मगरका तिनवटै भाषा समेटेर मगर डिस्नरी एप सार्वजनिक

Read Time:1 Minute, 57 Second

राज्यसता डट कम 

काठमाण्डौं, पौष १५
मगरको तीनवटै भाषा समेटेर मगर डिस्नरी एप सार्वजनिक भएको छ । मगर ढुट, मगर खामरपाङ र मगर काईके भाषाको शब्दकोषलाई समेटेर “मगर डिस्नरी एप” सार्वजनिक गरिएको हो । काठमाण्डौं स्थित मगर संघको केन्द्रीय कार्यालय कलंकीमा सार्वजनिक गरिएको एपलाई नेपाल मगर संघ केन्द्रिय समितिले नेपाल मगर लेखक संघ, मगर ढुट, मगर बिद्यार्थी संघ, मगर खामरपाङ र काईके भाषाका शब्दकोष लेखकहरु संगै प्राविधिक सहयोगी संस्था युएस नेपाल सोलुसन प्रालीको सहयोगमा निर्माण गरेको हो । मगर बिद्यार्थी संघका निबर्तमान काईके भाषिक उपाध्यक्ष निरज कुमार पुनको पहलमा, आईटी ईन्जिनियर अर्पन बम ठकुरी र बालकृष्ण पुन मगरले यसलाई तयार पारेको नेपाल मगर संघले जनाएको छ ।
एप सार्वजनिक कार्यक्रममा ईन्जिनियर बम ठकुरी र बालकृष्ण पुनले घरमै बसेर मगरभाषा सिक्न सजिलो भएको बताउनुभयो । “मगर डिस्नरी एप” गुगलमा गएर मगर डिक्सनरी डट,कममा गई डाउनलोड गरि प्रयोग गर्न सकिनेछ वा सिधै प्ले स्टोरमा गएर मगर डिस्नरी एप सर्च गरि प्रयोग गर्न सकिने उहाहरुको भनाई थियो । लोप हुँदै गएका मगर भाषाहरूलाई आधुनिक सुचना प्रविधिको माध्यम बाट आम शमुदायमा पु्र्याउने प्रयास गरेको मगरसंघका अध्यक्ष नबिन रोका मगरले राज्यसतालाई जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %