त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी मोर्चाको बोर्ड

Read Time:4 Minute, 3 Second

पूर्ण बहादुर राना मगर

किर्तिपुर, काठमाडौं २०७६ माघ १४ – त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हाे ।
 

उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । याे विश्वविद्यालय २०१६ सालमा स्थापना भएकाे हाे । यसकाे क्षेत्रफल तीन हजार ३०४२-५-२ राेपनि क्षेत्रफलमा फैलिएकाे छ ।  यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौंमा छ ।
यस विश्वविद्यालयकाे नाम पुर्व राजा त्रिभुवनकाे नाममा नामाकरण गरिएकाे हाे । कृषि तथा पशु विज्ञान, वन विज्ञान, इञ्जिनीयरिङ, विज्ञान तथा प्रविधि, चिकित्साशास्त्र, समाजविज्ञान, भूगर्भशास्त्र मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकिमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ ।

यस त्रिभुवन विश्वविद्यालयकाे घडि बिल्डिङ अगाडि गेटमा राष्ट्रिय जनमुक्ति पार्टीकाे भातृ संगठन नेपाल विद्यार्थी माेर्चाकाे बाेर्ड गाडिएकाे छ ।  बाेर्ड राख्नका लागि उपस्थित व्यक्तिहरू नेपाल विद्यार्थी माेर्चाका केन्द्रीय अध्यक्ष पूर्ण बहादुर राना, सहअध्यक्ष प्रबेग हाङस्रोङ लिम्बू, बरिष्ठ उपाध्यक्ष रणाविर आङबुहाङ लिम्बू रहका थिए । बाेर्डकाे “राष्ट्रिय मुक्ति र बहुराष्ट्रिय लोकतान्त्रिक समाजवादका लागि सम्पूर्ण विद्यार्थी एक होऔं,

उच्च तहसम्म सबै भाषामा शिक्षा र उत्पिडित विद्यार्थीलाई कोटा व्यवस्था गरौं” मूल नारा राखिएकाे छ । बिच भागमा नेपाल विद्यार्थी मोर्चाले “हाम्राे देशकाे विभिन्न भुभाग तथा विश्वकाे विभिन्न मुलुकबाट यस विश्वविद्यालयमा अध्ययन गर्न पाल्नु भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक स्वागत गर्दछ ।” भन्ने शब्दले स्वागत गरिएकाे छ । अन्तमा विद्यार्थी माेर्चाकाे स्थापना २०४८ मा भएकाे र “जनमुक्ति विचारधारा जिन्दावाद!” भन्ने नारा पनि राखिएकाे छ ।

नेपालमा ११ वटा विश्वविद्यालयहरू रहेका छन् ।
१.  त्रिभुवन विश्वविद्यालय कीर्तिपुर बि.स.२०१६ साल
२.  काठमाडौं विश्वविद्यालय धुलिखेल बि.स.२०४८ साल
३ . पोखरा विश्वविद्यालय लेखनाथ सन् १९९६
४.  पूर्वाञ्चल विश्वविद्यालय विराटनगर बि.स.२०५६
५.  नेपाल संस्कृत विश्वविद्यालय त्रिभुवननगर सन् १९८६
६ . लुम्बिनी विश्वविद्यालय लुम्बिनी सन् २००५
७.  मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर सन् २००९
८. सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर सन् २०१०
९.  नेपाल कृषि तथा वन विश्वविद्यालय चितवन सन् २०१०
१०.नेपाल खुला विश्वविद्यालय ललितपुर वि.सं. २०७३
११.राजर्षी जनक विश्वविद्यालय  जनकपुर वि.सं
(लेखक: नेपाल विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %