बिनाशर्त ईरानसँग वार्तामा बस्न तयार छौ ः अमेरिका

Read Time:1 Minute, 54 Second

काठमाण्डौं, पौष २६

 

इरान संग बिनाशर्त बार्तामा बस्न तयार रहेको अमेरिकाले जनाएको छ । दुई देशबीच तनाब बढीरहेको बेला अमेरिकाले इरान संग वार्ता गर्न तयार भएको हो । संयुक्त राष्ट्रसङ्घलाई चिठी पठाउँदै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी समेत गरेको छ । सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यले वार्ता गर्न तयार रहेको जनाइएको छ । तर सुलेमानीको हत्या संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क गरिएको छ । पत्रमा आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने समेत चेतावनी दिएको छ । इरानले हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले पनि यो आक्रमण आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसङ्घलाई बताएको छ । इरान र अमेरिका बिच बढेको तनावलाई लिएर अब तेस्रो बिश्वयुद्ध हुने हो कि भन्ने आम नागरिकमा बढेको चिन्तालाई अमेरिकाले बार्तामा बस्न तयार रहेको जनाएपछि केही राहातको महशुस भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %