रामेछापको उमाकुण्डमा बिशाल गुम्बा निर्माण

Read Time:15 Minute, 11 Second

 

गेली शेर्पा

रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड गाँउपालिका वाड नं ६ झगरे खानि भन्ने ठाउँमा करोडौ लागानिमा भब्य बौद्ध गुम्बा, बिहार शिक्षालयको निर्माण हुने भएको छ । २०७६ साउन ३ गते परम पुजनिय छैटो निर्माणकाय धर्मगुरु थेण्डुप रिन्पोछेले उमाकुण्ड गाँउपलिकामा वाड नं ६ स्थित झगरे खानिमा शान्ति, समृद्धि र दिगो बिकासका लागी वाङ तथा प्रबचन कार्यक्रमको आयोजनामा बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण गर्ने घोषणा गरेका थिए ।

कार्यक्रममा गा.पा. का अध्यक्ष शेर बहादुर सुनुवार गा.पा.को प्रशासकीय अधिकृत इश्वरी प्रसाद सुवेदी र वाड न. ६ का वडा अध्यक्ष कृष्ण बहादुर सुनुवारको उपस्तिथि रहेको थियो । उक्त कार्यक्रममा रामेछाप जिल्लाको उत्तरी भेग उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गाँउपालिकाका हजारौँ मानिसहरुको सहभागिता रहेको थियो । उमाकुण्ड गा.पा. वडा न. ६ मा जन्मेका राजनितिज्ञ तथा पत्रकार कृष्ण बहादुर तामाङ र सामाजिक क्षेत्रमा सकृय रहेका कर्म छेतेन लामाको पहलमा गुम्बा, बिहार र बौद्ध शिक्षालयको निर्माण हुने भएको हो ।

परम पुजनिय छैटौ निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पोछेज्युले वाङ तथा प्रवचन र बौद्ध गुम्बा, बिहार र शिक्षलय निर्माण गर्ने घोषणा गरेको दिनमा बिसाल झरि बर्षा भएपनि कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा धर्मगुरु रिन्पोछेले उमाकुण्ड गा.पा. वडा न. ६ झगरे खानिमा करिब चालिस रोपनी क्षेत्रफलमा भब्य बौद्ध गुम्बा, बिहार, शिक्षालय र प्रवचन दिन आउने रिन्पोछे र धर्मगुरुहरुको निम्ती बिशिष्ट र साधरण गरि दुईवटा अतिथि गृहको पनि निर्माण गर्ने घोषणा गरेका थिए । बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण सम्पन्न गर्ने योजना सफल बानाउन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले आफुले गर्न सक्ने सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।

बैद्ध गुम्बा, बिहार र शिक्षालय निर्माणको निम्ती त्यसै वडाका बासिन्दा गरुड सिंह तमाङले बाह्र रोपनी जग्गादान गरेका छन् भने बाँकी जग्गाको ब्यवस्थापन गाँउपालिका र वडाका जनप्रतिनिधिहरुले उपलब्ध गराइ सकेका छन् ।

नेपाल प्राकृतिक रुपमा संसारकै धनि देश भएपनि आर्थिक रुपमा गरिब देश हो । उमाकुण्ड गा.पा.को झगरेखानी रामेछाप जिल्लाकै बिकट र बिकासका दृष्टिले समेत पछि पारिएको गाँउ हो । उमाकुण्ड गा.पा.को झगरेखानी बिकासको दृष्टिले अत्यन्तै नाजुक, राज्यले दिनु पर्ने र गर्नु पर्ने बिकास निर्माणका हरेक कुरामा पछि पारिएको छ । यो ठाँउलाई भौतिक पुर्वधार तथा बिकासमा मात्र नभई शिक्षा जस्तो अत्यन्तै अपरिहार्य बिषयमा समेत पछि पारिएको छ । आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पुर्वधारका बिकास लगायत हरेक क्षेत्रमा पछि पर्दा यहाँका जनताहरुलाई धेरै पिडा बोध हुने गर्दछ । यस क्षेत्रका जनताको आर्थिक स्थिति राम्रो बनाउन सक्ने कुनै आधार नभए पछि यहाँका युवाहरु गाउँ नै खालि गरेर बिदेश पलाएन हुनु पर्ने डरलाग्दो अवस्था रहेको छ ।

नेपाली भुमिमा जन्मनु भएका भगवान बुद्धको दर्शन र बुद्ध धर्म संसार भर प्रख्यात छ । तर नेपालमा बौद्धमार्गिहरुको जनसंख्या दश प्रतिसत पनि छैन, जुन दुखद कुरा हो । नेपालमा बुद्धधर्म पछि पर्नुको थुप्रै कारणहरु छन्, ति सबै कारणहरु याहा उल्लेख गर्न सकिदैन । अन्य धर्मलाई बौद्धमार्गिहरुले कहिल्यै सानो ठुलो भनि भेदभाव गर्दैनन् । अनेक आलोचना गर्नु भन्दा पनि बौद्ध धर्म र दर्शनको कसरी जर्गेना गर्ने र मानव उपयोगी बौद्ध दर्शनलाई कसरी सबैतिर फैलाउने मुख्य कुरा हो ।

बुद्धका दर्शन र महाज्ञानहरुलाई आम नेपाली समुदायले बुझ्ने गरी नेपाली भाषामा नसिकाउनु र नपढाउनु नै बौद्ध धर्म पछि पर्नुको मुख्य कारण हो । बाौद्ध दर्शन र महाज्ञानहरुलाई नेपाली भाषामा सिकाउने र पढाउने व्यवस्था गरेको भए सायद आज नेपालमा सत प्रतिसत नेपालीहरु बैद्धमार्गि बन्ने थिए होलान् । बुद्धका दर्शन र महाज्ञानहरुलाई नेपाली भाषामा नसिकाउने, नपढाउने र लुकाई छिपाई राख्ने गरेकै कारण बुद्ध जन्मेको देश नेपालका नागरिकहरुलाई बौद्धमार्गी हौ भन्न पनि लाज लाग्ने अवस्थाको सृजना भएको छ ।

लामा नपढेका वा तिब्बती भाषा नजानेका अधिकांस नेपाली नागरिकहरुलाई बौद्ध दर्शनका पञ्चशील र अष्ठशीलको सामान्य सिद्धान्त समेत थाहा हुदैन भने कसरी बौद्ध दर्शन र धर्मको बिकास हुन्छ ? लामा नपढेका वा तिब्बती भाषा नजान्ने नेपाली बौद्धमार्गिहरुलाई बौद्ध धर्म र दर्शनको सामान्य ज्ञानमात्र थाहा पाएको देखिन्छ । नेपालका बौद्धमार्गिहरुलाई बौद्ध धर्म र दर्शन अनुसार गरिने जन्म, न्वारन, बिवाह, मृत्यु सस्कार र सामान्य धार्मिक पुजापाठ मात्रै गर्न जानेका छन् । बुद्ध धर्मको शास्त्र त्रिपिटक नै नेपाली भाषामा छैन भने आदिबाशी समुदायको भाषामा हुने कुरै भएन । बरु अहिले नेपालका सबै गाउँ बस्तीको आदिवाशी समुदायको हातहातमा त्याहाका स्थानिय समुदायकै भाषामा बाईवल पुगेका छन् र बौद्धमार्गिहरु माथि धार्मिक अतिक्रमण भइ रहेकोछ ।

उमाकुण्ड गाँउपलिका वडा न. ६ झगरेखानी र धर्मगुरु थेन्डुप रिन्पोछेले बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण गर्ने घोषणा गरेकै स्थानमा बौद्ध गुम्बा, बिहार र स्कुल निर्माण भएमा त्यस क्षेत्रमा बौद्ध धर्म र दर्शनको ज्ञान ब्यापक रुपमा फैलने छ । परम पुजनिय धर्मगुरु रिन्पोछेले बौद्ध गुम्बा, बिहार र स्कुलको निर्माण गर्ने घोषणा गर्ने क्रममा योजना सम्पन्न भए पछि त्यस गुम्बामा नियमित रुपमा धर्म गुरु र रिन्पोछेहरु बाट बौद्ध धर्म र बौद्ध दर्शनका बारेमा नियमित रुपमा प्रवचनहरु दिइने र धर्म गुरु थेन्डुप रिन्पोछे स्वयम उपस्थित भएर हरेक ६ महिनामा एक पटक १५ दिनसम्म करिब पाँच हजार जनालई बौद्ध धर्म र दर्शनको बारेमा प्रबचन दिने घोषणा पनि गरेका छन् । धर्म गुरु रिन्पोछेले निर्माण गर्नुहुने यस गुम्बामा बुद्ध दर्शनहरु पढाइनेछन्, बौद्ध दर्शनका महत्वपुर्ण कुराहरु जिवनमा लागु गर्न सिकाइने छ । बौद्ध धर्म दर्शन र ज्ञानको आम जिवनमा कस्तो महत्व छ भन्ने कुराहरु यस ठाउँका बौद्धमार्गिहरुलाई प्रवचनद्धारा सिकाईने छ र यस गुम्बामा थुप्रै बिद्यर्थिहरुलाई पढाइने छ ।
बाैद्ध धर्म र दर्शनको बिषयमा रामेछापका मात्रै नभएर दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका जनताले समेत लाभ लिन सक्नेछन् भने हिसावले उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोशी गा.पा. का बौद्धमार्गिहरु बढी लाभान्वीत हुनेछन् । देश बिदेशवाट समेत उक्त बौद्ध शिक्षलयमा आइ बौद्ध दर्शन अध्ययन गर्न सक्नेछन् ।

बौद्ध धर्म र बुद्धका दर्शनहरुलाई आज बिश्वका सबै धर्म र समुदायले अनुशरण गरी रहेका छन् । उहाका जिवनका दुःख, रोग, भोक, माया, लोभ, घृणा र तिरस्कार, क्रोध, घमण्ड आदिका बिषयमा दिनु भएका ज्ञानमार्ग र दर्शनहरु, शान्ति र मानव समुदायको जिवनका लागि र सम्पुर्ण प्राणि जगतको भलाईको लागि हो भन्ने कुरा बिश्वका शिक्षित सभ्य मानव समुदायले बुझिसकेका छन् । विश्वभर दिन दुई गुणा र रात चौ गुणाको दरले बुद्धका अनुयायिहरु बढदै गई रहेकाछन् । हलिउडका बरिष्ठ कलाकारहरुले समेत बुद्ध धर्म र दर्शनलाई ग्रहण गरिरहेकाछन् । विश्वका कैयौ बौद्धिक र दार्शानकहरु बौद्ध धर्म र दर्शन प्रति आकर्षित हुदै छन् । अमेरिकाको एप्पल कम्पनिका तत्कालिन कार्यकारी निर्देशक तथा एप्पल र आईफोनका पिता स्टिभ जब्सले समेत बौद्ध धर्म र दर्शनलाई ग्रहण गरेको उदाहरण छ ।

मानव समुदायको सामाजिक र धार्मिक बिषयमा मात्र महत्व नभएर बौद्ध धर्म र दर्शनको महत्व आर्थिक र पर्यटनको बिकासमा समेत रहेको देखिन्छ । परमपुजनिय छैटौ निर्माणकाय थेन्डुप रिन्पोछेले घोषणा गर्नु भएको उमाकुण्ड गा.पा. वडा न. ६ झगरे खानिमा नै यस आयोजनाको निर्माण कार्य सम्पन्न भयो भने त्यस क्षेत्रको मानव समुदायहरुमा ठुलै परिवर्तन ल्याउने छ । यस आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रको पर्यटन र रोजगार व्यवासायको बिकासमा स्वत बृद्धि हुनेछ । जसले आर्थिक बिकासका अवसरहरु सिर्जना गर्नेछन् । आयोजनाको निर्माण कार्य सम्पन्न भई सकेपछि यस क्षेत्रका बौद्ध धर्म र दर्शनका बारेमा पढ्न चहानेहरुले आफ्नै ठाउँमा बसेर बौद्ध धर्म र दर्शनको अध्यान गर्न पाउनेछन् ।

बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माणको सबै भन्दा महत्वपुर्ण बिषय यही हो । यस आयोजनाको निर्माणले यस क्षेत्रको मानव सभ्यताको बिकास र सामाजिक एकतामा बल प्रदान गर्ने छ । मानव समुदायको बिकास भनेकै उस्को चेतना र बौद्धिकताको बिकास हो भने यस ठाउँमा यस प्रकारका योजनाहरु सम्पन्न हुदा मानविय चेतनाको बिकासमा सकरात्मक प्रभाव पार्ने छ ।

परम पुजनिय छैटौ निर्माणकाय धर्मगुरु थेन्डुप रिन्पोछेले त्यस क्षेत्रमा निर्माण गर्ने भनि घोषणा गर्नु भएको बौद्ध गुम्बा, बिहार र शिक्षालयको योजना अहिले कुन अवस्थामा अघि बढिरहेको छ यस बारेमा त्यस क्षेत्रका स्थानिय मानिसहरु बेखर रहेकाछन् । त्यस क्षेत्रका मानिसहरुलाई यतिबेला श्रद्धेय धर्मगुरु थेन्डुप रिन्पोछेले घोषणा गर्नु भएको बौद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण हुन्छ कि हुदैन भन्ने चिन्ता र चासोको बिषय भएको छ । त्यस क्षेत्रमा बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण कार्यको योजनाकार परम पुजनिय धर्मगुरु र सम्बन्धित सबै सरोकारवालाहरु लागि पर्नु भएकोले त्यस क्षेत्रका जनप्रतिनिधिहरु बाैद्ध गुम्बा, बिहार र शिक्षालयको निर्माण हुने कुरामा पुर्ण बिस्वास रहेकाछन् ।

करिब चालिस रोपनी क्षेत्रफलमा निर्माण हुने ठुलो योजना भएकोले सजिलो र चाडो भने पक्कै नहोला तर श्रद्धेय परम पुजनिय छैटौ निर्माणकाय धर्मगुरु थेन्डुुप रिन्पोछेज्युको गरिमाको लागि त्यस क्षेत्रको लाखौ जनताको मुक्ति र भबिस्यको निम्ती भएपनि प्रस्ताव भइसकेको बौद्ध गुम्बा, बिहार र शिक्षालय निर्माण कार्यको योजना ढिलो चाडो जे भएपनि बन्ने निस्चित छ, बनाइनु पर्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %