङ, पाल्पाबाट २०७४/०७५ को एसईई परीक्षामा २.३५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ सकेर १२ मा सोही नारायणी माविमा अध्ययनरत छिन् ।

५. टेकबहादुर गाहामगरको जन्म २०५६-०९-१२ गते तिनाउँ ४ सत्यवती पाल्पामा भएको हो । उनी हुमबहादुर गाहामगर र जुनिसरा गाहामगरको सुपुत्रको रूपमा जन्मेका हुन् । तानपा ८ श्री शारदा मावि मदनपोखरा, पाल्पाबाट २०७४/७५ को एसईईमा २.३५ जीपीए लिएर उत्तीर्ण गरी उनी सोही स्कुलमा कक्षा ११ सकेर १२ मा अध्ययनरत छन् । उनले अध्ययन संगै मगर समाजभित्रका कुरीति र कुसंस्कारहरूलाई हटाउनका लागि विभिन्न टेलिचलचित्रमा अभिनय पनि गर्दै आईरहेकाछन् ।

६. हरिकला चिदीमगरको जन्म २०५८-०९-१६ गतेका दिन तिनाउँ ६ माथिल्लो, डुम्रे, पाल्पामा बाबा धर्मबहादुर चिदीमगर र आमा सावित्री चिदीमगरबाट भएको हो । बाबा आजीवन मानसिक रोगी हुन् भने आमाले छिमेकीकोमा घाँस काटेर जिविकोर्पाजन गर्दै आइरहेका छन् । श्री जनदीप मावि डुम्रे पाल्पाबाट २०७४/०७५ को एसईईमा २.२५ जीपीए लिएर उत्तीर्ण गरी उनी तानसेन बहुमुखी क्याम्पस काजीपौवामा कक्षा ११ सकेर १२ मा अध्ययनरत छिन् ।

७. मधुसरा सारुमगरको जन्म २०५८-०४-१९ गते रिब्दीकोट ६, वाङ्सुरुङ, पाल्पा बाबा स्व. बलबहादुर सारुमगर र आमा निरुकुमारी सारुमगरको कोखबाट भएको हो । श्री भाष्कर मावि, पोरकनी ६ पाल्पाबाट २०७४/०७५ को एसईईमा २.१० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ सकेर १२ मा श्री नारायणी मावि धुस्तुङ, रिब्दीकोट ६ पाल्पामा अध्ययनरत छिन् ।

८. लिसरा सारुमगरको जन्म २०६०-०४-०१ गते बाबा खड्क सारुमगर र आमा केशरीकुमारी मगरको कोखबाट सुकाजोर नगरपालिका ७, रामेछापमा जन्म भएको हो । हाल भनिमण्डल, ललितपुरमा बाबाआमा, एक दाइ र एक भाइसँगै बसेकी छन् । नेपाल डन बस्को स्कुल, सिद्धिपुर ललितपुरबाट २०७४/०७५ को एसईईमा ३.५० जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ सकेर १२ मा डीएभी कलेज जावलाखेलमा अध्ययनरत छिन् । कक्षा ११ मा उनले (ए) ग्रेडिङ प्राप्त गरेकी छन् ।

 पाल्पा जिल्लाको कक्षा १२ मा उत्तीर्ण गरी २०७५/७६ (बीबीएसमा अध्ययनरत)

१. विष्णु पुनमगरको जन्म २०५७-११-२६ गते पूर्वखोला गापा वडा नं. ३ मन्दिरडाँडा, पाल्पामा भएको हो ।

उनी खेमबहादुर पुनमगर र सुमित्रा पुनमगरकी छोरी हुन् । सरस्वती मावि, जल्पा, पाल्पाबाट २०७३/०७४ को एसईई परीक्षामा ३.२० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा शिक्षा सङ्काय विषय लिएर जनता मावि तानसेन, पाल्पामा अध्ययन गरी उनी सीजीपीए ३.०४ अङ्क लिएर उत्तीर्ण भएकी छिन् । कक्षा ११ को प्राप्त जीपीए ३.०८ र कक्षा १२ मा २.९९ जीपीए जम्मा गर्दा टोटल रहेको सीजीपीए ३.०४ छ । हाल उनले त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा शिक्षा सङ्काय विषय लिएर ब्याच्लर अध्ययन गर्दै गरेकी छन् ।

२. वसन्ती थापामगरको जन्म २०५८-०३-१३ गते तानपा १४, बौघा गुम्हा, पाल्पामा बाबा डिलबहादुर थापामगर र आमा शोभा थापामगरको कोखबाट भएको हो ।

आमा धेरै वर्षदेखि घरमा बसेका छैनन् । श्री सर्वोदय मावि बौघा गुम्हाबाट २०७३/०७४ को एसईई परीक्षामा २.४० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा सोही श्री सर्वोदय मावि बौघा गुम्हा, पाल्पाबाट कक्षा १२ मा उत्तीर्ण भएका हुन् । हाल पाल्पा बहुमुखी क्याम्पस तानसेन पाल्पामा बीबीएस विषय लिएर अध्ययन गर्दै गरेका छन् ।

३. रिचा उचइमगरको जन्म २०५८-०३-२९ गते तिनहूँ गापा वडा नं. ६, डुम्रे पाल्पामा भएको हो । उनका बाबा र आमाको नाम लेखबहादुर उचइमगर र टीकाकुमारी उचइमगर हो ।
 
हाल उनले रिब्दीकोट गापा वडा नं. १ सिरूखर्कमा आफ्नी मुसी लक्ष्मी दङ्गालको संरक्षणमा रहेर पढेकी छन् । बाबाआमाले १८ महिनाको हुंदै सानैदेखि छोरीलाई छाडेकाले उनलाई मुसी लक्ष्मी दङ्गालले हालसम्म पालनपोषणदेखि पढाउने कामसमेत गरिरहेकी छन् । उनी श्री लक्ष्मी मावि, रिब्दीकोट ३, खस्यौलीबाट २०७३/०७४ को एसईई परीक्षामा ३.२० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा श्री सरस्वती मावि रिब्दीकोट ३, खस्यौली, पाल्पामा व्यवस्थापन विषय लिएर अध्ययन गरी उत्तीर्ण भएका छन् । उनको कक्षा ११ को प्राप्त ३.१२ र कक्षा १२ मा २.७८ जीपीए जम्मा गर्दा टोटल सीजीपीए २.९५ रहेको छ । उनले हाल पाल्पा बहुमुखी क्याम्पस तानसेन पाल्पामा चार वर्षे कोर्ष बीबीएस विषय लिएर अध्ययन गर्दै गरेकी छन् ।

दुई जना असफल

१. टीकासरा गाहामगरको जन्म २०५९-०६-१५ गते, बगनासकाली, पाल्पामा भएको हो । उनी बाबा उभानसिंह गाहामगर र आमा धनका गाहामगरका दुई सन्तानमध्ये जेठी छोरीको रूपमा जन्मेकी हुन् । टीकासरा जन्मेको दुई वर्षमा आमाको मृत्युभएको थियो । उनका एक भाइ किरण गाहामगर वर्ष १५ ले कक्षा १० मा अध्ययन गरिरहेका छन् । हाल रिब्दीकोट गापा ५ नयाँटोलमा दुवै दिदी र भाइ मावली बजै लीला रानामगरसँगै बसेर पढेका छन् । श्री भवानी मावि रिब्दीकोट ५ कुसुमखोलाबाट २०७३/०७४ को एसईईमा २.३५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा सोही स्कुल भवानी माविमा पढे पनि टीकासरा १२ मा भने उत्तीर्ण हुन सकिनन् ।

२. देवीकला बुचामगरको जन्म २०५८-०२-०३ गते रिब्दीकोट गापा ५, नया“टोल पाल्पामा भएको हो । उनका बाबा स्व. थर्कबहादुर बुचामगर र आमा लिला बुचामगर, दिदी हिरा बुचामगर हुन् । श्री भवानी मावि रिब्दीकोट ५ कुसुमखोलाबाट २०७३/०७४ को एसईई मा १.७० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा सोही स्कुल भवानी माविमा पढे पनि उनी कक्षा १२ मा उत्तीर्ण हुन भने असमर्थ भएकी छन् ।

काठमाडौँ, ब्याचलर दोस्रो वर्ष (२०७३ सालदेखि सुरु गरेको ) 

ज्योति मगरको जन्म २०५७-०३-०२ मा बुङमती, कार्यविनायक नगरपालिका ७ ललितपुरमा भएको हो । उनका बाबा र आमाको नाम जीवन मगर र सानुमैया मगर हो ।

श्री आर्दश सौलाह युवक उच्च मावि सैँबु, बुङमती ललितपुरबाट २०७२/०७३ को एसईईमा ३.२५ जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा एसिया कलेज अफ म्यानेजमेन्ट जावलाखेल ललितपुरबाट उत्तीर्ण गरी उनी पाटन क्याम्पस, ललितपुरमा ब्याचलर दोस्रो वर्षमा अध्यानरत छिन् । एक बहिनी रेक्की पनि अध्ययन गर्दै गरेकी र बाबा मानसिक रोगी भएकाले उनकी आमाले ज्यामी काम गरेर घरव्यावहार चलाइरहेकी छन् ।
२०७३ सालको एसएलसि परिक्षामा ललितपुर जिल्ला अन्तरगत सामुदायिक बिध्यालयबाट प्रथम स्थान हासिल गरेकोले मथुरा राना मगर छात्रबृति पुरस्कार बाट पुरस्कृत समेत भएका छन मगर ।

 तनहूँ २०७४ ब्याचलर दोस्रो वर्षमा

१. नवीन आलेमगरको जन्म २०५५-०८-१३ मा भगवतीपुर गाविस, तनहूँमा भएको हो । उनका बाबा र आमा दलबहादुर आले वर्ष ४९ र प्रेममाया आले मगर वर्ष ४६ हुन् । श्री सरस्वती मावि सबुग, भिमाद, तनहूँबाट २०७२/०७३ को एसईई मा २.९० जीपीए लिएर उत्तीर्ण गरी कक्षा ११ र १२ मा मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाबाट उत्तीर्ण गरी उनले ब्याचलर दोस्रो वर्षमा बहुमुखी क्याम्पस हेटौँडामा अध्ययन गरिरहेका छन् । गरिब परिवारका उनको एक छापे घर र बारीको नाममा एक सोता बारी मात्रै रहेको छ ।

२. सुना थापामगरको जन्म २०५७-१०-२७ मा रिसिङ गापा १ क्वादी, तनहूँमा भएको हो । उनका बाबा र आमाको नाम  पदमबहादुर थापामगर वर्ष ४९ र केसरीमाया थापामगर वर्ष ५१ हो । श्री शुक्ला मावि, बेलटार, तनहूँबाट २०७३/०७४ को एसईई परीक्षामा ३.१५ जीपीए लिएर उत्तीर्ण गरी उनी कक्षा ११ र १२ मा प्रसार कलेज दमौली, व्यास नपा तनहूँमा अध्ययन गरेकी छन् ।

३. विवेक थापामगरको जन्म २०५८-०६-१७ मा बन्दिपुर ४ विमलनगर, तनहूँमा भएको हो । उनका बाबा र आमा खेमराज मगर र गीता थापामगर हुन् । श्री पवित्रा मावि बन्दिपुर १ पिप्ले तनहूँबाट २०७३/०७४ को एसईई परीक्षामा २.६५ जीपीए लिएर उत्तीर्ण गरी उनले कक्षा ११ र १२ मा प्रसार कलेज दमौली, ब्यास नपा तनहूँमा अध्ययन गरेका छन् ।

४. अञ्जना थापामगरको जन्म २०५७-०५-०३, बन्दिपुर गापा ६ तनहूँमा भएको हो । उनका बाबा स्व. तिलबहादुर थापामगर र आमा एकमाया आलेमगर हुन् । श्री उरण मावि बन्दिपुर १ तनहूँबाट २०७३/०७४ को एसईई परीक्षामा १.९५ जीपीए लिएर उत्तीर्ण गरी उनले कक्षा ११ र १२ मा प्रसार कलेज दमौली, ब्यास नपा तनहूँमा अध्ययन गरेकी छन् ।

मगर समाजमा रहेको विपन्न गरिबी पिछडिएका वहिष्करण र बञ्चितीकरणमा परेका मगर समुदायको आर्थिक, सांस्कृतिक, भाषिक, सामाजिक र शैक्षिक विकास गर्न स्थानीय मगर समुदायको प्रत्यक्ष, परोक्ष, सहभागिता र प्रतिनिधित्वको सुनिश्चितता गराउनका लागि वैदेशिक रोजगारीमा रहेको बखतमा आफ्नो छाक काटेर गरिबी, पिछडिएका मगरका छोराछोरीहरूलाई पढ्नबाट बञ्चित नहोऊन् भन्नाका खातिर थोरै संख्यामा थोरै भए तापनि अँध्यारो रातबाट उज्यालोको बाटोमा लानका लागि प्रयास गर्नुहुने श्री मनिराज पुनमगर बाग्लुङ र गङ्गाबहादुर गाहामगर स्याङ्जा यस संस्थाका संस्थापक, पुजनीय र योजनाकारहरू हुन् । स्वदेश तथा विदेशमा रहेका मगर समुदायको सहयोगबाट यस संस्थाको अक्षयकोष खडा गरी आएको ब्याजबाट विद्यार्थीहरूलाई पढाइरहेको यस संस्थाका अध्यक्ष क्या. कुलप्रसाद पुनमगर बताउनुहुन्छ, ‘मगर विद्यार्थी उत्थान समाज २०७१ सालमा नेपाल सरकार ललितपुर जिल्ला कार्यलयमा दर्ता गरी हालसम्म विभिन्न जिल्लाको मगर बस्तिमा गएर प्रतक्ष अवलोकन गरि गरिब मगरका छोराछोरीहरुलाई छात्रवत्ति दिँदै आइरहेको छ । यस संस्थाले एसईई उत्तीर्ण गरेका गरिब तथा जेहेन्दार छात्रछात्रालाई कक्षा ११, १२ र ब्याचलरसम्म अध्ययन गराउँदै आइरहेको र यो कार्य २०७३ सालबाट सुरु गरेको हो । हालसम्म यस संस्थाबाट ३५ जना छात्रछात्राहरू लाभान्वित भइसकेका छन् । यो संस्था एउटा मार्ग दर्शक मात्रै हो,पुन्य कमाउन पशुपति धाउनु भन्दा  अन्दोलाई बाटो देखाउनु बेस होला ।

यो संस्थामार्फत सहयोग गर्न इच्छा भएमा (www.mbus.org.np जानाकारी लिनको लागी)हाल बेलायतमा रहनुभएका यस संस्थाका संस्थापकद्वय मनिराज पुनमगर ४४७९२६५००८०१, Email:mani_pun29@hotmail.com र गङ्गा थापा गाहामगर र ४४७८३७६२५१२१ साथै नेपालमा यस संस्थाका अध्यक्ष क्या.कुलप्रसाद पुनमगर ९८४१७०१८९२ र सचिव हुमबहादुर थापामगर ९८४१५९३६०६ humthapa88@gmail.com लाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुने छ । धन्यबाद ।

(लेखकः मगर विद्यार्थी उत्थान समाजका सचिव साथै मगर मास्टर डिग्री एड पीएचडी ट्रष्टका संस्थापक सदस्य र खपांगी फाउण्डेसनका अध्यक्ष हुन् ।)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %